कुवैतमा रहेका नेपालीहरुको अवस्था कस्तो छ ?


          – भुवन पौडेल- कुवेत

                  विश्वमान  चित्रमा सानो देश रहे  पनि कुवेत आर्थिक दृष्ट्रिले सम्पन्न र धनी राष्ट्रहरुको सूचीमा पर्दछ । खास गरि पेट्रोलियम पदार्थको ठूलो भण्डार रहेको र यहाँको एक मात्र राजस्वको स्रोत नै यही हो । करिब करिब अठार हजार क्षेत्रफल रहेको यसको सिमानामा इराक तथा सउदी अरेविया पर्दछन् । धनी देश भएकै कारण यहाँका जनता विलासितामा रमाउने तथा सामान्य घरायसी काममा पनि कामदार राख्ने गर्दछन् भने सरकारले पनि एक जनालाई चारवटा सम्म राख्न पाउने छुट दिएकेा छ । खास गरि घरेलु कामदारमा महिलाहरुको अवस्था एकदमै दयनिय रहेको छ एक त मुस्लिम राष्ट्रमा स्वयम् यहाँका महिलाहरुको पनि सुखमय छैन त्यसमाथि कामदार के होला सहजै अनुमान लगाउन सकिन्छ । यहाँ कुवैती भन्दा गैरकुवैतीको जनसंख्या धेरै रहेको कारण सरकार पनि बढी सचेत छ भने ऐन नियमहरु पनि एचयप्गधबष्तष् हुनु स्वभाविकै हो । नेपाल र कुवेत विच दौत्य सम्बन्ध २५ फेबुर्अरी १९७२ भए पनि चालिस वर्ष पछि मात्र आज आएर दूतावास स्थापना भएको छ ढिलै भए पनि खुसीनै मान्नु पर्दछ भने थोरै कर्मचारीको कारण व्यर्होनु पर्ने समस्या त छदै छ । आफ्नो जागिरको सिलशिलामा जनवरी २० मा कुवेत आएपछि सेन्ट्रल जेल देखि करिब करिब सबै प्रहरी थानाहरुमा पुगेर वास्तविक नेपालीहरुको त्यसमा पनि महिला घरेलु कामदारको दयनिय अवस्था प्रत्यक्ष देख्न पाए जसरी काठमांडौमा पत्रपत्रिकामा तथा अन्य मिडीयामा सुनेको पढेको भन्दा निकै नाजुक र दयनिय जिवन विताउन वाध्य भएका रहेछन् । कुवेतमा नेपाली महिलाहरु विषेश गरी भारतीय बाटो गरेर जाने र विभिन्न दलालहरु माफत् बेचिदै कुवेत प्रवेश गर्दछन् । अर्को तर्फ कतिपय बगांलीले वेश्यालयमा लगेर शारीरिक शोषण गर्ने गदर्छन । एउटै महिला कुवेत पुग्दा चार पाचँ पटक बेचिसकेको हुन्छ भने कुटपिट मानसिक यातना बलातकार यौन शोषण त सामान्य हुन पुग्दछ । चाहे अम्रौढ०९ नवलपरासी की ललिता श्रेष्ठ जो गाँउकै फूलकुमारी चौधरी र समर चौधरी भन्ने दलालले काठमांडौमा राजाराम भन्ने व्यक्तिमाफत् तीस हजारमा कुवेत पठाएर विचरा १६ वर्षकी वालिकालाई पासपोटमा २१ वर्ष वनाएर कुवेतीको घरमा पठाईदिएको र साहु तथा उसको परिवारको कुटाई सहन नसकी राजदूतावासमा शरण लिन आएको विचरा आईरनले हात डामिदिएको खत आलै थियो के उनलाई मानव अधिकारको हक छैन के यो Human Trafficking होइन त । यस्तै गोरखाकी सुजिता बराम जो वयान पुलिसमा बिरामी भएर मृत्युको प्रतिक्षामा छाला र हण्डीमात्रको शारीरिक अवस्था होस् चाहे झापाकी नेत्रकलाको पनि कम्ती पिडा दायक अवस्था रहेन र आएको चार महिना मै नेपाल फर्कनु पर् र्यो हुन त उनको उद्धार त हामीले गर् यौ तर उनले स्वयम नेपाली दलालबाट पाएको पीडा कसरी भुल्छिन् । पे्रम ढकाल तथा उसको बुढीले कुवेती लगाई जवरजस्ती बलात्कार गर्न लगाएको ।
तेसो त महिलाको मात्र समस्या रहेनछ यहाँ बारा जितपुरको राजेश कुमार ठाकुरलाई हजाममा भनि एक लाख बीस हजार लिएर राजु पन्त तथा मोहन कार्की -S.C.M. Manpower LIcense No. 247/058/059_ ले कुवेत पठाइ भेडा चराउन लगाएको त्यस्तै पाल्पा पालेपिपलका लोकनाथ शर्मा गैरेलाई कमला बोगटी तथा शिव बोगटीले वेटर भनेर भेडा चराउन पठाएको त्यस्तै नवलपरासी डाडाँझरीका रमेश बकावललाई पनि घरायसी ड्राइभर भनि खेतीपातीको काममा लगाएको । यी त केही उदाहरण मात्र हुन । नेपाली सोझा चेलीवेटी एवम् दाजुभाईको रगत पसिना माथि खेलवाड गर्ने दलालहरुलाई लखेट्नु जरुर छ यदि व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारीलाई बनाउने हो भने अन्यथा झन विकराल समस्या व्यर्होनु पर्ने मा शंका छैन । खाडीमा लिएर खसी बोकासरी बेचविखन तथा कारोबार गरी ज्गुबल त्चबााष्अपष्लन गरेको कुरामा दुईमत छैन यसर्थ खासगरी कुवेतको सवालमा खादिमा भिषा २० नम्बर को घरायसी कामदारको रुपमा जसलाई अन्तराष्ट्रिय श्रम सम्बन्धी महासन्धिले समावेश गरेको छैन । मा आउने सोझा नेपाली चेलीबेटीहरुको वास्तविक अवस्था देख्दा जो कोही पनि नेपालीका आखाँ नरसाइरहन सक्दैन । नेपालको फितलो संयन्त्रले गर्दा नेपालबाटै लेनदेन गैरकानुनी कि्रयाकलाप हुदै बेचिदै आउनुपर्ने वाध्यता रहेको छ ।
आज आएर श्रमिक तथा उनीहरुको समस्या समाधान गर्न भनेर श्रम सहचारीको सिर्जना गरिएको छ के यो स्थायी समाधान हो त श्रममा दुई चार वर्ष काम गर्दैमा विदेशमा गएर श्रमिकको समस्या समाधान गर्न सक्दछ आफनो सम्पूर्ण समय वैदेशिक मामिला हेर्ने परराष्ट्रका कर्मचारी अदक्ष भए त के परराष्ट्रको काम विदेशमा रहेका नेपालीको रक्षा गर्ने होइन । नेपाली कामदार रहेका मुलुकमा रहेका नेपाली दूतावासमा काम गर्ने कर्मचारी श्रम सहचारी होइनन् त के तीनीहरुको भन्दा फरक श्रम सहचारीले के गर्दछ । दूतावासहरुमा पर्याप्त कर्मचारी नहुनु नै हाम्रो दुर्भाग्य हो भने पर्याप्त बजेट नहुनु पनि । श्रम सहचारीले गर्ने काम भन्दा स्थानीय कर्मचारीले ठूलो भूमिका निवार्ह गर्न सक्दछन् भने आर्थिक हिसावले पनि कम खचिर्लो हुने देखिन्छ खास गरी पहिलो समस्या भनेको भाषाको हो भने यसको लागि स्थानीय कर्मचारी नै उत्तम देखिन्छ भने उनीहरुले वातावरणलाई सजिलै बुझिसकेका हुन्छन् भने कसरी श्रम सहचारीले कसरी कार्य क्षेत्रमा गएर काम गर्न सक्दछन् ।
हाल केही समय अगाडी नियुक्त गरिएका चारजना श्रम सहचारी मध्ये एक जना मात्र श्रम विभागबाट आएको देखिन्छ । वास्तवमा राजनीतिक नियुक्तिको रुपमा जस्तो देखिएको छ कुनै विशेष अनुभव योग्यताविना हचुवाका भरमा देशलाई अनावश्यक आर्थिक भार थोपर्नु कति सम्म उचित होला । हुन त श्रम विभागको कमजोरीका कारण धेरै श्रमिकले दुख पाएका छन् भने दलाल तथा म्यानपावरसगँ मिलेमतो गरी जस्तो काममा पनि श्रम स्वीकृति दिने गरेका थुप्रै उदाहरण छन् ।
वास्तविक रुपमा दिर्घकालिन समाधान गर्ने हो भने श्रम सहचारी होइन हालको श्रम विभागलाइ विघटन गरी परराष्ट्र मन्त्रालय अन्र्तगत रहने गरी छुट्टै वैदेशिक रोजगारी तथा गैर नेपाली नागरिक सम्वन्धी विभाग खडा गर्नु जरुरी छ किनभने गैरनेपाली नागरिक र वैदेशिक श्रमिकका समस्या नेपाल बाहिर रहेर हेर्नु पर्ने कार्य हो भने परराष्ट्र मन्त्रालयको पहिलो काम पनि विदेशमा रहेका आफ्ना नागरिकको हक अधिकार सुनिश्चित गर्नु तथा उनीहरुका समस्या समाधान गर्ने नै हो । परराष्ट्र मन्त्रालयको मौजूदा दरबन्दीमा केही थप गरेर नेपाली दूतावासहरुलाई साधन सम्पन्न गराउन सकियो भने मात्र उचित समाधान हुने छ अन्यार्थ समस्या जिउका तउ रहने छ ।
mofabhuwan2065@yahoo.com

-यो लेख  लेखकको नितान्त ब्यक्तिगत  हो आफ्नो कुवैत बसाईमा देखेका र भोगेका कुराहरु  लाई समाबेस गरिएको छ ।

2 Responses

  1. भुवन पौडेल जी सारै राम्रो मन छुने लेख लेख्नु भएको रहेछ। हजुरलाई धन्यवाद छ र सधै चलिरहोस हजुरको कलम।
    केदार नाथ खरेल-नेपालकुवैत डटकम(sub-Editor)
    http://www.nepalkwt@gmail.com
    खेतान, कुवैत

  2. thanks i will always with nepalese favour and my hands always walking with stone of words with favour of nepalese with hidden motif

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: