अफगानिस्तान बन्यो एसिसी इलाइटकप बिजेता नेपालको निरासाजनक प्रदर्शन


सुजन के सि              

 कुवेतको हुबारा क्रीकेटमैदानमा हजारौ दर्शककोबिचमा खेलिएको फाईनलखेलमा अफगानिस्तानले नेपाललाई ९५ रनले हराउदै पहिलो पटक त्रोफी जितेको हो । एसिसी इलाइटकप ट्रफी उचाल्ने नेपालको सपना अधुरै रह्यो । दोस्रोपटक फाइनलमा पुगे पनि अफगानिस्तानसँग ९५ रनको हार बेहोरेपछि नेपालको उपाधि जित्ने सपना तुहिएको हो ।लिग चरण तथा सेमिफाइनलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका नेपाली ब्याट्सम्यानले उपाधिको भिडन्तमा भने चल्न सकेनन् । निणर्ायक प्रतिस्पर्धामा नेपालको ब्याटिङ सधैँ कमजोर हुने गरेको छ । सो रोग पुनः एकपटक अफगानिस्तानविरुद्धको खेलमा दोहोरिएको छ ।

 टस जितेर नेपालले  अफगानिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङ गर्नु दिनु नै नेपालको हार को एउटा कारण थियो ।   अफगानिस्तानले निर्धातिर ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रनको सम्मानजनक योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपाल ४० ओभरमा १ सय २९ रनमा समेटियो । अफगानिस्तानले छैटौँपटकको प्रयासपछि उपाधि हात पारेको हो ।

 एकदिवसीय मान्यता पाइसकेको अफगानिस्तानले यसै महिना वेस्टइन्जिडमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै छ । एसियाली राष्ट्रमाझ टेस्ट नखेल्न टोलीमा अफगानिस्तान शीर्ष स्थानमा छ ।

 एसिसीको इतिहासमा युएईले चार, बंगलादेशले दुई तथा एकपटक हङकङले ट्रफीमाथि कब्जा जमाएका छन् । यता, नेपाल र अफगानिस्तान शनिबार पाँचौँपटक एकआपसमा भिडेका थिए । सन् २००४ को एसिसी ट्रफीको प्लेट फाइनलमा नेपालले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । त्यसपछि नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।

 एसिसी ट्रफीमा नेपालले अगानिस्तानसँग लगातार तीनपटक हारको सामना गरेको छ । सन् २००२ को संस्करणमा फाइनल पुगेयता नेपालको यसपटकको यात्रा उत्कृष्ट थियो । लिग तथा सेमिफाइनलसम्म नेपाली टोलीले ब्याटिङ, फिल्डिङ तथा बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको दाबेदारी देखाएको थियो ।

 प्रतियोगिताको एकमात्र अपराजित टोली नेपाललाई हुबारा  मैदानमा अफगानिस्तानले क्रिकेट पाठ सिकाउँदा सो टोली ब्याटिङ, फिल्डिङ तथा बलिङमा चम्किएको थियो ।

 प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डल -४) र महेश क्षेत्री -५) लगातार दोस्रोपटक फ्लप भए । नेपालले दुवै ब्याट्सम्यान गुमाउँदा स्कोरबोर्डमा केवल १८ रन चढाएको थियो । शीर्ष ब्याट्सम्यान कप्तान पारस खड्का -११) र शक्ति गौचन -६) को विकेट पतन हुँदा नेपाल ४९-४ को अवस्थामा रह्यो ।

 त्यसपछि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकारले पाँचौँ विकेटका लागि २६ रनको झिनो साझेदारी गरे । फितलो ब्याटिङ प्रदर्शनमा नेपालको सबैभन्दा राम्रो साझेदारी पनि दुवै ब्याट्सम्यानको नाममा रह्यो । त्यसबाहेक अन्य कुनै पनि साझेदारी दोहोरो अंकका लागि भएन ।

 सेमिफाइनलमा मलेसियाविरुद्ध ९७ रनको पारी खेलेका शरदले फाइनलमा तीन चौकामा सर्वाधिक ३५ रन जोडे । यसैगरी, उपकप्तान मल्लले ४३ बलमा तीन चौकामा ३० रन बटुले । वसन्त रेग्मी -५), दीपेन्द्र चौधरी -०), विनोद दास -८) रनमा आउट हुँदा नेपाल १२४-९ को नाजुक स्थितिमा पुगिसकेको थियो । नेपाली टोलीमा राहुल विकले ८ रनको अविजित पारी खेले ।

 यसअघि अगानिस्तानको सुरुवात पनि राम्रो थिएन । विनोद दासले तीन विकेट लिँदा अफगानिस्तान ३९-३ को स्थितिमा थियो । प्रारम्भिक ब्याट्सम्यान करिम साद्धिक र राइज अहमेजीले अर्धशतकीय पारी खेलेपछि अफगानिस्तानको आशा पलाएको थियो । साद्धिकले १ सय ५ बलको सामना गर्दै ५८ रन जोड्दा समान दुई चौका र छक्का प्रहार गरे ।

 यसैगरी, म्यान अफ द म्याच राइजले ५२ रन बटुल्दा पाँच चौका र एक छक्का ठोके । राइजले मोहमद नाबी -४८) सँग सातौँ विकेटका लागि ९८ रनको बलियो साझेदारी गरेका थिए । घाइते महबुब आलम फाइनलमा खेल्न सकेनन् ।

AFGHANISTAN     R B 4s 6s
Karim Sadiq c P. Khadka b R.Vishvakarma 58 105 2 2
Noor Ali Noori run out G. Malla 5 12 0 0
Muhammad Shahzad c Chhetri b B. Das 0 2 0 0
Nowroz Mangal c A. Mandal b B. Das 14 14 3 0
Mirwais Ashraf c G. Malla b R.Vishvakarma 24 26 1 2
Asghar Stankezai run out B. Regmi 6 18 0 0
Raees Ahmadzai c D. Chaudhary b P.Khadka 52 64 5 1
Mohammad Nabi st Chhetri b B. Regmi 48 46 1 2
Samiullah Shinwari b P.Khadka 5 4 1 0
Hamid Hassan not out 5 5 1 0
Shahpoor Zadran b B. Das 2 4 0 0
Extras: w 2, lb 3 5      
Total 224 all out off 49.6 overs

Fall of wickets:
1-14 (5.4 overs, Sadiq 9*), 2-14 (5.6 overs, Sadiq 9*), 3-39 (11.5 overs, Sadiq 17*), 4-98 (24.6 overs, Karim 52*), 5-110 (28.1 overs, Stanekzai 5*), 6-114 (30.1 overs, Ahmadzai 2*), 7-211 (47.2 overs, 51*), 8-217 (48.1 overs, Shinwari 5*), 9-217 (48.3 overs, Hassan 0*),10-224 (49.6 overs, Hassan 5*)

NEPAL O M R W
Shakti Gauchan 9 0 44 0
Binod Das 8 2 35 3
Paras Khadka 8 1 35 2
Basant Regmi 10 1 38 1
Rahul Vishvakarma 9 0 40 2
Sanjam Regmi 6 0 29 0
NEPAL     R B 4s 6s
Mahesh Chettri c M. Shahzad b M. Ashraf 4 15 0 0
Anil Mandal c A. Stanekzai b M. Ashraf 5 11 1 0
Shakti Gauchan c M. Nabi b S.Zadran 6 23 0 0
Paras Khadka lbw M. Nabi 11 30 0 0
Gyanendra Malla run out M. Shahzad 30 43 3 0
Sharad Vesawkar run out M.Ashraf 35 60 3 0
Basant Regmi b N. Mangal 5 9 0 0
Dipendra Chaudhary b H. Hassan 0 1 0 0
Binod Das c M. Shahzad b S. Shinwari 8 20 0 0
Sanjam Regmi not out 10 24 0 0
Rahul Vishvakarma b N. Mangal 1 5 0 0
Extras: nb 1, w 12, lb 1 14      
Total 129 all out off 40 overs

Fall of wickets:
1-16 (3.2 overs, Mandal 5*), 2-18 (5.5 overs, Gauchan 1*), 3-28 (10.2 overs, Khadka 5*), 4-49 (16.6 overs, Malla 15*), 5-75 (23.3 overs, Vesawkar 10*), 6-85 (25.6 overs, Vesawkar 14*), 7-86 (26.4 overs, Vesawkar 15*), 8-102 (31.6 overs, Vesawkar 22*), 9-124 (37.5 overs, Sanjam 8*),10-129 (39.6 overs, Sanjam 10*)

AFGHANISTAN O M R W
Shahpoor Zadran 7 3 11 1
Mirwais Ashraf 7 0 31 2
Mohammad Nabi 7 0 22 1
Samiullah Shinwari 10 1 32 1
Hamid Hassan 6 0 23 1
Nowroz Mangal 3 0 9 2

AFGHANISTAN WON BY 95 RUNS

Man of the Match: Raees Ahmadzai (Afghanistan)

Umpires: Farid Dalwai (Kuwait), John Saloman (Kuwait)
Match Referee: Riaz Chaudhary (Kuwait)
Scorers: Maznah Maulod (Singapore), Lakshmi Hariharan (India)
Groundsman: Wazir Nabi (Pakistan

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: