‘म्यान अफ द म्याच’ पारसले २८ बलमा २९ रनको योगदान गरेका थिए ।


 एसीसी ट्रफी एलाइट कप क्रिकेट प्रतियोगितामा नेपालको उत्कृष्ट प्रदर्शन शुक्रबार पनि कायम रह्यो । लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले ओमानमाथि ६ विकेटको जित हात पार्‍यो ।

कुवेतको युनिटी मैदानमा भएको खेलमा ओमानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले ३९ औं ओभरमा पूरा गर्‍यो ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन हङकङमाथि १ सय १८ रनको फराकिलो जित दर्ता गरेको नेपालका लागि ओपनरद्वय महेश क्षेत्री र अनिल मण्डलले जितको आधार तयार पारेका थिए । पहिलो विकेटका लागि महेश र अनिलले ७२ रनको साझेदारी गरेका थिए । खेलको १६ औं ओभरमा अनिल पेभेलियन फर्किए । उनले ४९ बलको सामना गर्दै २९ रन जोडेका थिए ।

त्यसपछि थप ८ रन जोडदा नेपालले अर्को विकेट गुमायो । टिमले ८० रन जोडदा ओपनर महेश मैदानबाट बाहिरिएका थिए । महेशले ६९ बल खेल्दै महत्त्वपूर्ण ३५ रन जोडेका थिए ।

तेस्रो विकेटका रूपमा आएका कप्तान पारस खड्काले आक्रामक ब्याटिङ प्रस्तुत गरे । ‘म्यान अफ द म्याच’ पारसले २८ बलमा २९ रनको योगदान गरेका थिए । टिमले १ सय ३३ रन जोडदा आउट भएका पारसले एकै ओभरमा तीन चौका प्रहार गरेका थिए । उनले बलिङमा एक विकेट हात पार्नुका साथै महत्त्वपूर्ण दुई क्याच लिएका थिए ।

अर्का ब्याट्सम्यान वसन्त रेग्मीले ३२ बलमा २९ रन जोडे । वसन्त टिमले १ सय ३८ रन बनाउँदा पेभेलियन फर्केका थिए । त्यसपछि शरद भेषावकर र दीपेन्द्र चौधरीले नटआउट रहँदै नेपाललाई जित दिलाएका थिए । दीपेन्द्र २६ बलमा १४ रन तथा शरद ३१ बलमा २२ रन जोडदै अन्तिमसम्म क्रिजमा थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा नौ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

कुनै समय ओमान २२ ओभरमा तीन विकेट गुमाउँदा ६७ रनको स्थितिमा थियो । ओमानको विकेट पतनको सुरुआत महबुब आलमले गरेका थिए । त्यसपछि ओमानको दोस्रो विकेट अमृत भट्टराईले हात पारे । ओमानको तेस्रो विकेट शक्ति गौचनको नाममा रह्यो । ओमानलाई दबाबमा राख्ने क्रममा शक्तिले थप एक विकेट लिए भने राहुल विकले लगातार पछिल्ला तीन विकेट चट्काएका थिए । अर्को विकेट सञ्जम रेग्मीको नाममा रह्यो ।

नेपालले प्रतियोगिताको तेस्रो खेल शनिबार सिंगापुरविरुद्ध खेल्नेछ । केही समयअघि नेपालमा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा नेपालले सिंगापुरलाई हराएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: