• nepalkuwait.com




  • photos

  • Advertise Here

यूएईमा एक नेपाली महिलाद्वारा आत्महत्या


यूएईमा एक नेपाली महिला द्रारा आत्महत्या गरेको र छानबिनका तथा समाचार सकंलनका लागि गएको पत्रकार र समाजसेवीको टोली प्रहरी हिरासतमा परेको त्यहा बाट अर्घाखाँची टाईम्सका यूएई स्थित अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त गाउले ले जनाएका छन ।यो समाचार तयार पार्दा सम्म उनी पनि प्रहरी हिरासत मा परेका पत्रकार तथा समाजसेवी को उद्दार तथा समाचार सकंलन का लागि यूएईको बरदुबइ स्थित अल राफा पुलिश स्टेसन नजिक रहेका थिए ।समाचार विवरण अनुसार सम्युत्त अरब एमिरेट्स को दुबइमा एक नेपाली महिलाले गत आईतबार आफु कार्यरत घरको कोठामा झुन्डीएर आत्मा हत्या गरेकी छन । मुसिकोट २ गुल्मी स्थाइ घरभै गएको दुई महिना अघी भारतीय नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा यूएई छिरेकी २० बर्षिय बबिता थापा ले आफु कार्यरत घरको कोठामा रहेको पखांमा आँफैले प्रयोग गर्ने शलको पासो लगाइ आत्म हत्या गरेकी हुन । मृतकको दाजु बताउने प्रीथिबी बहादुर थापाको आग्रहमा भारतीय नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा उनकै जिल्ला गाउका छिमेकी तारा चन्दले भिसाको ब्यबस्था गरेपछी उनी २ महिना अघी मात्रै यूएई आएकी हुन ।

गत शुक्रबार मात्रै मृतक बबिताले आफ्नी सगीं सिता सँग आफ्नो दाजुलाई खबर पुराइदिन भन्दै घरमालिक को पटक पटकको अनैतीक व्यबहार ’bout जानकारी गराएको मृतकको भनाइलाई उद्रित गर्दै उनलाई यूएई ल्याउन सहयोग गरेका तारा चन्द ले हाम्रा प्रतिनिधिलाई जनाएका छन । आत्महत्या गरेको खबर आईतबार दिउशो मात्रै जानकारीमा आएको हो । आत्महत्या गरेको खबर उनी कार्यरत घर मालिक्नी आफ्नै बच्चाहरुको स्कुल बाट फर्किए पछी थाहा हुन आएको हो । सो दिन आफ्ना बच्चाहरुको स्कुलमा केही बिशेष कार्यक्रम रहेको र त्यो कार्यक्रममा गएर फर्किदा घरमा एक बर्षिय बच्चा सगै छोडेकी बबिता कोठाको पखांमा झुन्डिएको अवस्थामा रहेकी थिईन ।

यसैबिच नेपाली महिलाले आत्महत्या गरेको खबर पाए पछी घटना स्थल र नेपाली राजदुतावास आबुधाबीलाई जानकारी दिनका लागि पुगेका पत्रकार तथा समाजसेवी ध्रमेन्द्र कुमार यादव,टेक थजाली मगर तथा मृतकका दाजु बताउने प्रिथिबी बहादुर थापा लाई दुबइ पुलिश ले थप अनुसन्धान सहयोगीको भूमिकाका लागि भन्दै हिजो राती करीव आठ तिस बजे बाट आज भर्खर यूएईको समय अनुसार साझको ७ बजे सम्म हिरासतमा राखेको थियो ।

हिरासतमा परेको खबर उनीहरुले पत्रकार महासघं संपर्क शाखा यूएईका अधक्ष्य जाकिर हुसैन,तथा अन्य सहकर्मीहरु लाई मोबाईल बाट एसएमएस गरी जानकारी दिएका थिए । सहकर्मीहरु हिरासतमा परेपछी उद्दारका लागि पहल गरिदिन यूएई स्थित नेपाली दुतावास आबुधाबी लाई पत्रकार मानबहादुर थापा , समाजसेवी कृष्ण ढकाल,शालिक सुबेदी,पिएस लिम्बु लगायत ले अनुरोध गरेपछी दुतावास बाट समाजसेवी कृष्ण ढकाललाई एक अधिकारिक पत्र लेखी पठाएँ पछी सोही पत्रका आधारमा हिरासतमा राखेको बरदुबई स्थित अल राफा पुलिश स्टेसनमा उद्दार पहलका लागि पुगेका समाजसेवी कृष्ण ढकालले हिरासतमा रहेका दुई पत्रकार ध्रमेन्द्र कुमार यादब र् टेक थजाली मगर लाई हिरासत मुत्त गराएका हुन ।

मृतकको अहिले सम्म पोस्टमार्टम नभएपनी हत्यागर्नु भन्दा पहिला आफ्ना दाजु सँग सबैभन्दा लामो फोनसंपर्क गरेकोले दाजुको दवाबबाट उनले आत्महत्या गरेको हुनसक्ने र यसभन्दा पहिला प्राय शुक्रबार उनकै दाजु को नेत्रित्वमा आउने एक नेपाली युवाहरुको समुहले उनलाई गलत रुपमा प्रयोग गरेको र त्यसमध्ये कसैसँग प्रेम गरेको र प्रेमीको दवाबमा उनले आत्महत्या गरेको भन्दै उनी कार्यरत घरको मालिक ले दाबी स्वरुप पुलिशकहा उजुरी गरिसकेकोले घटनाविवरण केही लम्मिने अनुमान गरिएको छ ।

यधपी उनले दाजु सँग अन्तिमपटक गरेको गरेको फोनसंपर्क र आफ्नी सगिंनीहरु लगायत सँग गत हप्ता मात्र आफ्नो मालिकबाट पिडित हुनुपरेको बताउनुले मालिकको पटक पटकको अनैतीक तथा मानशिक दवाबका कारण आत्महत्या गरेको हुनसक्ने दाबी बिश्लेशक हरुको रहेको छ ।पत्रकार ध्रमेन्द्र कुमार यादव छिट्टै नेपाल फर्किदै छन र यूएईमा उन्लाई बिभिन्न संघसस्था ले गतहप्ता बाट बिदाइ गर्न सुरुगरेका छन । स्मरणिय कुराहो गत बर्ष २६ फ्रेवरी का दिन दुबइको हमरिया स्थित बेश्यालयमा बेचिएकी एक नेपाली चेलीको उद्दारकालागी गएको बखत समेत उन्ले गम्भिर जोखिम बहन गरेका थिए ।

त्यसर्थ उन्लाई यूएईमा कलम चलाउने सशत्त पत्रकारको रुपमा सर्वसाधारणले चिन्ने गर्थे । यो दु:खद खबर मृतकको घर सम्म पुगिसकेको तथा यूएईबाट प्रकाशनहुने राष्ट्रिय दैनिक पत्रीकाले समेत यो समाचारलाई प्राथमिकताका साथमा प्रकाशन गरेकोले हामीलाई यो समाचार तयार पार्न बल मिलेको हो । यूएईमा यस्ताखालका दु:ख घटना पटक पटक समाचार बनी प्रकाशमा आउने गर्दछन । केही समय पहिला यूएईको फुजेरा अस्पतालमा एक नेपाली महिला माया लामा शेर्पा समेतले यस्तै मालिकको अनैतीक तथा मानशिक दवाबको कारण देखाउदै आत्महत्या गर्ने प्रयास स्वरुप आफुलाई छुरा प्रहार गरी मृत्‍यु सँग पैठेजोरी खेल्दै अन्त्यत फुजेरा अस्पातालमा ज्यान गुमाएकी थीईन ।

यस्तै घटनाबाट पिडित एक नेपाली महिलालाई दुबइ – नेपाल जनकाल्याण राहत प्रतिस्ठान को सहयोगमा नेपाली दुतावास आबुधाबीमा पठाएको सस्थाले गत हप्ता जनाएको थियो । यस्ताखालका घटना दिनप्रतिदिन बड्धै जानु,समस्याको समाधान उचित रुपमा नहुनु तथा समस्याको समाधान नै अन्त्यत आत्महत्या होइन भनेर बुझ्नु आम यूएईमा घरेलु महिलाको रुपमा कार्यरत नेपाली सबै महिला – दिदी – बहिनी हरुले बुझ्नु अती आबश्यक रहेको छ ।

One Response

  1. Ek Nepali cheliko bibaspurna aatmahatiya garnu sarai dukkha purna kura ho. Baru jati dukkha bhaya pani aafnu mato ma nai bachane aadharpad banayara Nepalmanai Bachanu parrcha.

    Chandra (MC)

टिप्पणी छोड्नुहोस्