नेपालले सिंगापुरलाई सात विकेटले हरायो


नेपालको अन्तराष्ट्रिय क्रीकेटमा सबैभन्दा ठूलो साझेदारी १३९ रनको नयाँ किर्तिमान

सुजन के सी

                ०३ अप्रिल २०१० मा बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा जारी एसीसी ट्रफी इलाइट कप क्रिकेटमा सिंगापुरद्वारा नेपालको सामु २१७ रनको चुनौती राखेको थियो जस्लाई नेपालले ४३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालले सिंगापुर माथि सानदार जित हासिल गर्दै सेमी फाईनलमा ठाउँ पक्का गरेको छ।

                सिंगापुरले टस जिती पहिला ब्याटिङ रोजेको थियो । सिंगापुरले शानदार शुरुआत गर्दै पहिलो विकेटको लागि ६४ रन जोडेको थिए। सिंगापुर ४९ ओभरमा अल आउट हुँदै नेपालका सामु  २१७ रनको लक्ष्य राखेको थियो । नेपालको लागि पहिलो सफलता बसन्त रेग्मीले दिलाएका थिए।  सिंगापुरको लागि ओपनर बुद्धिकले ३६ र चेतनले ३२ रन बनाएका थिए भने फिलिप्स  ४० , नरेन्देर   ७, सगर  ८ र मुनिशले  ३१ रन बनाएका थिए। सिंगापुरले शानदार शुरुआत गर्दै पहिलो विकेट पुर्व नै ६४ रन जोडेका थिए। सिंगापुर ४९ ओभरमा अल आउट हुँदै नेपालका सामु  २१६ रनको लक्ष्य राखेको थियो । 

               नेपालका लागि शक्ती गौचनले सर्वाधिक ३ विकेट लिए भने राहुल बि.क. २, बसन्त रेग्मी १, सन्जम रेग्मीले १ विकेट र पारस खड्काले १ विकेट लिए २ खेलाई रन आउट भएका थिए । २१७ रनको लक्ष्यलाई पछ्याउँदै नेपालले सानदार शुरुआत गरेको थियो । नेपाली ओपनर अनिल मण्डल र महेश छेत्रीले नेपालको अन्तराष्ट्रिय क्रीकेटमा सबै भन्दा ठूलो साझेदारी १३९ रनको नयाँ किर्तिमान बनाएका थिए । अनिलले ८३ र महेशले ८७ रन बनाएका थिए । अनिल आउट भएपछी मैदानमा आएका कप्तान पारस सस्तैमा ८ रन बनाएर पेबिलिएन फर्के। पारस रन आउट भएका थिए । सरदर १८ नट आउट, दीपेन्द्रले ९ रन बनाउँदै नेपाललाई विजय गराएका थिए । नेपालले यो लक्ष्य ४३ ओभरमा ३ विकेट गुमाउँदै बनाएको थियो । यो जितसँग नेपाल सेमी फाईनलमा पुग्यो ।

               ८७ रन बनाउने महेश छेत्री म्यान अफ दि म्याच भए । नेपालको आगामी खेल ६ अप्रिल २०१०,मंगलबारको दिन बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित हुबारा ग्राउण्डमा कुवेतको विरुद्ध हुने जानकारी गराउँदै समस्त कुवेतवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त अवसरमा आफ्नो उपस्थिती जनाइ नेपाली खेलाडिहरुको हौसला बढाइ दिनु हुन नेपालकुवैत डटकम हार्दिक अनुरोध गर्दछ।

One Response

  1. very good live coerage, thanks for that. keep it up.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: