र्सवसम्मत नेतृत्व भए पद छाड्छु – प्रम


प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख तीन दलबाट र्सवसम्मत रूपमा नयाँ नेतृत्व प्रस्तुत गरिए पदत्याग गर्न तयार रहेको बताएका छन् । पुष्पलाल स्मृति समाजका महासचिव राजेन्द्र सापकोटासँग बुधबार सिंहदरबारस्थित कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमतिका लागि आफू बाधक नबन्नेसमेत स्पष्ट पारेका छन् । राष्ट्रिय सहमतिको सरकार हुनपर्छ भन्ने मेरो पनि धारणा हो, त्यसका लागि तीन दल मिलेर सहमति खोजून्, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘सहमतिका लागि म खुला छु, मबाट कुनै पनि अवरोध उत्पन्न हुनेछैन । सापकोटाका अनुसार प्रधानमन्त्रीले माओवादीलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुनेसमेत स्पष्ट पारे । माओवादी यो सरकारमा सहभागी भएनन्, उनीहरूलाई पनि समेटेर राष्ट्रिय सहमति कायम गर्न मैले खोजेकै हो, प्रधानमन्त्रीको भनाइ थियो, ‘राष्ट्रिय सहमतिका लागि म अहिले पनि बाधक छैन ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि नेतृत्वमा रिक्तता उत्पन्न भएको भन्दै प्रधानमन्त्रीले तीन दलले सहमतिका लागि विकल्प दिनुपर्ने पनि बताएका थिए ।
महासचिव सापकोटाले भने राष्ट्रपतिको पहलमा तीन दलको शिर्ष बैठक बसेर सहमतिको सरकार गठन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको र उनले सकारात्मक जवाफ दिएको बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: