कम्युनिस्ट नेताहरु एकिकृत माओवादीमा प्रबेश


शनिवार एक भव्य कार्यक्रमकाबीच एकिकृत नेकपा (माओवादी) मा आफूले नेतृत्व गरेका पार्टीलाई बिलय गराएका नेकपा (एकिकृत) का पूर्व नेता नबराज सुवेदीलाई एकिकृत माओवादीले पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिने भएको छ । सुवेदीसँगै सो पार्टीका बरिष्ठ नेताहरु तेजप्रकाश कँडेल, लीलाबहादुर थापामगर लगायतको ठूलो समूह पार्टी एकताको प्रकृयामार्फत प्रवेश गरेको छ । यी मध्ये सुवेदी पूर्व संसद सदस्य र थापामगर बाग्लुङ्ग जिल्ला विकास समितिका पूर्व सभापति हुन् । सुवेदी बाहेकका अन्य नेताहरुले भने एकिकृत माओवादीमा केन्द्रीय सदस्यको जिम्मेवारी पाउने भएका छन् ।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ संविधान निर्माण र शान्तिप्रकृयालाई टुंगो लाग्न नदिन प्रतिगामीले तानाबाना बुनिरहेको बताउँदै आफ्नो पार्टी ती सबै षडयन्त्रलाई परास्त सक्षम बनेको दावी गरेका छन् ।’प्रतिगामीहरुले शान्ति प्रकृया र संविधान जारी गर्न नदिन षड्यन्त्रका तानाबाना बुनिरहेका छन्’ प्रचण्डको भनाई थियो- ‘ती षडयन्त्रलाई ध्वस्त पार्न माओवादी सक्षम छ, यो कार्यको नेतृत्व यही पार्टीले गर्नेछ ।’ माओवादीको काँधमा नेपाली जनताका अधिकारलाई संविधानमा सुनिश्चित गर्ने मात्र नभई विश्व सर्वहारा आन्दोलनलाई नै योगदान दिनुपर्ने जिम्मेवारीमसेत रहेको बताए । नेपालका कम्युनिष्ट पार्टीहरु टुटफुटको शिकार भइरहेपनि एकिकृत माओवादीले भने विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको बताए । ‘एकिकृत माओवादीमा विभिन्न खेमामा रहेका कम्युनिष्ट पार्टीहरु मिसिने क्रम जारी छ’ प्रचण्डले भने- ‘यो पार्टी सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीमात्र होइन, देशकै सबैभन्दा ठूलो राजनीतिक दलसमेत बन्न पुगेको छ ।’कार्यक्रममा नेकपा एकिकृतबाट बिद्रोह गरी एकिकृत माओवादीसँग पार्टी एकता गरेका सुवेदीले एकता कार्यक्रमममा माओवादीलाई पाखा लगाएर संविधान र शान्तिप्रकि्रया टुंगोमा नपुग्ने दाबी गरे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: