पासर्पोट नविकरण गर्न दुई दिन वाकी


तोयानाथ उपेक्षित
नेपालले मेसिन रिडेवल पासर्पोट जारी गर्ने तयारी गरिरहेको हुदा पुराना हस्तलिखित पासर्पोटहरु अब जारी गरिने पासर्पोटमा हुने छैन । अर्थात एम आर पी वितरण गर्ने तयारी भईरहेको हुदा पुराना पासर्पोटहरुलाई विस्थापित गर्ने तयारी स्वरुप परराष्ट्र मन्त्रालयले सो सम्बन्धमा पटक पटक सुचना पनि जारी गर्दै आईरहेको छ । विश्वव्यापी आतङकवादलाई उन्मुलन गर्न नक्कली पासर्पोटको प्रयोग रोक्ने यो प्रभावकारी उपायको अबलम्वन नेपालले पनि कार्यान्वाईनमा ल्याउने तयारी स्वरुप एम आर पी लागु गर्न लागिएको वताईन्छ । अत सो पासर्पोट वितरण गर्ने तयारी स्वरुप हस्तलिखित पासर्पोट वितरण मार्च महिनाको ३१ तारिकवाट गरिने छैन । यदि कसैको पासर्पोटको म्याद छ महिना भित्रमा सिद्धिदैछ भने त्यस्ता पासर्पोट वाहकले ३१ मार्च अगावै नविकरण गर्न सुचित गरिएको छ किनकी मेसिन रिडेवल पासर्पोट छपाई हुनलाई भारतले दश देखि वाह् साताको समय लाग्ने जानकारी नेपाललाई दिएको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले उक्त पासर्पोट बुझेपछि विभिन्न देशमा रहेका नेपाली कुटनैतिक नियोगमा प्राप्त भई त्यसको वितरण हुन अरु एक दुई साता थप लाग्ने हुन्छ अत प्रवासमा रहेका नेपालीहरु जसको पासर्पोट छ महिना भित्र सिद्धिन लागेको छ निजले मार्चको अन्त्य अर्थात वाकी दुई दिन भित्रमा नविकरण नगरे पछुताउन शिवाय अरु कुनै उपचार रहदैन अत तपाई कोहि त्यस्तो पासर्पोट बाहक जसले नविकरण गर्नु भएको छैन हतार गनुहोस देपाली दुतावास कुवेतले तपाईको व्यग्र प्रतिक्षा गरिरहेको छ । यसरी नविकरण गरिएको पासर्पोट पाँच बर्षका लागि मात्र हुने छ भने केडी २६ बुझाए पुग्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: