आप्पाले २० औं पटक सगरमाथा चढ्ने


           काठमाण्डौ । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको १९ औँ पटक सफल आरोहण गरेका आप्पा शेर्पाले फेरि सगरमाथा चढ्ने घोषणा गरेका छन् । नेपाल पर्यटन बोर्डले बिहीबार राज धानीमा आयोजना गरेको पत्रकारसम्मेलनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले सगरमाथाको चुचुरोबाट पर्यटनवर्ष २०११ को सन्देश विश्वभर फैलाउन “नेपाल पर्यटनवर्ष-२०११” झण्डा हस्तान्तरण गर्नुभयो ।

            आरोहण दललाई शुभकामना दिंदै मन्त्री भण्डारीले सरकारले सगरमाथालाई सफा राख्न उच्चस्तरिय कार्यदल गठन गरिएको र सोही अनुसार नीति तथा कार्यक्रम ल्याइने बताउनुभयो । त्यस अवसरमा उहाँले खेलकुद र वातावरणको क्षेत्रमा योगदान पुर्‍याएवापत आरोही दावास्टेभेन शेर्पालाई “खेलकुद र वातावरणका लागि अन्तरराष्ट्रिय ओलम्पिक कमिटी” पुरस्कार प्रदान गर्नुभयो । आगामी वैशाख ७ गते “इको एभेरेष्ट एक्सपिडिसन-२०१०” नाम दिएर आरोहण थाल्ने आप्पाको आरोहण दलमा संलग्न १७ जना नेपाली सदस्यमध्ये दावा पनि एक हुन् ।
       आरोही आप्पाले नेपाल पर्यटनवर्ष-२०११ को सन्देश विश्वभर फैलाउन, सगरमाथाको फोहर सङ्कलन गर्न, र २० औं पटक सगरमाथा शिखरमा पुगेर आफ्नै कीर्तिमान भङ्ग गर्न पुनः आरोहणमा निस्कने जानकारी दिनुभयो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: