एन आर एनको झन्डा सगरमाथाको शिखरमा फहराउने


राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा राष्ट्रपति भवनको प्रागंणमा भएको एक समारोहमा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको लोगो अंकित झण्डा विश्व साइकल यात्री पुस्कर शाहलाई हस्तान्तरण गर्नु भयो ।शाहले १५० देशहरुमा साइकलमा भ्रमण गरिसक्नु भएको छ र यस पटक उहाँले नेपालको राष्ट्रिय झण्डा र उहाँले भ्रमण गर्नु भएका सबै मुलुकको झण्डा लिएर सगरमाथा आरोहण गर्ने कार्यक्रम रहेको छ । समारोहमा साइकल यात्री शाहलाई शुभकामना दिनु हुँदै प्रमुख संरक्षक महतोले आफूले दृढ निश्चय गरेर लागि परेमा जस्तोसुकै काम गर्न सफल हुन सकिन्छ भन्ने कुराको दृष्टान्त पुस्कर शाहले प्रस्तुत गरेको बताउनु भयो । उहाँले शान्त र समृद्ध नेपालको चाहनामा सबै गैरआवासीय नेपालीको ऐकबद्धता रहेको बताउनु भएको छ । समारोहमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्री शाहको सफलताको कामना सहित उहाँ र उहाँको दलको सदस्यहरुलाई सगरमाथा आरोहणको प्रारम्भ गराउनु भयो । त्यस अवसरमा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले नेपाल पर्यटन वर्ष २०११ को लोगो सहितको झण्डा शाहलाई प्रदान गर्दै उहाँको अभियानले विश्वभर नेपालको पर्यटकीय छवी सुधार्न मद्दत मिल्ने कुरा बताउनु भयो । समारोहमा शाहका साथ साइकलमा १५० जना साइकल यात्रीहरुले विभन्न १५० मुलुकको झण्डा सहित राष्ट्रपति भवनको प्रागंणमा परिक्रमा गरी अभियानको सुरुवात गरेका थिए । उक्त समारोहमा नेपाल सरकारका विशिष्ट तहका पदाधिकारीहरु, बेलारुसका एनआरएन विरेन्द्र महतोका साथै सचिवालयका कार्यकारी निर्देशक डा. हेमन्त दवाडीको समेत उपस्थिति रहेको थियो ।

One Response

  1. Really I am always proud to him
    He success his aim he carried light of Asia and gave words of peace message of all 150 counties.
    you are really great man you did……..

    Congratulations

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: