• nepalkuwait.com




  • photos

  • Advertise Here

नियन्त्रणमा लिएर हत्या गरिएका महिलाहरुलाई रक्षामन्त्रिले शिकारी भनिन


रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् । कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् । b

रक्षामन्त्री भण्डारीका अनुसार (काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । ‘आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,’ मन्त्री भण्डारीले भनिन् ।

4 Responses

  1. gayera oli shod kaha kaha kati otaa pwal paryo vanera

  2. हैन कामरेड बिद्या देबी भण्डारी जि कती सम्म झुट्को खेती गरन सकेको | बनमा काउलो टिप्न गहेका दलित महिलाहरुलाई बलात्कार गरी हत्या गर्नी हत्याराहरुलाई बच्चाउनका लागि हस्या नाम्लो र डोको लिरर बन भित्र गहेका निर्दोश महिलाहरुलाई सिकारी देख्ने तपाईंका ति दुई नेत्रले हाम्रा श्रदय नेता स्व.मदन भण्डारीका हत्यारालाई पुरस्क्रित गर्ने दिन पनि नआउँला बनेर कसरी विश्वाश गर्ने हामी नेपाली जनताहरुले ?

  3. हैन कामरेड बिद्या देबी भण्डारी जि कती सम्म झुट्को खेती गरन सकेको | बनमा काउलो टिप्न गहेका दलित महिलाहरुलाई बलात्कार गरी हत्या गर्नी हत्याराहरुलाई बच्चाउनका लागि हस्या नाम्लो र डोको लिरर बन भित्र गहेका निर्दोश महिलाहरुलाई सिकारी देख्ने तपाईंका ति दुई नेत्रले हाम्रा श्रदय नेता स्व.मदन भण्डारीका हत्यारालाई पुरस्क्रित गर्ने दिन पनि नआउँला बनेर कसरी विश्वाश गर्ने हामी नेपाली जनताहरुले

  4. तोया सर सिकारी भनेको बुजियन नि कि लास्टा मा तेहिहो

टिप्पणी छोड्नुहोस्