हिमानी हलिउडमा हिरोइन बन्दै


               पूर्व युवराज्ञी हिमानी शाहलाई छिट्टै नै हलिउडको एउटा फिल्ममा अभिनय गर्दै गरेको देख्‍न पाइने भएको छ। केही महिना अगावै फिल्ममा खेल्ने निधो भइसक्दा पनि यो खबरलाई अत्यन्तै गोप्य राखिएको थियो। स्रोतका अनुसार केही अघि पोखरामा उनले गरेको प्याराग्लाइडिङ र दरबारमार्गमा सपिङ गर्दै गरेको दृश्य यसै फिल्मका लागि गरिएको सुटिङ थियो। सुटिङका लागि गोप्य क्यामेराहरु प्रयोग गरिएकोले कसैले सुँइकोसमेत पाएका थिएनन्। फिल्मको निर्देशन Samira Makhmalbaf ले गर्दैछिन्। उनी इरानका प्रख्यात फिल्म निर्माताकी छोरी हुन्। उनको पछिल्लो फिल्म At Five in the Afternoon तालिबान शासन पतन भएपछि अफगानिस्तानको स्थितिसम्बन्धमा थियो। फिल्मको कलात्मक पक्षलाई धेरैले रुचाएका थिए। यो फिल्ममा पनि अफगानिस्तानको पतन भएको राजतन्त्रको विषयलाई प्रमुख कथा बनाइएको छ, यद्यपि यसमा हिमानीको दृश्य धेरै भने छैन। निर्वासनमा रहेका अफगानको राजपरिवारकी एक छोरीको भूमिकामा हिमानी छिन्।

           फिल्ममा अभिनय गरेवापत् उनले कति रकम पाउने हुन्, त्यो सार्वजनिक भएको छैन। तर इतिहासको कुनै कालखण्डमा अधिराजकुमारीबाट युवराज्ञी हुँदै पूर्व युवराज्ञी बनेकी भारत निवासी हिमानीको नयाँ रुप भने पक्कै हामीले यो फिल्ममा देख्‍न पाउने भएका छौँ।

3 Responses

  1. कहाँ बाट जिन्दगिले लिययो यहाँ सम्म भोली बास कहाँ हुनेहो कस्ले सक्छ भन्न!!!!१बधाई छ नब नायिका हिमानिलाई !!

  2. mula ho, jata bata yo news choreko ho, tyesma hera last ma April Fool lekheko chha….hawa haru, alikati buddhi nabhako le k website chalako hola

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: