विमान दुर्घटनामा पोलिस राष्ट्रपतिको मृत्यु


रसियामा शनिबार भएको विमान दुर्घटनामा पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्स्की मारिएका छन् । बाक्लो कुहिरोले ढाकेको पश्चिमी रसियास्थित विमानस्थलमा अवतरण गर्ने बेलामा राष्ट्रपति कास्जिन्स्की चढेको सोभियतकालिन टुपोलोभ टियू-१५४ दुर्घटना ग्रस्त भएको हो । रसियाली अनुसन्धान एजेन्सीका प्रमुख सर्ेर्गेइ मार्किनले दुर्घटनामा राष्ट्रपति-पत्नी, सेना र गैरसैनिक क्षेत्रका वरिष्ठ अधिकारीहरू, चालकदलका सदस्यसहित एक सय ३२ जनाको ज्यान गएको बताए । पोलिस विदेश मन्त्रालयका प्रवक्ता पिओत्र पास्ज्कोव्स्कीले यात्रु सूचीमा ८९ जनाको नाम रहेको बताएका छन् ।

सोभियत संघका गुप्तचर प्रहरीले हजारौं पोलिस अधिकारीहरूको आमसंहार गरेको ७०औं वाषिर्कीमा आयोजित कार्यक्रममा भाग लिन राष्ट्रपति कास्जिन्स्कीसहितको पोलिस प्रतिनिधिमण्डल त्यसतर्फगएको थियो । ज्यान गुमाउनेमा सेनाप्रमुख जर्नेल गागोर, नेसनल बैंकका अध्यक्ष स्लावोमिर स्क्रजिपेक र उप-विदेशमन्त्री आन्द्रजेज क्रेमर पनि छन् ‘यो त्रासदीको क्षेत्र र परिणाम के हुन्छ हामीलाई अझै थाहा छैन,’ पास्ज्कोव्स्कीले भने । दर्ुघटनास्थल स्मोलेन्क्स क्षेत्रका गभर्नरले स्थानीय समयअनुसार शनिबार बिहान ११ बजे भएको घटनामा विमानका सबै यात्रुको ज्यान गएको बताए । ‘प्रारम्भिक संकेतले विमान रूखमा ठोक्किएको पाइएको छ,’ सर्ेर्गेइ अनुप्रिmभले रोसिया-२४ सँग भने । सो विमान कम्तीमा २० वर्षपुरानो थियो । पोलिस अधिकारीहरूले देशका नेताहरू ओसार्ने विमान बदल्नेबारे लामो समयदेखि छलफल गर्दै आए पनि रकम अभावले कार्यान्वयन गर्न सकेका थिएनन् । दुर्घटना पोल्यान्ड-रुस सम्बन्धमा एउटा धक्का हुनसक्ने सम्भावना रहेको एजेन्सीहरूले बताएका छन् । सोभियत सुरक्षाफौजले मच्चाएको नरसंहारलाई लिएर वर्षौंसम्म तिक्ततापरि रहेको दुइ देशबीचको सम्बन्ध पछिल्लो समयमा न्यानो हुँदै आएको थियो । दुर्घटनास्थलमा तत्काल उद्धारकर्मीहरू पुगेको र ब्ल्याक बक्सको खोजी भइरहेको समाचार उल्लेख छ ।
यसैबीच, रुसी राष्ट्रपति दिभित्री मेद्भेदेभलेे दर्ुघटनास्थलमा तत्कालै संकट व्यवस्थापनमन्त्री पठाएका छन् । उनले प्रधानमन्त्री भ्लादिमिर पुटिनको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरी यथार्थ विवरण छानबिन गर्न आदेश दिएका छन् । पोलिस राजधानी वार्सर्ाा प्रधानमन्त्री डोनाल्ड टस्कले मन्त्रिमण्डलको असाधारण बैठक बोलाएको तथा राष्ट्रिय झन्डा आधा झुकाइएको छ । ६० वर्षा कास्जिन्स्की सन् २००५ को डिसेम्बरमा राष्ट्रपति बनेका हुन् । उनकी श्रीमती मारिया अर्थविद् थिइन् । राष्ट्रपतिका एउटी छोरी र दर्ुइ नातिनी छन् ।
कास्जिन्स्की कार्यकालमै ज्यान गुमाउने दोस्रो नेता हुन् । यसअघि सन् १९४३ मा दोस्रो विश्वयुद्धकालका नेता जर्नेल ब्लाडिस्लाभ सिकोर्स्र्की ज्रि्राल्टरमा विमान दर्ुघटनामै मारिएका थिए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता पीजे क्रोलेले यसलाई पोल्यान्डको निम्ति कहालीलाग्दो त्रासदी भन्दै पोलिस जनताप्रति गहिरो समवेदना प्रकट गरेका छन् । छिमेकी जर्मनीले पनि उनको निधनबाट स्तब्ध भएको जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: