कडा मुकाबलाका साथ नेपाल बिजयी,फाइनल अफगानिस्तानका साथ भिड्ने


आर.बी.बुढाथोकी(कुबेत)

   

  कुबेतमा चलिरहेको एसियाली क्रिकेट परिषद् (एसीसी) ट्रफी एलिट कप–२०१० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार नेपालले सेमिफाइनलमा मलेसिया बिरूध्द पहिला व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको छ। नेपालका लागि शरद भेषवाकरले नट आउट रही ९७ रन, शक्ति गौचनले ५२ रन, ज्ञानेन्द्र मल्लले ४९ तथा महेश क्षेत्रीले ४३ रन बनाएका थिए। नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको सो खेल निकै प्रतिशपर्दापुर्ण थियो। हिजोको खेलमा यूएइलाई हराएपछी मलेसियाले सेमीफाइनलमा आज नेपालसँग भिडेको थियो। उता आजकै अर्को सेमीफाइनल खेलमा अफगानिस्तानले हङकङलाई हराएपछी नेपालले शुक्रबार अफगानिस्तानसँग उपाधीका लागि  मुकाबला गर्नुपर्ने छ। 

२७२ रनको लक्ष पछ्याएको मलेसियाको टोली ४९।४ ओवरमा सबै विकेट गुमाएर २६३ रन मात्र बनाउन सक्यो। मलेसियाको तर्फ वाट सुरेशले ११५, सफिकले ३१ तथा सोहनले ७० रन बनाएको थियो। नेपालकोतर्फबाट पारसले ४२ रन दिएर २ विकेट तथा सन्जोग्ले ६० रन दिएर २ विकेट लिएको थियो। यो मिसनको सबैभन्दा कठिन यात्रा नेपालले आज तय गरे पनि पर्सीको फाइनल खेल पनि त्यती सजिलो भने पक्कै छैन। प्रतियोगिता सर्वाधिक चार पटक जितिसकेको यूएइले हिजो मलेसियासँग हार बेहोरेपछी उसको यात्रा पनि यहीबाट टुन्गिएको छ।  दुई महिनाअघि अफगानिस्तानले युएईमा विश्व ट्वान्टी-२० छनोट प्रतियोगिता जितेर ट्वान्टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको थियो । अफगानिस्तान अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र पनि हो। त्यसकारण नेपाल र अफगानिस्तानबिच साच्चिकै निकै प्रतिशपर्दात्मक खेल हुने पक्का छ। लगातार पाच खेल जितेको नेपालको मनोबल भने पक्कै पनि दरिलो भइसकेको छ। यसले सकारात्मक नतिजा दिनेमा सबै आशाबादी छन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: