संचारकर्मी यादवलाई यूएईमा बिदाइ


 उमाकान्त पाण्डे ‘गाउले’
अर्घाखाँची टाईम्स अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि

  दुबइ – यूएई /  प्रवास त्यो पनि मध्यपुर्वको खाडी राष्ट्र यूएईमा बिगत ५ बर्ष अघी बाट कार्यरत एक संचारकर्मी लाई यूएई बाट बिदाइ गरिएको छ । बिभिन्न संचारसस्था सँग आबद्द रहेका उन्लाई यूएईमा रहेका त्यी सस्था हरुले छुट्टाछुट्टै रुपमाबिभिन्न कार्यक्रम आयोजना गरी बिदाई गरेका हुन ।
अप्रिल महिना को पहिलो हप्ता आफ्नो शारीरिक अश्वस्थताको कारण देखाउदै यूएईमा तत्काल नआउने गरी आवसिय भिसा रद्द गरी नेपाल फर्कन लागेका यूएई मा कार्यरत उन्लाई सशक्त पत्रकारको रुपमा चिनिन्थ्यो ।
सप्तरी स्थाई घर भएका यादब यूएईमा रोजगारको शिलशिलामा ५ बर्ष अघी एक फुड प्रोड्क्ट कम्पनीमा सुपरभाइजरको रुपमा रही कामगर्दै ब्यस्तताको बाब्जुद पनि समयलाई मिलाएर ‘जहाँ नपुगे रबी त्यहा पुगे कवी’ भने जस्तो यूएईमा साधारण नजर भन्दा बाहिर बाहिर गएर बिकट क्षेत्र र दु:खमा परेका नेपालीको समस्या र समाधानको उपायका लागि कहिले आफ्नै कलम त कहिले आफ्नै पवित्र सामाजिक सस्था मार्फत उद्दार , प्रदाफास गर्नका लागि पत्रकारिता सगै समाजसेवीको रुपमा लागि पर्ने गर्दथे ।  
 
धेरै पटक समाचार लेखेकै कारण बाट धम्की,गाली,ग्लोज सहेर आफ्नो पत्रकारिताको धर्म र मर्म अनुरुप अघी बडेका यादब लाई यसै हप्ता अर्थात गत शुक्रबार नेपाल समाचार केन्द्र यूएईले एक बिदाइ समारोह कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
 
नेपाल समाचार केन्द्र यूएई,यूएईकै लागि नेपाली समाचार पत्रीका प्रकाशन गर्ने एकमात्र त्यस्तो सस्था हो जुन २००६ को २४ सेप्टेम्बरमा स्थापना भएको थियो ।  स्थापना कालको करीव एक बर्ष देखी त्यस सस्था मा सचिवको रुपमा प्रेवश गरेका यादवले सस्था ले प्रकाशन गर्ने पत्रीका नेपाली समाचार पाक्षिकको प्रकाशन मन्डल मा सम्योजक सम्पादक हुँदै हालका दिनसम्म सम्पादकमा रहेर आफ्नो जिम्मेवारी बहन गरेका थिए भने अन्य अन्लाईन मिडिया लगायत नेपाल बाट प्रकाशन हुने एक्यबद्दता पत्रीकाका लागि यूएई स्थित प्रतिनिधि को रुपमा रही कार्यरत थिए ।
नेपाल समाचार केन्द्र यूएईले उनलाई नेपाल बाटै भएपनी सहयोग गर्न आग्रह गर्दै बिशेष सम्मानका साथ बिदाइ गरेको हो । सस्थाका अधक्ष्य शारदा भट्टराई (राजु )को डेरादुबई स्थित निवासमा आयोजना गरिएको सो बिदाइ कार्यक्रममा पत्रकार तथा समाजसेवी यादब लाई कार्यक्रमका प्रमुख अतिथी तथा समाचार केन्द का संरक्षक प्रकाश मानन्धर ले दोसल्ला तथा कार्यक्रमका सभापति तथा केन्द्रका अध्यक्ष शारदा भट्टराई (राजु ) र सस्थाका सल्लाहकार तथा कार्यक्रमका अतिथी कृष्ण ढकालले सम्युत्त रुपमा खादा ओडाउदै र प्रधान सम्पादक तथा कार्यकारी सम्पादक क्रमश : लाल बहादुर ढेगा र मान बहादुर थापाले प्रशंशा पत्र प्रदान गर्दै बिदाइ गरिएको हो ।   
सो बिदाइ कार्यक्रममा अतिथीको रुपमा निम्ताइएका पत्रकार महासंघ संपर्क शाखा यूएईका उपाधक्ष्य,महासचिव र सचिव क्रमश : खेमनाथ पौडेल , जेपी सापकोटा,र शंकर ज्ञवाली ले आफ्ना सहकर्मीलाई बिदाइ गर्दा कता कता मन चटटक्क भएको र पत्रकारिता ले संसार लाई खुम्चाएको सन्धर्भ मा भौतिक शरीर टाडिए पनि उनको सहयोग र संचार जगत लाई छोड्न नहुने मा जोड दिए ।    
  साथै यूएईलाई छोडि आफ्नो प्यारो राष्ट्र मा जान पाउदा आफु खुशी भएपनी आफ्ना सहकर्मीलाई छोड्नु परीरहेको स्थितीमा आफुलाई कताकता नरमाइलो अनी नमिठो भएको तर बिदाइको अवसर मा गरेको यो सम्मान सदैव प्रेरणाको स्रोत बन्ने भनाइ यूएईबाट नेपाल फर्किने क्रममा रहेका संचार कर्मी यादब ले राखे ।
 
कार्यक्रममा बिदाइ मन्तब्य उपस्थित प्राय सबै बाट राखिएको थियो । मन्त्वय को क्रममा सबैले संचारकर्मी यादव लाई यूएई बाट बिदाइगर्नु पर्दा दु:ख ब्यत्त गरेका थिए भने आगामी दिनको लागि अग्रिम शुभकामना समेत ब्यत्त गरेका थिए । यसरी मन्त्वय राख्ने हरुमा : प्रमुख अतिथी प्रकाश मानन्धर,शभापती शारदा भट्टराई (राजु)अतिथी समाजसेवी कृष्ण ढकाल, पत्रकार मानबहादुर थापा, खेमनाथ पौडेल,जेपी सापकोटा, शकंर ज्ञवाली, लाल बहादुर ढेगां, तथा सोही सस्थान बाट प्रकाशन हुने नेपाली समाचार केन्द्र पाक्षिक पत्रीकामा सोही दिन बाट बजार ब्यबस्थापकको रुप मा नियुत्ती भएका नुन प्रशाद सोमै लगायत रहेका थिए । कार्यक्रम को सन्चालन सस्थाका सचिव तथा पत्रीकाका बिशेष  सम्वादाता उमाकान्त पाण्डे ‘गाउले’ ले गरेका थिए ।             
 
यसै बिच नेपाल पत्रकार महासंघ संपर्क शाखा यूएईले एक कार्यक्रमका बिच आफ्ना सकृय सद्स्य ध्रमेन्द्र कुमार यादवलाई बिदाइ गरेको छ । आफ्नो तेस्रो वार्षिकउत्सवको अवसर पारेर यूएईको बरदुबै स्थित काठमान्डौ हाइल्याण्ड रेस्टुरेन्ट को एक सभा हलमा अयोजित ‘प्रवासमा पत्रकारको उत्तर दायित्व’ बिषयक एक बिचार गोस्ठी मा खादा ओडाउदै बिशेष सम्मानका साथ उनलाई  बिदाइ गरिएको हो।

 संपर्क शाखा यूएई तथा प्रवासी पत्रकार सन्जालका अधक्ष्य जाकिर हुसैन को शभापतित्व , महासंघका उपाधक्ष्य खेमनाथ पौडेल को स्वागत मन्तब्य,तथा महासचिव जेपी सापकोटा द्वारा कार्यपत्र प्रस्तुत गरिएको सो एकदिने बिचार  गोस्ठी को सन्चालन महासंघका सचिव शकंर ज्ञवालीले गरेका थिए ।  यूएईमा रही पत्रकारको रुपमा कलम चलाऊने संचार कर्मी तथा संचार उद्दमी हरुको सहभागीतामा सम्पन्न कार्यक्रममा प्राय सबै पत्रकारले प्रस्तुत कार्यपत्र माथि आफ्नो बिचार राखेका थिए ।     
 महासंघको यूएई शाखाको तेस्रो वार्षिकोत्सवको अवसर पारी गरिएको सो कार्यक्रममा प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक तथा शाखाका अध्यक्ष जाकिर हुसैनले पत्रकार यादवलाई दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए भने यादव यूएईमा रहेका सक्रिय पत्रकारहरुमध्ये एक हुन् भन्दै उनले विगत पाँच वर्षदेखि नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।
महासंघका संस्थापक सदस्य  समेत रहेका यादव  यूएमा रहँदा विभिन्न सामाजिक संघ संस्थामा संलग्न भई सक्रिय रहँदै आएका थिए । उनी नेपाल दुबई जनकल्याण राहत कोषका संस्थापक अध्यक्ष समेत हुन। नेपाली समाज यूएईको प्रवक्ताको रुपमा रही कार्य गरिसकेका यादवले आफ्नो स्थापित सस्था दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठान लाई नेपालमा समेत ब्यबस्थीत गरी अघीबड्ने प्रतिबद्दता जनाएका छन ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिगतमा ज्यान गुमाएका पत्रकारहरूको सम्झनामा एक मिनेटको मौनधारणसमेत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: