कती छन त रगतचुस्ने “उडुसहरु”


बि.बि मल्ल ‘ठकुरी’

बाध्यता भनौ कि खै घरको आर्थिक परिस्थिती ले भनौ,आखिर जे जसो भएतापनि हामी नेपालीमा भएको बेरोजगारी र घरको परिस्थितिले गर्दा हामी नेपालीहरु बिदेशिन बाध्य भएका हुन्छौ | आफ्नो घर-परिवार लाई सुख र मोज मस्ती मा राख् ने कस्पो पो ईच्छा नहोला हैन र तपाइ हाम्रो पनि त त्यही नै ईच्छा हुन्छ जब हामी विदेशिन थाल्छौ त्येसको साथ-साथै हामीले कैयो नयाँ र नौलो सपनाको जालो पनि बुन्नं थाल्छौ तर कतीका त ति मिठा सपना का जालोहरु पनि चक्नाचुर पारी दिन्छन भने कतीका जिन्दगी त पैसाको लोभ र लाल्चाले गर्दा अनेकौ किसिमका नाटकहरु रची जिन्दगी माथि नै खेलवाड गर्नेहरु आखिर नेपाल देखी पर्देशको ठाउँसम्म फिजी सकेका रहेछन | अधेरोमा झटारो हानेर शिकार खेल्ने ति उडुशहरु किन गरीबीको घाउमा झन् किन नुन चुक छर्की दिन्छन त ? किन नयाँ सपनाहरुको जालो फिजाइ सारा सपनाहरु चक्नाचुर पारीदिन्छन त ? आखिर यो सपना चक्नाचुर पारीदिने गरीबीको दाशी कि गरिबिका पैसा चाट्न र रगत चुस्न पल्केका ति उदुशहरु…… र ति ब्वाशाहरु ति चेलीलाई देख्नासाथ उनिहरु का शारिरिक् स्वार्थ लुट्नको लागि ब्वाशाले थुक निले जस्तै गरी थुक घुडकाइ हाल्न पनि पछी पर्दैनन् | स्वार्थ लुट्ने ति ब्वाशाहरु अनि कतीका त जिन्दगी भरी नै नमेटिने गरी निर्दोश चेलीको रगत चुसेर हिंड्ने उडुशहरु अझै पनि तपाईं हाम्रै भित्तामा हिडिरहेका छन |भने कती ति उडुशहरु ढाडिएर बसेझै सानो पुवाल बाट चिहाउदै बसिरहेका छन | ति उडुसहरु” केही समय त औषधी प्रयोग गरी छेर्डीकरुपमा हराए झै हुने गर्छन् तर केही समय पस्चात त झनै अनगिन्ती बच्चाहरु पो पैदा गराइ रहेका हुन्छन |आखिर यो भै रहेछ त किन ? यसलाई जरैबाट किन निकाल्न सकिरहेका छैनौ खै? सत्त्य कुरा हरु पनि आज तपाईं हाम्रो बिच दन्त्यकथा जस्तै भै दिएको छ |

हाम्रा अगाडि तर आज त्यस्तै कथा अनी बेथासंग जोडीएको छ निशाका आफ्नै कथा अनी पिडाहरु यि गरीबको चपेटामा फसिएकी नोर्दोश नारी आज तातो आलुको खेल खेलेजस्तै गरी कहिले कस्को हातमा सुम्पिदै त कहिले कस्को हात गर्दै एक्काशी कुवेत को खाडीमा भित्रिन पुग्छिन बिचरी निशा, यहाँको मान्छे बेच्ने अफिशमा दुई चार दिन राखी सके पछी एउटा कुवेतीको घरमा काम गर्नको लागि जान वाध्य हुन्छिन् | त्यस कुवेतीको घरमा पनि उन्ले अनेकौ किसिमका दु:ख पिडाहरु लाई आफ्नै त्यो मन भित्रका पोल्टो भित्रै राखेर भएपनी कैयो यातानाहरु सहदै भए पनि बस्न वाध्य भएकी थिईन भने कैयो दिन त भोक- भोकै सुत्ने गर्थिन उनी भने अर्को तर्फ उन्को श्रीमान पनि जन-आन्दोलनमा परी ज्यान गुमाएका थिए |देशको लागि लडेपनि पनि आखिर उनिले केही राहत र सुबिधा पाउन नसकेपछी बच्चाको लागि पालन पोशण र राम्रो शिक्षा दिन सकिन्छ कि भन्ने उदेश्यले उनी बिदेशिन बाध्यता भएकी थीइन निशा | तर आज आएर ति निशाका सपना हरुपनि सबै चैत्रको हुरीले जस्तै उडाइ दिएको छ |ती कुवेतीको घरको याताना सहन नसकी उनी पागल जस्तै भै आधा रातमा त्यस घरबाट भागन वाध्य हुन्छिन र भागदै बाटोमा हिद्डै जादा एक जना मान्छेको पन्जामा फसिन पुग्छिन बिचरी | जुन मानिस थियो सुरी भन्ने देशको उस्ले पनि अनेकौ लोभ र लाल्चामा फसाइ उस्लाई ललाई फकाइ गरी उशले विवाह गरेर राख्ने निधो गर्‍यो र निशा पनि झन्डै दुई बर्ष जती उ सग अबैधानिक रुपमा बिहे गरेको केही समय पस्चात उस्को पेट्मा गर्ब बसेछ र उसको पेट मा गर्ब बसेको आठ महिना पस्चात निशालाई केही खबरै नगरी अलपत्र पारी उस्को देश भागी गएछ बिचरा निशाका ति अनगिन्ती चोटहरु कसरी सहदै होलिन त आज यो कुवेतको मरुभुमीमा |कहा गएर गार्भवति हुने होलिन खै अब कस्को साहारा लिने होलिन |ओराली लागेको मिर्गलाई त जस्लेपनी पनी खेद्छ भन्थे त्यस्तै भएको छ उन्को जिबनमा आज कसैको साहरा पाउन सकिरहेकी छैनन बिचरी निशाको जस्तै कतै तपाईं हरुको जिबनमा पनि त्येस्तो घटना हुनगई रहेको त छैन एक चोटि बिचार पुराउने हो की ?

आदर्णीय पाठक ब्रिन्द तपाईं हाम्रा दिदी बहिनी पनि कतै यस्तै- यस्तै चपेटा मा त पर्नु भएको छैन | यो लेख ले कसैमा घोज पेच पर्न गएमा र नाम मिल्न गएमा म माफ माग्न चाहन्छु |गल्ती भए सुधारी पढिदिनु हुनेछ भन्ने विश्वाश राख्दछु |

तपाईं हाम्रै नजिकको साथी

उही बि.बी मल्ल ठकुरी त हो नि
स्याङ्जाली ठीटो|
लेख पढेर नमानु नि फेरी नमिठो ||
हाल कुवेतको जागिरे
S.D.F.C.Cauncil of ministries

suvdarshan@yahoo.com
965 -55078109

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: