सबै दलका नेताहरुको एउटै बाचा स्व. कोइरालाको श्रद्धान्जली कार्यक्रममा


नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाको श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । १३ औं दिनका दिन गर्ने भनिएको सो कार्यक्रम कांग्रेसले १५ औं दिनमा शहीद मन्च टुँडिखेलमा आयोजना गरेको हो । कार्यक्रममा सरिक भएका सम्बिधान सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरुले शान्ति र नयाँ संविधानको पक्षमा एकमत हुने प्रतिबद्धता जनाउँदै १४ जेठभित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बिधान निर्माणकालागि ५५ दिन बाँकी रहेका बेला स्व. कोइरालाको स्मृतिमा आयोजित सो सभामा बोल्दै नेपाली कांग्रेसका कावा सभापति सुशील कोइरालाले मुलुकमा शान्ति र संविधान निर्माणकालागिसहमति र सहकार्य जरुरी रहेको बताए । यो बाहेकको विकल्प नभएको बताउँदै कोइरालाले मुलुकमा अमन चयन कसरी कायम गर्ने र कसरी संविधान समयमै निर्माण गर्ने भन्ने चिन्ता लिने स्व. गिरिजाप्रसादको सपना साकार पार्न विगतका असहमतिलाई बिर्सिएर अघि वढ्नु जरुरी रहेको बताए ।स्व. कोइरालाले पार्टी एकताका बारेमा चिन्तित भएको बताउँदै कावा सभापति कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन आफूले भूमिका खेल्ने बताए । ‘उहाँको चाहना अनुसार पार्टीलाई एक बनाएर लैजान मैले आफूले सकेको भूमिका निर्वाह गर्नेछु’ उनले भने- ‘पार्टीलाई कहिल्यै पनि एकताबाट विमुख हुने छैन भन्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु ।’ कावा सभापति कोइराला स्व कोइरालाको बिकल्पमा आफूलाई उभ्याइरहेका छन् । श्रद्धान्जली कार्यक्रमको सभापतित्व उनैले ग्रहण गरेका थिए ।एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कोइरालालाई अविभावकको रुपमा चित्रित गरेका थिए । ‘कुनै समय नेपाली कांग्रेस र माओवादीबीच एकअर्कालाई निषेध नै गर्ने अवस्था थियो’ प्रचण्डले भने- ‘तर पछिल्लो समय अभिभावकको भुमिका निर्वाह गरिरहनु भएको थियो ।’राजनीतिक विकासक्रम अनौठो किसिमले फेरबदल हुँदै गएको बताउँदै प्रचण्डले भने- ‘पछि मैले उहाँलाई अभिभावक मान्दै गएँ र उहाँले पनि मलाई धेरै माया गर्न थाल्नुभयो, मैले केही गल्ती गरे पनि उहाँले मलाई माया गर्दै जान थाल्नुभयो, त्यसैले हामीबीचको सम्बन्ध पछिल्लो समय निकै भावनात्मक बन्न पुगेको थियो ।’कोइरालाको निधनपछि शान्ति सम्झौताको सहहस्ताक्षरकर्ताको नाताले शान्ति स्थापना र संविधान निर्माणको जिम्मेवारी आपुनो काँधमा आएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रकृयाको प्रकि्रयाको एक सहसूत्रधार र बृहत शान्ति सम्झौताको सह हस्ताक्षरकर्ताको नाताले स्व. कोइरालाको शान्ति स्थापना गर्ने चाहना आफ्नो काँधमा आएको बताए ।यो जिम्मेवारी निर्वाह गर्न आफू तैयार भएको बताउँदै प्रचण्डले भने- ‘म शान्ति प्रकृयालाई निष्कर्षमै पुर्याएर छाड्नेछु ।’ उनले राजनीतिक दलहरुबीच केही समस्या र अप्ठ्यारा भएपनि आत्तिहाल्नुपर्ने स्थिति नभएको भन्दै आस्वस्त पार्न खोजे । ‘आत्तिनुपर्ने अवस्था छैन’ प्रचण्डले भने- ‘शान्ति प्रकृया निष्कर्षमा पुर्याउन हामी सफल हुनेछौं ।’पछिल्लो समयमा पूर्व राजा र राजावादीहरु सकृय हुन थालेकोप्रति संकेत गर्दै प्रचण्डले कोइरालाको निधनपछि इतिहासले पाखा लगाइसकेका पनि बोल्न थालेको बताए । ‘तर त्यस्ता व्यक्तिहरु सफल हुने छैनन्’ उनले चेतावनी दिँदै भने- ‘त्यसको हिसाबकिताब जनताले गर्नेछ ।’१४ जेठभित्र नै शान्ति प्रकृयालाई टुंगोमा पुर्याई संविधान निर्माण गर्ने चुनौती थपिएको बताउँदै नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले कोइरालाको अवसानले मुलुकलाई नै गम्भीर अवस्थामा पुर्याएको बताए । पार्टीहरुबीच अन्तरद्वन्द्वका कारण यस्तो स्थिति सिर्जना भएको उनको कथन थियो । शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने दायित्व गिरिजाबाबुले हामीलाई छोडेर जानु भएको छ’ खनालको थप भनाई थियो- ‘त्यसैले प्रमुख पार्टी बीचका अन्तरद्वन्द्वलाई समाप्त गरी शान्ति प्रकृयालाई टुंगोमा पुर् याई तोकिएकै समयमा नयाँ संविधान घोषणा गर्ने प्रतिवद्धता प्रमुख दलहरुले गर्नसक्नु पर्छ ।’ कार्यक्रमका अर्का बक्ता प्रधानमन्त्री माधवकुमार नेपालले शान्तिप्रकृयालाई टुंगोमा पुर्याउन र संविधान जारी गर्नुपर्ने जिम्मेवारी पूरा गर्न सके त्यही मात्र स्व कोइरालाप्रतिको सही श्रद्धान्जली हुने बताए । प्रम नेपालको भनाई थियो- ‘गिरिजाबाबुको अन्तिम इच्छा साकार पार्न सहमति आपसी विश्वासका साथ अघि बढ्नु पर्छ ।’नेपाली कांग्रेसका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा सो पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले स्व. कोइरालाले सुरु गरेको शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी प्रमुख दलका नेतामा आएको बताउँदै स्व. कोइरालाको ठाउँ पूरा हुने अवस्था नभए पनि उनले छाडेका जिम्मेवारी भने पूरा गर्न सकिने अवस्था रहेको बताए ।कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले स्वर्गीय कोइरालाको सबैभन्दा ठूलो चिन्ता जनताले शान्तिका साथ बाँच्न पाउँछन् कि पाउँदैनन् भन्ने भएको बताउँदै राजनीतिक दलहरुले यसकालागि सहमतिसाथ अघि बढ्नुको बिकल्प नरहेको बताएका थिए । हण्डर खाएका, दुःख पाएका र स्व. कोइरालाबाट शिक्षा लिएका थुप्रै कार्यकर्ता पार्टीमा रहेको बताउँदै पार्टी कमजोर नभएको दावी गरेका थिए ।राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, तमलोपाका अध्यक्ष महन्त ठाकूर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका विभिन्न दलका नेताले बोलेको सो कार्यक्रममा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले स्वर्गीय कोइरालाको विचारकै आधारमा शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनु पर्ने बताएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: