पोल्याण्डका राष्ट्रपतिको विमान दुर्घटनामा मृत्यु


 

 
पश्चिम रूसमा भएको एउटा विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति लेक काजिन्स्की,उच्च सरकारी र सैनिक अधिकारीहरुको ज्यान गएको छ।
विवरणहरु अनुसार दुर्घटनाग्रस्त विमान टुपलेभ-१५४ मा करीब एकसय जना सवार थिए। विमान बेलारुस संगको रूसी सीमाना नजीकैको स्मोलेन्स्क विमानस्थलमा बाक्लो कुहीरोका बीच पुग्नै लाग्दा जंगलमा खसेको थियो।पोलिश विदेश मन्त्रालयका एकजना प्रवक्ताले दुर्घटनामा कोही पनि नबाँचेको पुष्टी गरेका छन। दोश्रो विश्व युद्धताका ७० वर्षअघि तत्कालीन सोभियत नेता जोसेफ स्टालिनको आदेशमा सोभियत गुप्तचर प्रहरीद्वारा आम हत्या गरिएका हजारौं पोलिस सैनिक अधिकृतहरु र अरुको सम्मानमा आयोजित समारोहमा भाग लिने सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति काजिन्स्की त्यसतर्फ जाँदैथिए। साठी वर्षिय राष्ट्रपति काजिन्स्कीका साथ उनकी पत्नी पोल्याण्डका सेना प्रमुख र पोलिश केन्द्रीय बैंकका प्रमुख पनि थिए। वार्सामा गरिएको घोषणा अनुसार पोलिश सरकारको एउटा आपत्कालीन बैठक डाकिएको छ। पोलिश संसदको तल्लो सदनका अध्यक्ष ब्रोनिस्ला कोमोरोस्कीले नयाँ चुनाव नहुन्जेल राष्ट्रपतिको काम गर्नेछन। राष्ट्रपति चढेको टुपोलेभ विमान सन १९६० मा डिजाइन गरिएको थियो।उक्त विमानको सट्टा नयाँ आधुनिक विमान प्रयोग गर्ने सुझाव केही अधिकारीहरुले विगतमा दिएका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: