रैथाने कि आप्रवासी ?उत्तराधिकारी को ?



            परविारमा पिताजीका रूपमा सम्बोधित कृष्णप्रसाद सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली र त्यसपछि विराटनगर पुगेका हुन् । तर, उनी त्यहाँ आप्रवासीका रूपमा रहेनन्, विराटनगर बजार बसाएर त्यसको उन्नति र प्रगतिको आधार तयार गरििदए । त्यसैले बाहिरबाट गएर पनि उनी त्यहाँको रैथाने बने । थारू र राजवंशीहरूको बाक्लो बसाइ रहेको मोरङमा उनले पहाडिया सभ्यता र संस्कार भित्र्याए । जसले पूर्वी तराईलाई नै नयाँ संस्कार, सभ्यता र दृष्टिकोण दिएको मानिन्छ । व्यापारबाट आफ्नो परविारलाई सम्पन्न बनाएपछि उनमा राजनीतिक चेतना आयो, छरछिमेक, टोल र बन्धुवान्धव पनि सम्पन्न हुनुपर्ने दृष्टिकोणसहित ।

त्यही राजनीतिक चेतनाको उपज हो, उनका पाँच भाइ छोरामा उम्रेको राजनीतिक चेत । त्यसका कारण थिए, उनीहरूले पनि भारत प्रवासमा बस्नु र राणाहरूको कालकोठरीमै कृष्णप्रसादले मृत्युवरण गर्नु । त्यसैले मातृका, बीपीदेखि गिरजिाप्रसादसम्मले त्यही पथलाई पछ्याए । कृष्णप्रसादका पाँच भाइ छोराले अन्तर्राष्ट्रिय छवि बनाए पनि पुख्र्यौली थलोमा आफूहरूलाई रैथाने सावित गर्दै रहे। तर, उनीहरूका छोरा, नातिको अवस्था त्यस्तो रहेन। बाहिरै बसेर पढ्ने वा पेसा-व्यवसाय अँगाल्दा नयाँ पुस्ताका अधिकांश सदस्य विराटनगरकै लागि अपरििचत छन् । जस्तो- बीपी-पुत्र प्रकाश, सशांक, केशव-पुत्र निरञ्जनलगायतको बढी समय विराटनगरबाहिर नै बित्यो।

केशव-पुत्र शेखरचाहिँ अपवाद हुन्, उनी त्यहीँको रैथाने बन्न सके। डाक्टर भएर पनि विराटनगरलाई नै कर्मथलो बनाए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रूपमा उनले पूर्व क्षेत्रलाई नै कार्यक्षेत्र बनाए । र, अहिले पनि काठमाडौँभन्दा विराटनगरप्रति उनको मोह ज्यादा देखिन्छ। तारण्िाी-पुत्र ज्योति पनि विराटनगरको सामाजिक सम्पर्कमा रहेको मानिन्छ तर उनको दायरा साँघुरो छ। गिरजिाप्रसादकी पुत्री सुजाताले पनि चुनावका लागि मात्र विराटनगरलाई उपयोग गरनि्।

कृष्णप्रसादका छोराहरूको एकताले नै उनीहरूलाई राजनीतिमा सफल बनाएको थियो । तर, उनको नाति पुस्तामा भने एकताको अभाव नै मुख्य समस्याका रूपमा खडा भएको छ । प्रकाश र निरञ्जनले राजनीतिशास्त्र पढेका भए पनि अरूले कुनै न कुनै प्राविधिक ज्ञान लिएका छन् । “त्यसैले उनीहरू राजनीतिमा जम्न सकेनन्, प्राविधिक भए,” कोइराला परविारनिकट एक विश्लेषक भन्छन् ।

चौथो पुस्ताका कोही पनि नेपालमा छैनन् । पहिलो र दोस्रो पुस्ताको भूमिकालाई राजनीतिक चेतना विकासमा योगदान गरेको हिसाबले हेर्न सकिन्छ । तेस्रो पुस्तामा ‘टेक्नोक्र्याट’हरू हाबी छन् । राजनीतिलाई त्यो पुस्ताले कर्मर् नभई ‘ग्ल्यामर’ सम्झँदै आएको छ । चौथो पुस्ता भने यी सबै कुराबाट धेरै टाढा छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: