हामीलाई कुनै प्रेसर छैन, क्याप्टेन पारस खड्का


तोयानाथ उपेक्षित
        कुवेत स्थित हुब्रा क्रिकेट मैदानमा हुन गईरहेको फाईनल खेल भोली नेपालले दह्रो प्रतिद्धन्दी अफगानिस्थान सँग भिडदैछ । मानसिक रुपमा विजयको राग पलाएको नेपाली क्रिकेट टिम ट्रफी जित्ने कुरामा निक्कै आशावादी पनि छ । लगातारका पाँच खेलमा हार न व्यहोरेको नेपाली खेलाडीमाथि कुनै प्रकारको प्रेसर नरहेको बताउनु हुने टिम क्याप्टन पारस खड्का नेपाल कुवैत डट कम सगँ कुरा गर्दै भन्नु हुन्छ यदि हामीले टस जितेर व्याटिङ गर्न पायौ भने खेल जित्न अफगानिस्थान सामु २५० को चुनौती छाड्न सक्नु पर्छ म आशावादी छु सवै खेलाडीहरुले राम्रो खेलिरहनु भएको छ र फाईनल पनि राम्रो खेल्दै नेपाललाई जिताउनु हुने छ। उहाँ थप अर्को प्रश्नको जवाफमा अगाडी भन्नुहुन्छ यदि हामीले टस जितेर व्याटिङ गर्न पाउने हो भने पनि ओपनर व्याटस म्यान तीनै हुने छन जसले यस अघिका खेलमा शुरुआत धेरै राम्रो गरेका छन। 
क्याप्टन भन्छन अफगानिस्थानका अघि जुन प्रकारको दवाव छ त्यसको ठिक विपरित हामीलाई प्रवासी नेपालीहरुको माया र नैतिक समर्थन संसारमा कहि नभएको कुवैतमा छ जसले गर्दा हामी निर्धक्क भएर खेल्दै आएका छौ र फाईनल समेत त्यसरी नै खेलेर जित्ने छौ । पारस भन्छन हामीले विजयका लागि आन्तरिक ट्रेनिङ र तयारी गरिरहेका छौ । आपसमा तालमेल पनि राम्रो भईरहेको छ ।
यसै बीच कुवेतको मालिया स्थित होटल एषिया एषियामा नेपाली राजदुतावास कुवेतले खेलाडीहरुलाई दिएको दिवाभोजको समापनमा बोल्दै कप्तान पारसले भने नेपालबाट आउने हरेक खेलाडीहरुले पनि आउदा दिनमा हामीले जस्तै माया पाउन जती माया संसारमा हामीले कहिवाट पनि पाएका थिएनौ । नेपाली राजदुत मधुवन प्रसाद पौडेलले खेलाडी एव आमन्त्रित सवैलाई धन्यावद दिनुभयो । नयाँ दुतावास, राम्रोसँग प्रवन्ध हुन सक्यो सकेन, सवैलाई सन्तोस गर्न अनुरोध गर्दै भोलीको फाईनल खेल नेपाली खेलाडीले जित्ने विश्वास र शुभेच्छा टक्राउनु भएको थियो । सोही शिलशिलामा एन आर एन अध्यक्ष राजेन्द्र तामाङले खेल जित्न गाली नभएर तालीको आवश्यकता पर्ने बताउदै भोली मैदानमा हजारौ प्रवासीका हातहरु वज्ने बताउनु भयो कार्यक्रममा कोचले सवैलाई धन्यवाद दिनु भएको थियो भने टिम म्यानेजर विनोद मैनालीले खेल जित्ने आशा जताउदै दुतावास र कुवैतमा रहेका संघसंस्थाले देखाएको सदभाव एव मायाको सरहना गर्नु भएको थियो । कार्यक्रमको संचालन समाजसेवी धर्मराज गिरीले गर्नु भएको थियो । दिवा भोज दिनको एक बजेर ३० मिनट जादा शुरु भएर दुई तीसमा समाप्त भएको थियो भने सहभागी संख्या साढे तीन दर्जन जति रहेका थिए ।

Advertisements

3 Responses

  1. i am really hopeful that nepal will break the jinx of choking in the top tournament. and looking at the recent form, there are plenty of areas of hope
    go nepal go.

  2. Khel jitera Nepal pharkanu. Well done Nepali Team. Well done!! Hamro Sapana “Strong Nepali Team”..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: