उपकप्तान ज्ञानेन्द्र मल्ल कुबेत आइपुगे भोलीको खेल खेल्ने


   आर.बी.बुढाथोकी(कुबेत)

   ०५/०४/२०१०,  भिसाको कारण आउन नसकेका उपकप्तान ज्ञानेन्द्र मल्ल आज बेलुका ५ बजे गल्फ एअरबाट कुबेत आइपुगेका छन। तेस्रो पटकमा उनको भिसा नेपाल गएको थियो। भिसा बिहीबार नै तयार भएको रहेछ तर हामीलाई जानकारी भएन अनी दुई दिन बिदा परेकोले उनी आज मात्र आउन सम्भब भयो नेपाली टिमका म्यानेजर बिनोद मैनाली सँग नेपालकुवेत डट कम तथा मरुभुमिको कोसेली म्यागेजिनको कुराकानीमा उहाँले बताउनु भयो। भोलीको खेलमा उहाँ सरिक हुने पनि उहाँले जानकारी गराउनु भयो। भोली कुबेतका बिरुद्द नेपाल अहमादीको हुब्रा खेल मैदान भिड्दै छ। जुन मैदान युनिटी मैदानको छेउमा पर्छ।

     उता आफ्ना उत्कृष्ट ब्याटसम्यान बिना नै तीन गेम जितेका नेपाली टोली ढीलै भए पनि आफ्ना सहपाठिलाई पाएकोमा निकै हर्शित छन। अब हामीलाई धेरै सजिलो भएको छ ढीला गरेर भए पनि उहाँ आइपुग्नु भएको छ। अब हाम्रो बिजय अझ झन निश्चित भएको छ सहभागी एक खेलाडीले हामीलाई बताए। अत्यन्त राम्रा ब्यट्सम्यन मल्ल नेपाली टिमका खम्बा भन्दा हुन्छ। उनी बिनाको तीन खेल उनले नेपालमै अनलाइन मार्फत हेरेका थिए। साथीहरुले निकै राम्रो प्रदशन गरे मलाई निकै खुशी लाग्यो उनले हर्शित मुद्रामा हामीलाई बताए। यो नेपालले गरेको राम्रो सुरुवात हो हामीले गर्ब गर्नु पर्छ अब झन हाम्रा लागि कठिन खेलहरु बाँकी नै छन यतिमै चित्त बुझाउने ठाउँ छैन उनको भनाइ थियो।

    त्यस्तै कप्तान पारस खड्काले पनि अफ्ना सिनिएर साथी साथ दिन ढीलै भएपनी आइपुगेकोमा अत्यन्त हर्शित मुद्रामा खुशी ब्यक्त गरे। गत हप्ता उनले हामीलाई दिएको बिशेष अन्तरबार्तामा  भिसा कै कारण उनी कुबेत आउन नपाए नेपालको लागि ठुलो क्षती हुने बताएका थिए।

One Response

  1. this is a really good news, and Gyanendra is the best one so now we can say that nepal will win this trophy

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: