नेपाल सेमिफाइनलमा


 

कुवैत चैत्र २३ – नेपाल एसीसी ट्रफी एलाइट २०१० क्रिकेटमा आइतबार सेमिफाइनल पुगेको छ । कुवेतमा सञ्चालिन प्रतियोगिताको समूह ‘ए’ को लिगचरणमा अन्तिम खेल खेल्नु अघि नै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

समूह चरणमा आइतबार ओमानले आयोजक कुवेतमाथि ५ विकेटको जित हात पारेपछि नेपाल अघिल्लो चरणमा पुगेको हो । अपराजित नेपालले तीन खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेका ओमान, कुवेत र हङकङको चार-चार अंक रहेको छ भने सबै खेलमा पराजित सिंगापुर यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । अर्को खेलमा हङकङले सिंगापुरमाथि ४४ रनको जित दर्ता गर्‍यो ।

अब समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले आयोजक कुवेतको सामना गर्ने छ भने हङकङ र ओमान भिड्ने छन् । आयोजक कुवेतको पनि सेमिफाइनल प्रवेशको सम्भावना सकिएको छ । नेपालविरुद्ध जित हात पारे पनि उसको चार अंकमात्र हुने छ ।

नेपालसँगै डिफेन्डिङ च्याम्पियन हङकङ र ओमानबीचको खेलको विजेता अन्तिम चारमा पुग्ने छ । सन् २००२ को उपविजेता नेपाल अघिल्लो संस्करणको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित हुँदै फाइनल प्रवेशबाट वञ्चित रहेको थियो ।

समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन हङकङलाई १ सय १८ रनले हराएको नेपालले दोस्रो खेलमा ओमानलाई ६ विकेटले पछि पारेको थियो भने तेस्रो खेलमा सिंगापुरमाथि ७ विकेटको जित दर्ता गरेको थियो ।

समूह ‘बी’ मा बहराइन अन्तिम समयमा सामेल नभएपछि चार टिममात्र रहेका थिए । यूएई दुई खेलबाट चार अंकसहित पहिलो स्थानमा रहेको छ भने तीनबटै खेल खेलिसकेको अफगानिस्तानको पनि ४ अंक रहेको छ । दुई खेलबाट मलेसियाको दुई अंक रहेको छ ।

सेमिफाइनल प्रवेशका लागि अन्तिम खेलमा उसले बलियो यूएईको सामना गर्ने छ । पहिलोपल्ट प्रतियोगितामा समावेस भुटान तीनवटै खेलमा हार बेहोर्दै प्र्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो अन्तिम खेलमा भुटान मलेसियासँग १० विकेटले पराजित भयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: