महिला समस्या सम्बन्धमा अन्तर्कृया सहित सस्थापक अध्यक्ष यादब लाई डिएनजेले गर्यौ बिदाइ


उमाकान्त पाण्डे गाउले

०३ मार्च – दुबइ – यूएई – यूएईमा रही सामाजिक कार्यमा महत्वपूर्ण उदाहरणको रुपमा स्थापित दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठानले आफ्ना सस्थापक अधक्ष्य ध्रमेन्द्र कुमार यादवलाई गत शुक्रबार यूएईको बरदुबई स्थित नेपाली रेस्टुरेन्टको बिशेष शभा हलमा एक बिशेष कार्यक्रम बिच सम्मानका साथ यूएईबाट बिदाइ गरेको छ ।
 
यूएईमा रहेका अन्य संघसस्था भन्दा भिन्नै पारामा आफ्ना सहयोगी गतिबिधी लाई अगाडि बडाउदै आएको एक सामाजिक सस्था जुन ‘एक धिराम्श दिनुश सदस्य बन्नुस् र राहत तथा उद्दारको काम मा हातेमालो गरौ’भन्ने मुल नाराका साथ स्थापित दुबइ-नेपाल जनकल्याण राहत प्रतिस्ठानका   सस्थापक अधक्ष्य समाज सेवी तथा संचारकर्मी ध्रमेन्द्र कुमार यादबलाई बिदाइ गर्ने तथा नयाँ कार्यकारी समिती निर्माण गरी आगामी दिनमा झन शशत्त ढंग बाट सामाजिक कार्यमा लागि पर्न भाबी कार्य योजना बनाउने उदेश्यले आयोजित बिशेष कार्यक्रममा यूएईमा नेपाली महिलाहरु को समस्या सम्बन्धमा एक अन्तर्कृया समेत गरिएको थियो ।
 
 
दुई चरण गरी सम्पन्न गरिएको कार्यक्रममा पहिलो चरणमा सस्थामा रही लामो समय सम्म सल्लाहकार तथा बिभिन्न जिम्मेवारी स्थानमा  रही सस्थाको हरेक कार्यहरुमा साथ तथा सस्था प्रती देखाएको मायाको कदर स्वरुप यूएईमा समाजसेवीको रुपमा परीचित समाजसेवी कृष्ण ढकाल,मानबहादुर थापा,सालीक सुवेदी,लाल बहादुर ढेगां तथा टेक थजाली मगर लाई सस्थाले खादा तथा प्रशंशा पत्र प्रदान गर्दै सम्मान गर्यौ । साथै आफु बिदाइ भएर नेपाल फर्किने क्रममा रहेका सस्थापक अधक्ष्य ध्रमेन्द्र कुमार यादबले नयाँ कार्यकारी समिती समेत निर्माण गरी आफ्नो जिम्मेवारी निवर्तमान महासचिव टेक थजाली मगर लाई कार्यबाहक अधक्ष्य को घोषणा गर्नु भयो भने अन्य सस्थाका पदाधिकारीहरु समेत चयन गरिएको छ । नयाँ निर्माण गरिएको कार्यकारी समिती मा टेक थजाली मगरलाई हाल यूएईका लागि कार्यबाहक अधक्ष्य हुने गरी जिम्मेवारी प्रदान गरीयो भने सस्थापक अधक्ष्य नेपाल फर्किएर नेपाल सरकारको सम्बन्धित निकाय मा आफ्नो सस्थालाई दर्ता गराइ सस्थाको नाम अनुरुप दुबइ र  नेपाल लाई जोड्ने गरी समन्वय गर्दै अगाडि जाने र सस्थापक अधक्ष्यनै नेपाल मा गठनहुने समितीको अधक्ष्य हुने गरी जिम्मेवारी बाडफाड गरिएको छ । यसरी गठित सस्था का पदाधिकारी हरुमा : क्रमश :संरक्षक तथा बरिष्ठ सल्लाहकार : कृष्ण ढकाल सल्लाहकारहरु-मान बहादुर थापा,सालीक सुबेदी, लाल बहादुर ढेंगा,संस्थापक अध्यक्ष: धर्मेन्द्र कुमार यादव,कार्यवाहक अध्यक्ष: टेक थजाली मगर,उपाध्यक्ष: जेपी सागर,उपाध्यक्ष: मीना कुमारी तामाङ,महासचिव: निर्मल आचार्य,कोषाध्यक्ष: सोनु तामाङ,सहकोष अध्यक्ष: राम मोक्तान,सचिव: बबिता रास्कोटी मगर, प्रबक्ता: रेसम श्रेष्ठ,महिला बिभाग प्रमुख: कृष्ण माया दोङ (निमा),महिला बिभाग उपप्रमुख: सीता ठकुरी,खेलकुद बिभाग प्रमुख: प्रभु नारायण चौधरी,दुबई क्षेत्रीय समिती प्रमुख: रुपन सुब्बा,अबुधावी क्षेत्रीय समिती प्रमुख: कैलाश राई,शारजाह क्षेत्रीय समिती प्रमुख: ईन्द्र थापा मगर(किरण),फुजेरा क्षेत्रीय समिती प्रमुख: पुर्ण कुमार मगर,अजमान क्षेत्रीय समिती प्रमुख: टिका बहादुर बी.क.,उमलक्वीन क्षेत्रीय समिती प्रमुख: गुणराज आचार्य,अलकुज क्षेत्रीय समिती प्रमुख: असोक क्षेत्री,सदस्यहरु: ईन्दीरा आलेमगर,सपना घिमीरे,हरी जैसवाल,खीम पाईजा मगर लक्ष्मी श्रेष्ठ,भीम कीसान,नेपाल बिभाग प्रमुख: राम प्रसाद ढुंगेल,नेपाल बिभाग उपप्रमुख: आशा वि.क.,रहेका छन भने सस्थाका सम्पुर्ण कार्यसमितीको बिवरण संस्थाको आधिकारिक ब्लगमा राखिने जानकारी दिईएको छ ।
 
मन्तब्य दिनेक्रममा बोल्नु हुँदैं प्रमुख अतिथी समाज सेवी कृष्ण ढकालले  सँस्थाले गरेको काम बाट आफु  अत्यन्त खुशी भएको यसलाई अझ ससक्त रुपमा लागेर गन्तब्यमा पुर्‍याउनु पर्छ भन्नु भयो अर्का अतिथी मान बहादुर थापाले राम्रो कामको अनुसरण सबैले गर्नुपर्छ नराम्रा तत्वहरुले केही गर्न सक्दैन भन्नु भयो त्यस्तै गरी अर्का अतिथी सालीक सुबेदीले सँस्थाले गरेको प्रगती बिवरण देखेर आफु अती खुशी भएको र सबैको साथ पाएं यो संस्थालाई युएईमा दर्ता गर्ने धारणा ब्यक्त गर्नु भयो ।  उहाँले भन्नु भयो हामीले बोलीमा होइन कर्ममा विश्वास गर्नु पर्छ राम्रो काममा किन पछी हुने? यदी दर्ता प्रक्रियामा हामी सबै लागे ५० प्रतिशत अर्थिक सहयोग गर्ने बचन समेत सोही अवसरमा दिनु भयो । मन्तब्यको क्रममा अर्का अतिथी लाल बहादुर ढेँगाले यादवले दुबई छोडेपनी यहाँले देखाउनु भएको बाटोमा सबै हिड्नु पर्छ भन्नु भयो भने  कार्यक्रम संयोजक बबीता रास्कोटी मगरले यादवलाई संस्था बाट होईन  हाललाई दुबई बाट मात्रै हो भन्नु भयो त्यस्तै गरी कोषाध्यक्ष सोनु तामाङले बचेको थोरै समय समाजको सेवामा लगाउने मौका दिएकोमा संस्थापक पक्षलाई धन्यबाद नदिई रहन सकिदैन कल्याणकारी महानुभावहरुले आ-आफ्नो ठाउबाट जिम्मेवारी निभाउनुपर्छ भन्ने धारणा राख्नु भयो अर्की बक्ता संस्थाकी महिला बिभाग प्रमुखले पनि हाल सम्म जे जती प्रगती गरिएको छ त्यो ईमान्दारिताका साथ गरिएकोछ अब अझ ससक्त भएर सबै लाग्नु पर्नेछ भन्नु भयो।त्यसतै गरी संस्थामा नवनियुक्त उपाध्यक्ष मीना कुमारी तामाङले पनी हर्सिद हुदैं महिलाहरुका समस्याको सवालला आवाज उठाउने र आफु जस्तै धेरै महिला दीदीबहीनीहरुको भलाईमा लाग्ने बचन दिनुभयो, का. वा. अध्यक्षले पनी चारै तर्फ संस्थाको भलो चाहाने महानुभावहरुको साथले संस्था सक्रिय हुने कुरामा आफु बिस्वस्त भएको कुरा दोहोर्‍याउनु  हुदैं भन्नु भयो जो सक्रिय हुन्छ त्यो कार्यसमितीमा हुन्छ अरु सबै कल्याणकारी महानुभावहरु साधारण सदस्य हुन पाउछ।राजनितीलाई छिर्न दिनु हुदैंन भन्दै आफ्नो कार्यकालमा पनि राम्रो काम गरेर देखाउने प्रतिबद्दता ब्यत्त गर्नु भयो ।
 
कार्यक्रमको पहिलो चरणमा सस्थाका सल्लाहकार लगायतलाई सम्मान गरिएको थियो भने दोस्रो चरणको कार्यक्रममा बिदाइ भएर जान लाग्नु  भएका सस्थापक अधक्ष्यलाई सम्मान तथा नयाँ गठित समिती लाई शुभकामना मन्तब्य राखिएको थियो । पहिलो चरणको कार्यक्रम सस्थापक अधक्ष्य ध्रमेन्द्र कुमार यादब को शभापतित्व , सल्लाहकार तथा समाजसेवी कृष्ण ढकालको प्रमुख आतिथ्यता, सालिक सुवेदी,मानबहादुर थापा,लाल बहादुर ढेगां, तथा पत्रकारको तर्फबाट अर्घाखाँची डट्कम् का प्रतिनिधि उमाकान्त पाण्डे गाउले को आतिथ्यता साथै राहतको आशा र राहत को काम मा एकै साथ जुट्नका लागि उपस्थित अन्य सर्वसाधारण नेपाली को नेपाली रेस्टुरेन्ट बरदुबईमा घुइचो थियो भने सस्थाका बिभिन्न क्षेत्रिय समितीमा रही काम गर्दै आउनु भएका प्रतिनिधि , सदस्य सहकर्मी हरुको अत्यधिक आगमनले झन कार्यक्रमको शोभा बडाएको थियो ।              
 
    
    
 
    
 
 

उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रतिनिधि
नेपाली समाचारपत्र पाक्षिक बिशेष सम्वादाता – यूएई 
Mobile:+971-559104336

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: