सुशील, शेरबहादुर र रामचन्द्रमा विश्वास छः सुजाता


            काठमाडौं, चैत्र २३ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला कांग्रेसका तीन शीर्ष नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलप्रति आफ्नो विश्वास रहेको बताएकी छन् ‘उहाँहरु सफल हुनुहुन्छ कि हुनुहुन्न भन्ने थाहा छैन,’ सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भनिन्, ‘तर, संघर्ष, योगदान र अनुभवका आधारमा उहाँहरु नेता त हो नि ।’

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले अव कांग्रेस कुनै एक नेताले मात्र हाँक्न नसक्ने जिकिर गरिन् । उनले नेताहरुका आआफ्ना विचार भएपनि पार्टीभित्र एकता हुनुपर्ने बताइन् । ‘नेताहरुका आ-आफ्ना विचार हुन सक्छन्, तर पार्टीको धारणा एउटै आउनुपर्छ,’ उनले भनिन् ।

सरकारमा कांग्रेसको नेतृत्व गरेकी कोइरालाले संविधान बनाउने बेलामा सरकार ढाल्न नहुने बताइन् । ‘सरकार ढाले अस्थिरता निम्तिन्छ,’ उनले भनिन् ।

कोइरालाले दलहरु सत्ता केन्दि्रत भएकाले संविधान लेखन र शान्ति प्रक्रियामा ढिलाइ भइरहेको बताएकी छन् । दलगत स्वार्थ त्यागेर संविधान निर्माणमा इमान्दार भए तोकिएकै समयमा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने कोइरालाले बताइन् । उनले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई सक्रिय बनाइ सहमतिका साथ अघि बढे राजनीतिक गतिरोध अन्त्य हुने दाबी गरिन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: