रडाको टार्न एमाले संसदीय दलको बैठक स्थगित


सिताराम बराल- काठमाण्डौ

सरकार पक्षीय नेताहरुले पार्टी अध्यक्ष झलनाथ खनालप्रति आक्रमण गर्न थालेपछि र पार्टीका महासचिवसमेत भित्रभित्रै प्रधानमन्त्री माधब नेपालसँग मिल्न पुगेपछि आइतबारकालागि बोलाइएको संसदीय दलको बैठक एमाले नेतृत्वले स्थगित गरेको छ । आफ्नै पार्टीका नेताले नेतृत्व गरेको सरकारप्रति पार्टीकै सभासदहरुको असन्तुष्टि बढ्दै गएपछि एमाले अध्यक्ष झलनाथ खनालले यसबारेमा छलफलकालागि आइतबार संसदीय दलको बैठक बोलाएका थिए ।आइतबारदेखि अन्तरिम व्यवस्थापिका-संसदको हिउँदै अधिवेशनपनि सुरु  भएकाले एमालेकालागि यो संसदीय दलको बैठक जरुरी थियो ।

तर सरकारविरुद्ध एमालेकै सभासदहरुद्धारा सुरु भएको हस्ताक्षर अभियानमा पार्टी अध्यक्ष झलनाथ खनालको हात रहेको आरोप सरकारपक्षीय एमाले नेताहरुले लगाएपछि खनाल पछि हटेका हुन् । खनालका नातासमेत पर्ने संसदीय दलका सचेतक भीम आचार्य लगायतका नेता र सभासदहरुले प्रधानमन्त्री विरुद्ध हस्ताक्षर अभियान सुरु गरेका थिए । श्रोतका अनुसार, प्रधानमन्त्री नेपाल र संस्थापन पक्ष विरोधी नेताहरुले प्रधानमन्त्री नेपालविरुद्ध अभियान सन्चालन गरे खनाललाईपनि अध्यक्ष पदबाट हटाउन अभियान थाल्ने चेतावनी दिइएको थियो । यसैगरी, एमालको आठौं महाधिवेशनमा खनाल पक्षबाट महासचिवमा विजयी इश्वर पोखरेललेपनि खनाललाई साथ नदिएपछि खनाल सरकार फेर्ने अभियानबाट पछि हटेका हुन् । यही कारण उनले आइतबार हुने भनिएको संसदीय दलको बैठक स्थगित गरेको श्रोतले बताएको छ । संसदीय दलको बैठकमा सरकारप्रतिको असन्तुष्टि राख्ने र सरकार परिवर्तनको बिषयमा पार्टीलाई निर्णय गर्न लगाउने योजनामा रहेका सभासदहरु बैठक स्थगित गरेपछि आक्रोसित भएका छन् । ‘फ्लोर क्रस गरेर माओवादीले पेश गर्नसक्ने अविस्वास प्रस्तावको पक्षमा जाने स्थिति नआवस् भन्ने हाम्रो चाहना थियो’ सरकारप्रति असन्तुष्ट एक सभासदले भने- ‘तर नेतृत्वले संसदीय दलको बैठकसमेत स्थगित गरेर हामीलाई माओवादीसँग मिल्न जान बाध्य पारेको छ, अव माओवादीले अविश्वास प्रस्ताव ल्याएमा प्रस्तावको पक्षमा उभिनुबाहेक हामीसँग कुनै बिकल्प बाँकी रहेन ।’श्रोतका अनुसार, सरकार परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेका एमालेका केही सभासदहरुले विभिन्न श्रोतहरुमार्फत माओवादी नेतृत्वसँग सम्पर्क गरिसकेका छन् । पार्टीले निर्णय गर्न नसकेको अवस्थामा खुलेर सरकार विरुद्ध लाग्न नसकेपनि अविश्वास प्रस्ताव आएमा फ्लोर क्रस गरेर अविस्वास प्रस्तावको पक्षमा मत दिन आफूहरु तैयार रहेको उनीहरुले बताउने गरेका छन् । आइतबारदेखि अन्तरिम व्यवस्थापिका संसदको अधिवेशन सुरु भएकाले माओवादीले यसै हप्ता सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने योजना बनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: