सेमीफाइनल खेलमा मलेशियालाई ८ रनले हराउँदै नेपाल फाइनलमा पुग्यो


 सुजन के सी

आज मिती २०१० अप्रिल ७ तारिकमा,कुवेतको हुँबारा क्रिकेट मैदानमा मलेशियाले टस जिती नेपाललाई पहिला ब्याटिङ गर्न आमन्त्रण गरेका थियो । नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २७१ रनको विशाल लक्ष्य बनाएको थियो । नेपालका लागि सर्वाधिक ९७ नट आउटको पारी सरदले खेले। सरदले ९७ रन मात्रै ६६ बलमा बनाएका थिए । उनले ९ चौका र १ छक्का लगाएका थिए । महवुवा आलम- १ , दीपेन्द्र- १४, ज्ञानेन्द्र- ४९, परस-२ , महेश- ४३, सक्ती- ५२ र अनिलले- ३ रनको योगदान दिएका थिए। नेपालले बनाएको २७२ रनको विशाल लक्ष्य पछाउन उत्रेको मलेशियाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । जसलाई महेबुव आलमले क्लिन बोल्ड गरेका थिए । पारीको दोस्रो ओभरमा पारसले नेपाललाई अर्को सफलता दिलाएका थिए । तेस्रो विकेट सन्जम रेग्मीको झोलामा पर्यो । मलेशियाले चौथो विकेटको लागि ९३ रन जोडेको थियो । शोहनलाई सन्जमले LBWआउट गरी साझेदारी तोडेका थिए । ५ र ६ विकेट सस्तैमा गुमाएको मलेशियाले सातौं विकेटको लागि धुँवादार ८१ रन जोडका थिए । ४९ ओभरमा २ विकेट र फाईनल ओभरको चौथो बलमा १ विकेट गुमाउदै मलेशिया २६३ रनमा अल आउट भएको थियो । नेपालले ८ रन ले विजय हुँदै फाईनलमा प्रवेश गर्यो । मलेशियाका लागि सुरेश ११५ ,सफिक ३१,सोहन ७० रन बनाए थिए । नेपालका लागि पारस खडका -२,महेबुव १, सन्जम रेग्मी २, सक्ती गौचन १, बसन्त रेग्मी १ राहुल १ विकेट लिएका थिए भने एक खेलाडी रन आउट भएका थिए । ११५ रन बनाएका मलेशियन ब्याट्स म्यान, म्यान अफ दि म्याच भए ।

One Response

  1. i love nepali player team .so i want wish best of luck & happy new year 2067.ko new year ko aagaman sangai nepali team ko world cup ko lagi dhoka khulos vanne kamana gardachhu more agien . best of luck&happy new year 2067

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: