किर्ते नागरिकता बनाउने सचिव र सहयोगी महिला सहित पक्राउ


गाईघाट, झुठा बिवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र र सोही आधारमा राहदानी लिने उदयपुरको रामपुरठोक्सीला -८ का दुई महिला सहित गाविस सचिवलाई बुधबार विहान प्रहरी पक्राउ गरेको छ । रामपुर ठोक्सीलमा बस्दै आएकी रामबहादुर बिष्टको (झडकेली)नातिनी रिता राईले बुधबार जिल्ला प्रशासन कार्यालयबाट १४१००२/१०२१३० नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र र सोही आधारमा ४८५७३६७ नम्बको राहदानी लिएकी थिईन् । रिताले बुबा अमरकुमार राई र आमा पदमकुमारी राई भएको झुठा बिबरण पेश गरी नागरिकता र राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। झुठा बिबरण पेशगरी नागरिकता र राहदानी लिएको सूचना आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाईघाट स्थित एक होटलबाट सिफारिस गर्ने गाबिस सचिब केशव आचार्य,नागरिकता र राहदानी लिने रिता र उनको सहयोगी ज्योती राईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मनोज यादबले बताए । पक्राउ गर्नेहरुको साथबाट सोहि गाविसको अन्य ५ थान राहादानी समेत बरामद गरीएको यादवले वताए । पक्राउ गरिएकी ज्योती मानव बेचविखन र ओसारपसारमा संलग्न भएको सुरक्षास्रोतले वतायो । नागरिकता लिने रिताका बुबा आमा भारतको नागाल्यान्डस्थित कोइलाखाँदमा रहेको हजुरबुबा रामबहादुर बिष्टले बताए । राईलाई बैदेशिक रोजगारीमा पठाईदिने आश्वासन दिदै झुठा बबरण पेश गरी नागरिकता र राहदानी बनाउन लगाएको हुन सक्ने प्रहरी नायव उपरीक्षक यादवले वताए । नागरिकता ऐनले झुठा बिबरण पेश गरी नागरिकता लिनेलाई भन्दा सिफरिस गर्नेलाई  आधा जरिवाना र कैद हुने ब्यबस्था रहेको छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: