प्रमुख ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लबिना नै नेपाली टोली कुबेतमा


आर.बी.बुढाथोकी(कुबेत)३०मार्च २०१०
 भिसा कै कारण प्रतिभाशाली खेलाडि ज्ञानेन्द्र मल्लले खेल्न पाएनन भने त्यो नेपालले ठूलो क्षती ब्यहोर्नु पर्नेछ ।

Gyanendra Mallaउपकप्तान ज्ञानेन्द्र मल्लबिना नै नेपाली टोली एसिसी ट्रफी इलाइट खेल्न सोमबार कुवेत आइपुगेको छ। १६ सदस्यीय नेपाली टोली कुबेत आइपुग्दा उनी भने नेपाल एअरपोर्टबाट नै घर फर्कनु परेको थियो। ज्ञानेन्द्रको भिसा दुई पटक अस्वीकृत भयो अब तेस्रो पटकमा पाउने नपाउनेमा त्यो पनि निश्चित छैन।  शनिबार तेस्रो पटक उनको भिसाका लागि आवेदन दिइएको थियो। यदि उनको भिसा नगएमा उनको बदलामा अर्का बैकल्पिक खेलाडी पठाउनु पर्ने हुन्छ। तर उनी बिन्नाको नेपाली टिम अधुरो रहने क्यापटेन पारस खड्का बताउछ्न। ज्ञानेन्द्र निकै राम्रा ब्याट्सम्यान हुन उनैको चाँही किन यस्तो भयो उनले खिन्न मुद्रामा भने। प्रयास भैरहेको छ हुन सक्छ उनलाई हामीले छिट्टै भेट्ने छौ उनले थपे। ज्ञानेन्द्रको भिसा नआएपछि नेपालले कडा आप्पत्ती जनाउदै एसिसीलाई पनि पत्र लेखेको टिम मेनेजर बिनोद कुमार मैनालीले  हामीलाई जानकारी गराउनु भयो। खाडी राष्ट्रमा हाम्रा खेलाडीमाथि बारम्बार भएको यस्तो घटनाविरुद्ध आबाज उठाउने हामीमा अन्याय भएको छ छिट्टै एसिसीसँगको बैठकमा कुरा हुने छ निड्डरसाथ उनले थपे।

उपकप्तान ज्ञानेन्द्र मल्ल नआएमा बैकल्पिकमा सुवास खकुरेल, नरेश बुढाऐर र प्रदीप ऐरी मध्ये एक जना आउन पर्ने हुन्छ। भिसाका कारण ज्ञानेन्द्र खेल्न पाएन भने त्यो हाम्रा लागि ठूलो घाटा हुनेछ।१० राष्ट्रसम्मिलित प्रतियोगिता बुधबार सुरु हुँदैछ र नेपालले पहिलो खेल हङकङका बिरुद्द खेल्ने छ।  एसियाली क्रिकेट परिषद् (एसिसी) ले आयोजना गर्ने यो सबैभन्दा ठूलो प्रतियोगिता हो। पहिला कुबेतमा आयोजित २००६ र २००७का खेलमा  उपकप्तान ज्ञानेन्द्र मल्लको उपस्थित थियो र उनको प्रदशन अत्यन्त राम्रो र प्रभाबकारी थियो तेस्रो पटकको खेलमा उनको भिसामा कसरी समस्या देखियो यो भने सोच नियनै छ। खाडिमा निकै कडा नियम हुने हुनाले उनको नाम अरु कसैको नामसँग मिल्न गएर यस्तो समस्या आउने जानकारहरु बताउछन। यदि कुनै ब्यक्तिले कुनै अबैधानिक काम गरेमा उसको नाम ब्लक लिल्टमा राखिएको हुन्छ र सिस्टमको सन्जालमा फिजाइएको हुन्छ। जसका कारण निर्दोस ब्यक्तिहरुले पनि नाम मिल्दो जुल्दो हुन गएमा सास्ती बेहोर्नु पर्ने हुन्छ अनी इमिग्रेसनबाट भिसा आबेदन रद्द हुन्छ।

Filed under: समचार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: