किन बद्नाम गरिदै छ ड्राइभरहरुलाई ?


 बालकृष्ण घिमिरे टुकुचा ७ काभ्रे हाल:-कुवेत
  
हाम्रो देश नेपालमा सवारीका साधनहरु बिक्रम सम्बत् १९७३ मा भित्रिएका भए पनि पेशागत हिसावले गाडी मालिकहरुले सवारि चालक अर्थात ड्राइभर राख्ने चलन चाँही बि.स.१९९३ सालतिर मात्रै भएको ईतिहासहरुमा पढ्न पाईन्छ |
यती लामो ईतिहास बोकेका ड्राइभरहरु हाल बदनामका पात्र बन्दै गहेका छन किन ? यातायात क्षेत्र आँफैमा अती सम्बेदन सिल क्षेत्र मात्रै हैन अती आवश्यक क्षेत्र बन्दै गहेको यो अवस्थामा किन र कसरी बदनामी बनेका छन ड्राइभरहरु भन्ने बिषयमा म आफु स्वयम यही पेशामा सङ्लग्न भएका नाताले केही मेरा तिता मिठा अनुभवहरु यहाँ राख्न गहिरहेको छु | शिक्षाको कमजोरिकै कारण आज हरेक नेपाली ड्राइभरहरु बदनामी बनायिएका छन | अशिक्षाका कारण च्या पसल,भट्टि पसल देखी सार्वजानिक स्थलहरुमा हामी ड्राइभरहरुले ब्यक्त गर्ने गहेर जिम्मेवारि बिचार र ब्यवहाँरका कारण हामी स्वएम बदनामी बनेका छौ | टाइ लगाएर सवारि चलाऊनेहरुले टाउकोमा टालो बाधेर सवारि चलाऊनेहरुको पेशा एउटै अर्थात समान हो भनेर बुझ्न नसक्नु,केही ड्राइभरहरु आफु शिक्षित भएकाले आफ्नो स्तर ठुलो र अरुको स्तर सानो भन्ने सोचका कारण उनिहरुमा पलाएको सङ्कोचित भावना र कु बुध्दिले गर्दा सिङ्गो पेशा नै बदनाम बन्दै गहिरहेको छ भने दुई जना यात्रु बोक्ने रिक्सा देखी पचास साठी जना यात्री बोक्ने सवारि साधनहरुमा दुई रुपैयाँको नट बोल्ट लाग्ने ब्रिक पाइडल् (गाडीको ब्रिक फेल हुनुको कारण ) भाचिएर गाडी अनियन्त्री भई दुघटना हुँदा यदी ड्राइभर जिबितै भएमा उ नभाग्ने हो भने त्यही दुर्घटना स्थलमा नै खरानी हुनु पर्ने हाम्रो समाजको मान्यता रही आएको छ | हामीहरु अर्थात ड्राइभरहरुलाई औजारको रुपमा प्रयोग गर्ने नेपालका राजनीतिक दल,तिनका भात्री संगठन,बुध्दिजी,ओकिल,नागरिक समाज लगाएत ड्राइभरहरुको हकहितका लागि भनी खोलिएका ट्रेड युनियनहरुकै मुख्य कारणले आज यो पेशा बदनामी मात्रै हैन दुर्गन्धित् बन्दै गहेको यथार्त लाई हाम्रो समाजले बुझेर पनि बुझ पचायी रहेको छ | हरेक राजनैतिक पार्टी सत्तामा जाने भर्र्याङ् सडक र सवारि साधन भएका छन भने लोग्ने श्वासनिको झगडा मिलाउने देखी माथि उल्लेखित निकायहरुको माग पुरा गराउनको लागि ड्राइभरले नै साथ दिनु पर्ने अनिवार्य बाध्यता छ | ड्राइभरहरु बदनाम हुनुको अर्को मुख्य कारण ट्रेड युनियनहरुले ड्राइभरहरुको हक हितको नाम भज्दै गर्ने राजनिती हो | नेकपा माओवादी नजिक रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघ वा नेपाली काग्रेस नजिक रहेको नेपाल चालक सघ वा आफुलाई नेपाली श्रमजिबी बर्गको एक मात्र हस्ती सम्झने नेकपा एमाले नजिकको नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) अन्तरगतको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारि साधनमा काम गर्ने कामदारहरुलाई आ-आफ्नो युनियनको सदस्य बनाउने नाममा होड्बाजी गरी युनियनको क्षेत्र अधिकार भन्दा बाहिरका झिना मसिना दैनिकका समस्या समाधान गर्नेमा मात्र ध्यान दिनाले युनियनहरुको सदस्य सख्यामा तुलानात्मक रुपमा बृदि त भएको होला तर ड्राइभरहरुको चेतना बिकास भने गराउन सकेका छैनन | ट्रेड युनियनहरुमा आबध्द वा ट्रेड युनियनहरुका सदस्य बनेका ड्राइभरहरुलाई अनुशासित र मर्यादित् बनाउनु पर्नेमा आफ्नो माउ पार्टिको हतियार बनाउनेमा युनियनहरु लाग्नाले एउटै पेशामा लागेका ड्राइभरहरु सामान्य गल्तिमा समेत सार्वजानिक स्थलमानै एक अर्का प्रती हदै सम्मको (निच र घिडित) गाली गलोजमा उत्रिनाले सार्वजानिक बेजती हुनुका साथै आखिर ड्राइभरहरुन हुन भन्ने आम जनमानसको गलत सोचायीलाई मद्दत् पुरायिरहेका छन | अर्का एकथरी ड्राइभर पेशामा लागेका तर कुनै राजनीतिक पार्टी वा युनियनको सदस्य नबनेकाहरु आफुलाई उच्च स्थरको र आम ड्राइभरहरु भन्दा फरक ड्राइभर ठान्छन | थोरै सख्यामा रहेका यस्ता ड्राइभर बर्गकै ब्यक्तिहरुले आम ड्राइभरहरुको तुलनामा आफुले आँफैलाई उच्च मुल्याङ्कन गरी मपाइ बनि सार्वजनिक स्थलहरुमा अन्य ड्राइभरहरुको कमिकम्जोरिलाई खिल्लिको रुपमा उडाइ दिनाले ड्राइभरहरुको मर्यादित पेशाको बिरुधमा लाग्नेहरुका लागि सहयोग पुगेको छ | यि र यस्तै अनगिन्ती नकारात्मक सोचका कारण आज सम्बेदन शिल पेशा धराप्पमा पर्दै गहेको छ | यो पेशामा लागेका तमाम सवारि चालक हरुले आफु भित्रका गल्ती कम्जोरीहरुलाई त्यागी दुई पाग्रे सवारि चलाऊने देखी देशका राष्ट्र प्रमुख सम्मको सवारि चलाऊने ब्यक्ती एउटै पेशा र बर्ग भित्र पर्दछौ भन्ने नसोच्ने हो भने अझै यो सम्मानित,मर्यादित र सम्बेदन शिल पेशालाई राजनीति गर्नेहरुले राजनीति गरी दुर्गन्धित पार्नेहुन त्यो त आउँदो समयले नै बताउला !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: