मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भारतलाई छपाउन दिने निर्णय सरकारद्वारा फिर्ता


सिताराम बराल- काठमाण्डौ

चौतर्फी दवावपछि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भारतलाई छपाउन दिने निर्णय मन्त्री परिषदको बैठकले फिर्ता लिएको छ । चर्को आलोचनापछि चैत २९ गने साँझ बसेको मन्त्रीपरिषद यस्तो निर्णय लिन बाध्य भएको हो । अब एमआरपी छपाईकालागि पुन: टेण्डर आव्हान हुनेछ ।सरकारको नेतृत्व गरेको एमालेका सभासदहरु र सम्बिधान सभाको सार्वजनिक लेखा समितिले पनि एमआरपी भारतलाई छाप्न दिने निर्णयको विरोध गरेपछि सरकारसँग यो निर्णय फिर्ता लिनुबाहेक अर्को बिकल्प रहेन ।

उता एमआरपी भारतलाई छाप्न दिने निर्णयका विरुद्ध चैत्र ३० गतेकालागि नेपाल बन्द गरेको एकिकृत माओवादीको बन्दको पूर्व सन्ध्यामा सरकारले निर्णय फिर्ता लिएपछि माओवादीलेपनि बन्द फिर्ता लिएको छ । सरकारको यो निर्णयलाई माओवादीले सकारात्मक भनेको छ ।एमालेको संसदीय दललेपनि आइतबार सरकारलाई सो निर्णय फिर्ता लिन निर्देशन दिएको थियो । शनिवार र आइतबार भएको एमाले संसदीय दल र केन्द्रीय समितिका सदस्यहरुको संयुक्त बैठकमा एमालेका सभासदहरुले सरकारको सो निर्णयको तीब्र बिरोध गरेका थिए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलेपनि एमआरपी छपाईकालागि पुन: टेण्डर आव्हान गर्न निर्देशन दिएको थियो । लेखा समितिले प्रतिस्पर्धाको आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाउन पुनः निर्देशन दिएको तेस्रो दिन सरकारले निर्णय सच्याएको हो । सार्वजनिक लेखा समितिको वैठकमा सत्तारुढ एमालेकै सभासदहरुले सरकारी निर्णयको खुल्ला विरोध गर्दै आएका थिए । समितिको बैठकले प्रचलित कानुन र सार्बजनिक खरिद ऐनअनुसार एमआरपी छपाइ गर्न निर्देशन दिएको थियो ।सरकारले लेखा समितिको निर्देशन अवज्ञा गर्दै प्रतिस्पर्धाविना र सार्बजनिक खरिद ऐनविपरित भारतबाट एमआरपी खरिद गर्ने प्रकि्रया अघि बढाएको थियो । काँग्रेस नेतृ समेत रहेकी परराष्ट्रमन्त्री सुजाता कोइराला जसरी पनि एमआरपी भारतलाई दिनै पर्ने पक्षमा लागेकी थिइन् ।  तीब्र बिरोधका बाबजुद प्रधानमन्त्री माधवकुमार नेपालले भने कोइराला रिसाएर सरकार ढल्न सक्ने डरले निर्णय गर्न बाध्य भएको बताईन्छ । पासपोर्ट छिमेकी मुलुकलाई छाप्न दिनै नहुने अन्तराष्ट्रिय मान्यता र खुल्ला प्रतिस्पर्धाको वेवास्ता गर्दै सरकारले गर्न लागेको ‘दुश्साहास’ ढिलै भएपनि सच्चिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: