समाप्त भइसकेको राजतन्त्रलाई दिइएको सुविधा फिर्ता गरी गिरफ्तार गर्न माग


 संवाद्‍दाता

काठमाडौ, चैत्र १७ – विभिन्न राजनीतिक दल सम्बद्ध दश युवा संगठनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न अभिब्यक्ति दिने पूर्व राजा ज्ञानेन्द्र शाहलगायतलाई दिइएको सबै सरकारी सुविधा फिर्ता लिन र गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ ।दश युवा संगठनको मंगलबार बसेको संयुक्त बैठकले हालै शाह र पूर्व प्रधानमन्त्री कृष्णप्रसदा भट्टराईले दिएको अभिब्यक्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माण प्रकृयालाई असफल पार्ने उद्देश्यले आएको निष्कर्ष निकालेको छ ।

शाहले हालै जनकपुरमा राजतन्त्र समाप्त भइसकेको भन्ने कुरा भ्रम मात्र रहेको उल्लेख गरेका थिएभने भट्टराई आइतवार बिज्ञप्ति जारी गरी संविधान नबन्ने पक्का भएको उल्लेख गर्दै ०४७ सालको संविधानलाई पुर्नजीवित गर्न आह्वान गरेका थिए । साथै संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई आयतित पोशकको संज्ञासमेत दिएका थिए । संगठनहरुले निर्धिरित मितिमै दीगो शान्ति र संविधान निर्माण गरी घोषणा गर्न दवाव स्वरुप चैत २२ गते दिउँसो रत्नपार्कबाट संयुक्त जुलुस प्रदर्शन गरी सभामुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय गरेको छ । ‘मुलुकको शान्ति प्रकृयालाई छिटोभन्दा छिटो सकरात्मक निष्कर्षमा पुर्‍याउन सरकार र राजनीतिक दलहरुलाई जोडदार माग गर्दछौं’ बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ । त्यसैगरी युवा मन्त्रालयले संगठनहरुको सुझावको विपरित युवा नीति पारित गरेको, मन्त्रालयको कामकाज तथा युवा शीर्षकको बजेटमा अनियमितता भएको भन्दै मन्त्रालयमा संयुक्त ज्ञापनपत्र बुझाउने पनि निर्णय गरिएको छ ।

बैठकमा युवा संघ, नेपाल तरुण दल, वाइसीएल, क्रान्तिकारी युवा संघ, प्रगतिशील युवा संघ, तराई मधेस युवा प|mन्ट, मधेसी युवा फोरम, धमेसी युवा फोरम लोकतान्त्रिक, युवा मञ्च र राष्ट्रिय युवा फेडेरेशन सहभागी थिए ।

One Response

  1. आज सम्म कसले के गरेको छ । नयाँ नेपालमा अनेकौ न चहिदा घुश पिश आफ्नो आफ्नो पार्ती भनेका छन । जो कुर्चिमा पुग्यो तेसैले आफ्नो तरिकाले काम गर्छन् । जनताको दु:ख र मर्म कस्ले भुझिदिने । देशमा दिन हौ बेरोजगारिले सगरमाथा छुन थालयो र रुवान्दआ र सोमाली हुँदा पनि हाम्रो नयाँ नेपाल का नयाँ नेताहरुले जनता को भावना बुझ्न सकेनान । एसैमा दु:ख लाग्छ । कस्तो आशा लिएका थियौ । त्अर केही हुन र नेताजी हरुले केही गर्ना सक्लान जस्तो लगेना है। देशमा यही हालत रहेमा के हुन्छ कस्लाई के थाहा छ। नयाँ नेपाल को एम, प् ,आर, राह्दानी पनी हाम्रो छिमेकी राष्ट्र भारतमा प्रिन्ट गर्ने रे हाअाअाअाअाअाअाअाअा । हेर्नुश त माधव कुमार नेपाल को नयाँ नेपालको नयाँ काम।
    गर्नु सम्मा गर्ने नै भये नयाँ नेपालका नयाँ नेताहरुले,
    तिमी सबैलाई पशुपती नाथ् ले रक्षा गरुन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: