द्वन्द्वकालमा भागेका सेना प्रहरीको दस्ता खडा


द्वन्द्वकालमा काम छाडेर भागेका सैनिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुनःस्थापनाको माग सरकारले सुनुवाइ नगरेको भन्दै शुक्रबार दस्ता खडा गरेका छन् । उनीहरूले द्वन्द्वपीडित सेना, प्रहरी राष्ट्रिय संघर्ष समितिका नाममा दस्ता गठन गरी भक्तपुरको मनोहरा फाँटमा शिविर बसाएका छन् । एक सय ५० रोपनी जग्गा भाडामा लिएर शिविर राख्न लागेको दस्ताका राष्ट्रिय कमान्डर सूर्यबहादुर घिमिरेले बताए । उनका अनुसार मुलुकभरका करिब २५ हजार भगौडामध्ये पहिलो चरणमा २५० जना शिविरमा राखिनेछ । 

 ‘अन्य दस्ताजस्तो हिंसात्मक काम गर्दैनौं,’ उनले भने, ‘उपत्यकामा सुरक्षा व्यवस्था मिलाउन सरकारलाई सघाउँछौं ।’ पहिलो चरणमा क्षेत्रीय, अञ्चल र जिल्लामा मात्र दस्ता खडा गरेको र ६५ जिल्लामा शिविर राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।’उपत्यकामा एक हजार र पाँच विकास क्षेत्रमा दुई/दुई हजारलाई शिविरमा राखिनेछ,’ उनले भने । गत वर्ष पुसदेखि पुनःस्थापनाको माग राख्दै आन्दोलनरत उनीहरू नीलो ट्रयाकसुटमा सजिएका छन् । शिविरमा रहँदा उपत्यकामा खस्किएको शान्ति सुरक्षामा सघाउने, ट्राफिक व्यवस्थापन, सरसफाइलगायत सामाजिक कार्य गर्दै आन्दोलन जारी राख्ने घिमिरेले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: