दूतावासद्वारा कुवेतमा पहिलो दिवाभोज नेपाली क्रीकेट खेलाडीलाई


तोयानाथ उपेक्षित
सेमीफाईनल जितको खुशी र खेलाडीको उत्साहलाई बल पुरयाउन नेपाली दूतावास कुवैतले आयोजना गरेको दिवा भोज प्रायः सम्पूर्ण निम्तालुको उपस्थितीमा सम्पन्न भयो । निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी शुरु गरिएको भोजमा सहभागी पाहुनाहरुलाई राजदूत र दूतावासतावासका सचिव पुष्पराज भटटराई कर्मचारी भुवन प्रसाद पौडेलले स्वागत गर्नु भएको थियो भने सो क्रममा नव नियुक्त कर्मचारी मित्र सिजाली लगायतको उपस्थिती रहेको थियो ।
नेपाली दूतावास कुवेतले एलाईट एसीसी क्रीकेट ट्रफी २०१० मा सहभागी नेपाली क्रीकेट टोलीलाई सेमी फाईनल सम्मको खेलमा अपराजित प्रर्दशन गरेको खुशियालीमा दिवा भोजको आयोजना गरेको बताईन्छ । कुवेत सिटीको मालिया स्थित होटल एसिया एसियामा आयोजित उक्त दिवा भोजमा नेपाली क्रीकेट टोलीमा सहभागी सम्पूर्ण खेलाडी टीम म्यानेजर कोच लगायतको उपस्थिती  रहेको थियो । यसरी नै सो कार्यक्रममा कुवेतमा रहेका संघ संस्थाका प्रतिनिधी र स्थानिय संचारकर्मीलाई समेत बोलाईएको थियो । नेपालीको नाम दुनियामा चम्काउन खेलाडीहरुले गरेको अपराजित यात्राबाट दूतावास प्रवाभित भएको र भोली हुने फाईनल खेलका लागि आयोजित दिवा भोजले प्रेरणा  र हौसला बढाउने दूतावासको विश्वास नै भोजको मुख्य अभिप्राय रहेको कुवेतका राजदुत मधुवन प्रसाद पौडेलको भनाई छ ।
आयोजित भोजमा खेल कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सरद भेस्वाकर, महबुब आलम, सज्जम रेग्मी, अनिल मण्डल, महेश क्षेत्री, दिपेन्द्र चौधरी, बसन्त रेग्मी, शक्ति गौचन, राउल विक, विनोद भण्डारी, अमृत भण्डारी, नरेश बुढायर, र विनोद दास उपस्थित थिए भने साथमा टीम म्यानेजर बिनोद मैनाली कोच(प्रशिक्षक) रोय लक डायस तथा सुरेश राज पाण्डेको पनि उपस्थिती थियो यसरी नै एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, माउण्ट एभरेष्ट स्पोर्टिङ  क्लवका अध्यक्ष किरण पौडेल, माउण्ट एभरेष्ट स्पोर्टिङ  क्लवका उपाध्यक्ष  तथा एन आर एन ए का उपाध्क्ष धर्मराज गिरी,   एन आर एन ए का महासचिव अगम सुव्वा,एन आर एन ए कुवेतका ईन्टरनेशनल कोअर्डिनेटर राजन कुँवर,  लगायत स्थानिय संचारकर्मीहरुमा नेपालकुवैत डटकम का प्रधानसम्पादक- राजन रिमाल, माउण्ट एभरेष्ट स्पोर्टिङ  क्लवका कार्यकारिणी सदस्य तथा नेपालकुवैत डटकम का Sub-Editor केदारनाथ खरेल, माउण्ट एभरेष्ट स्पोर्टिङ  क्लवका कार्यकारिणी सदस्य होमनाथ गिरी, नेपालकुवैत डटकम का सम्पादक तोयानाथ दाहाल लगायतको उपस्थिती रहेको थियो ।

3 Responses

  1. good job by ambassador Madhuwan…i think nepalese player are really happy with such gathering..great job.

  2. kheladi lai focus garnu paryo arulai bhndaa……..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: