जेठ १४ भित्र संविधान बन्दैन


अर्थमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत नेकपा माओवादीका कारण जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पाण्डेले माओवादी सरकार लडाउने र बनाउने खेलमा लागेर संविधान निर्माणको काम अन्योलमा पुगेको आरोप लगाउनुभयो ।

मन्त्री पाण्डेले माओवादीले सतही रुपमा संविधानको कुरा गरे पनि उसको प्रमुख उदेश्य भने सरकार वनाउने रहेको आरोप लगाउनुभयो । संविधान निर्माणका लागि अवको समय निकै कम भएपनि दलहरुले एक आपसमा समझदारी कायम गरेर एकजुट भइ काम गरे संविधान बन्न सक्ने सम्भावना रहेको उहाँको भनाई थियो । सरकारको मुख्य जिम्मेवारी शान्ती प्रक्रिया र संविधान निर्माण भएकाले वर्तमान सरकारले सोही अनुरुप कार्य गरीरहेको समेत उहाँले बताउनुभयो । अर्थमन्त्री पाण्डेले सेना समायोजनका विषयमा केही प्रक्रियागत कार्य भएतापनि अझै केही समस्याहरु कायमै रहेको बताउँदै सेना समायोजन विशेष समितिको बैठकमा माओवादीकै नेताहरुबाट सेना समायोजनका बारेमा फरक फरक धारणाहरु आएकाले सेना समायोजनको विषय टुङगो लाग्न नसकेको बताउनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: