कुवैतमा एन आर एन एले नेपाली क्रिकेट टिमलाई भोजको आयोजना गर्यो


 तोयानाथ उपेक्षित

आफ्नो भनेको आफ्नै हुन्छ, रात्री भोज क्रिकेटरलाई

              हिजो अर्थात तीन अपि्रल २०१० का दिन नेपालवाट ए सी सी एलाईट क्रिकेट ट्रफीमा भाग लिन कुवेत आईपुगेका नेपाली कि्रकेटरलाई एन आर एन कुवेतले जलपान समारोहको आयोजना मालिया स्थित होटल एषिया एषियामा गरर्यो, जहाँ कुवेतका लागि नेपाली राजदुत मधुवन प्रसाद पौडेल एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ,आई सिसि कोर्डिनेटर राजन कुँवर, उपाध्यक्षद्दय धर्मराज गिरी,दीपक क्षेत्री. महासचिव अगम सुव्वा सचिव सुजन के सी,कोषाध्याक्ष किसोरकुमार शर्मा सदस्यहरुमा राजन रिमाल, कृष्ण पाण्डे ,सौगात सुवेदि,रवि बन्जाडे, बम बहादुर बिष्ट,मेघनाथ आचार्य,लगायत सो सस्थाका पदाधिकारी र सदस्यहरु सहभागी भएका थिए ।कुवैतमा रहेका खेलप्रेमि बुद्दिजिवि समाजसेवि,पत्रकारहरुको उपस्थिति रहेको थियो । नेपाली कि्रकेट टोलीका टिम म्यानेजर विनोद मैनाली, टिम क्याप्टन पारस खड्का लगायतका सम्पूर्ण खेलाडीहरु सो रात्री भोजमा सामेल भएका थिए । स्थानीय संचारकर्मी सुजन केसी तथा राजन रिमालको पनि उपस्थिती रहेको उक्त भोजमा पत्रकारहरुका तर्फवाट केसी ले खेलाडीहरुलाई उपहार स्वरुप मरुभूमिको कोसेली दिएका थिए । कुवेतको यूनिटी मैदानमा मार्च ३१ तारिकवाट शुरु भएको एलाईट ट्रफीमा भाग लिने क्रममा आएका नेपाली खेलाडीहरुलाई कसरी स्वागत एवं सत्कार गर्ने भनी नेपाली प्रवासीहरु आतुर रहेका थिए । खेलाडीहरुको कडा मेहनत र प्रतिवद्धताले मैदानमा विदेशी खेलाडीसामु जुन स्तरको प्रर्दशन देखियो त्यस खुशीलाई शव्दमा व्यक्त गर्न कुवेतवासी प्रवासीका ओठहरु प्रयाप्त छैनन, संसारभरी रहेका नेपालीहरुले विदेशीसामु आफ्ना खेलाडीहरुको बहादुरीतावाट आत्मासम्मान थपीएको महसुस गरेका छन । एन आर एन ए कुवेतले जानी नजानी होटलमा लगेर भोज खुवाउनु आफैमा ठुलो कुरा होईन, खेलाडीलाई खाना खानको निम्ति कुनै चिन्ता रहेको अवस्था पनि होईन । बुझ पचाउनेहरुले यसलाई अर्नगल मसला बनाउन पनि छुट छ तर कुरा त्यो माहौलको हो जहाँ लगातार तीन देशलाई धुलो चटाएका खेलाडीको खुशी र उनीहरुलाई बधाई दिने शव्द विहिन अवस्थामा हर्ष विभोर भएका प्रवासी कुवेतवासी नेपालीहरुको चेहराको भाव पढदा खुशीले हाँस्दा हास्दै रुनु जस्तो भएका हर्षका भावविभोर रसिला आँखाहरु आपसमा जुधीरहेका थिए । गरीवलाई ह्याउने, होच्याउने र हेप्ने प्रबृती व्याक्ति विशेषमा मात्र कहाँ लागु हुने होर ? त्यो त धनी र गरिब राष्ट्र बीचमा पनि लागु हुन्छ भन्ने कुरा बुझेका प्रवासीहरुलाई निक्कै ठुलो राहत सो खेलको विजयवाट मिलेको थियो । कुवेतमा श्रम बगाएर पनि आफ्नो समुदायको सेवामा कि्रयाशिल कतिपय व्याक्तित्व र खेलाडी बीच प्रत्यक्ष चिनाजानी नभए पनि एन आर एन ए को निमन्त्रणामा सहभागी खेलाडीहरुमा आफ्न्त भेटे जस्तो खुशी देखिएको थियो । यसरी नै आयोजकले लामो समय देखि टाढा भएका परिवारका सदस्य भेटे जस्तो । आपसी आत्मीयता र पे्रम वास्तवमा त्याहाँ यसरी अभिव्यक्त भएकी मात्र बोले त आपसका आँखाहरु त्यही थलोमा कतिपय बीच भएको पहिलो भेट पुरानो सम्बन्धको नविकरण जस्तो । लाग्दथ्यो कुदेर एक आपसमा अंगाल्ने ओठ र गालमा चुम्बन गर्ने तर त्यही पहिलो भेट थियो कयौका बीच जसले कताकता शरम र धक लाग्यो मन भएर पनि सकेनन अंगालीहाल्न, चुमीहाल्न बस हेरे एकले अर्कालाई । निहाले आपसको खुशी र भावलाई । कतिपय सहभागीले कुरा ध्यानपूर्वक सुनि मात्र रहे कतिपयले खुशी व्यक्त गर्दै लामो समय सम्म बोलिमात्र रहे । वास्तवमा आफ्नो भनेको आफ्नै हुदोरहेछ । सवैले सवैतिरवाट हेपेका हामी नेपालीहरु केहीमा पनि कम छैनौ बरु हाम्रा शाषकहरुको दासमनोबृतीवाट हेपाईएका छौ धपाईएका छौ । खवरदार निरिह नसम्झ चाहे युद्धको मोर्चामा होस या खेलको मैदानमा यही थियो त्यस रात्री भोजमा एकले अर्को सँग विना सम्वाद महसूस गरेको कुरा । आपसमा छलफल नगरी गर्व गर्दै महसुस गरेको निश्र्कष । नेपाली खेलाडीहरुले कुवेतवासी नेपालीको सम्मान उठाएका छन गतिला प्रतिद्धण्द्धीलाई कि्रजमा धुलो चटाईदिएर । महासलाम गोर्खे कि्रकेटरलाई । रात्री भोजमा खेलाडीहरुले भन्नुभायो यो भेटाघाट तपाईहरुको माया र ममत्व हामी भुल्न सक्दैनौ । हामीलाई तपाईहरुले सम्मान गरेर माया मात्र दिनुभएको छैन हामीले अझै गतिलो र शसक्त खेल खेल्ने पे्ररणा एवं दवाव महसुस गरेका छौ  बास्तवमा प्यारा खेलाडी मित्रहरु, तपाईहरुले सेमी फाईनलको मार्ग मात्र प्रसस्त गर्नु भएको छ खेल्न र खेल देखाउन अझै वाकी नै छ हामी आशा गर्छौ त्यो यात्रा पनि तपाईहरुले सजिलै तय गर्नुहुनेछ किनकी हामी तपाईहरुका साथ छौ, हाम्रो माया र शुभकामना तपाईहरुको साथ छ । हार्नु र जित्नु त खेलको नियम नै हो । हार्नलाई कसले पो खेल्छर ?  घोडा चढने मान्छे लड्छ, हारे केही अनौठो र अप्ठ्यारो नमान्नुहोस हामी जहिल्यै साथ छौ । जसरी आजसम्म खेल्नु भयो हामीले मुख छोप्न पर्दैन चाहे सवै खेलमा हामीले दुर्भाग्यको सामना गर्न किन नपरोस । मित्रहरुले तपाईहरुका हातमा टक्रयाएको मरुभूमिको कोसेली पढदै गर्नुहोला अनि नेपाल कुवेत डट कम हेर्दै गर्नुहोला हामी तपाईहरुका हरेक मैदानमा गुडने बल सँगै हुनेछौ तपाईहरुका हातका व्याट समाउने नारीमा तागत भरेर आउने छौ । शुभकामना छ, जित तपाईहरुको हो, खुशी र गर्वको नाशो संगालेर राख्नेछौ ।

4 Responses

  1. वाह अति राम्रो लेख। लेखकलाई मेरो साधुवाद।

    अपडे गर्दै जानु होला हामी तपाईंहरुलाइ पछ्याउदै जानेछौ।

  2. Mero ta harsa le aanshu haina Toyanath Jee, 10 KD pocket bata nikala po aanshu ayeko ho ta ….ke garnu aafno talab jamma 75 KD mahina chha…..

    Gorkhe Kriketar

  3. Appreciated…

    Love to be Nepali…

    Other NRN should learn from this..

    But the article above was more like an essay or a story not a news…

  4. Namskar Peedit Pahuna

    Hernos tapaile biyakti ko name tokera ra mero yeti tero yeti bhanera salary tokera alok chhadke tarikale lekhnu bhayechha ke yasari comment lekheko ramro hota? herno patrakaar ho patrakarle lekheko kuramaa lekhadai jadaa katipaya thaaumaa galti huna sakchha sabai bhandaa mahile ho comment haleko ki gorkhe khelaadi ko satomaa gorkhaali kheladi haaleko bhaye suna maa sugghandha haalejasto hunthiyo bhanera tiyo kuraa wahaa le swikaar pani gari saknu bhyeko chha haamile patrakaar harulaai gaali behijati ko sato manobal badaaune utsahaa badaune khaalkaa sabdaharule chai gali gaouna ra po bholi ramraa ramraa kuraharu padhana paichha kirpaaya yastaharu sabdale tapaiko patrakaar harulaai gali nagarnos yo sansaar maa patrakaar haruko madhayma batani sabai kurahaaru haamile thaahaa paauna pairakhekaa kura haru pani haamile kahile nabirsau.
    Dhanyabaad.

    Ram Kumaar chhetri

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: