कुबेतमा आयोजना हुन लागेको एसीसी एलाइट ट्रफीमा नेपालको प्रदशन कस्तो रहला ?


नेपालमा सम्पन्न आईसीसीस्तरको प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गरेको थियो । ‘कुवेतमा खराब प्रदर्शनको क्रमलाई रोक्नुपर्छ,’‘यसपटक हाम्रो ब्याटिङ  भइरहेको  थियो ।’ समय अभावले यसपल्ट नेपाली टिम अभ्यास खेल नखेली सीधै कुवेत आउँदै छ। टिममा सहभागी १४ मध्ये ११ खेलाडीसँग अघिल्लो संस्करणको पनि अनुभव छ ।आईसीसीस्तरको प्रतियोगितामा पाएको सफलतापछि थप आत्मविश्वासी नेपाली क्रिकेट टिम अर्को इतिहास रच्ने मनसायले भोली कुवेत आउँदै छ । कुवेतमा मार्च ३१ देखि अपि्रल ९ सम्म हुने एसीसी ट्रफी एलाइट २०१० क्रिकेटमा सहभागी हुने नेपाली टिम केही दिनदेखी त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदान कीर्तिपुरमा तयारीमा व्यस्त थियो ।नेपाल क्रिकेट संघ -क्यान) ले कुवेत जानका लागि काठमाडौंमा सम्पन्न आईसीसी वल्र्ड लिग क्रिकेट डिभिजन-५ को विजयी टिमलाई दोहोर्‍याएको छ । नेपालले त्यस लिगमा सफलता पाउँदै आफूलाई डिभिजन-४ मा उकालेको थियो र सन् २०१५ विश्वकप क्रिकेटमा प्रवेशको सम्भावना कायम राखेको छ ।अगस्टमा इटालीमा हुने डिभिजन-४ मा नेपालले सहभागिता जनाउने छ ।

‘एसीसी ट्रफीलाई हामीले डिभिजन-४ को तयारीका रूपमा लिएका छौं,’ नेपाली प्रशिक्षक रोय लुक डायसले भने । उनको प्रशिक्षणमा रहेको नेपाली टिमले हालसम्म एसीसी प्रतियोगितामा भने सफलता हात पारेको छैन ।यसपल्ट एसीसी ट्रफीको फाइनल खेल्ने दुई टिमले एसिया कपमा सहभागिताको अवसर पाउने छैनन् । यसअघि फाइनल पुग्ने दुई टिमले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सम्मिलित प्रतियोगितामा भाग लिन पाउँथे । समय अभावले टेस्ट मान्यताप्राप्त राष्ट्रबीच मात्र एसिया कप हुनेछ ।पारस खडकाको नेतृत्वमा रहेको नेपाली टिमले समूह चरणमा हङकङ, सिंगापुर, कुवेत र ओमानको सामना गर्नेछ । हङकङ डिफेन्डिङ च्याम्पियन हो । दुई वर्षअघि मलेसियामा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई ४४ रनले पराजित गरेको थियो । सेमिफाइनलमा यूएईसँग ६ विकेटले हारेपछि नेपालको फाइनल यात्रा टुङगएको थियो ।वन डे क्रिकेटमा नेपालले हालसम्म यूएईलाई पराजित गरेको छैन । यसपटक पनि नेपालले यूएईलाई समूह चरणमा भेटने छैन । समूह ‘बी’ मा यूएईसँगै अफगानिस्तान, मलेसिया, बहराइन र भुटान छन् । भुटान एसीसी च्यालेन्ज कप विजेताका रूपमा पहिलोपल्ट यस श्रेणीमा प्रवेश गरेको हो ।‘डिभिजन-५ को सफलता अब इतिहास बनिसक्यो, नयाँ सफलताका लागि मिहिनेत गर्नुपर्छ,’ डायसले भने, ‘घरेलु भूमिमा पाएको सफलताले खेलाडीको आत्मविश्वास बलियो भएको छ ।’ उनले एसीसी ट्रफी अहिलेसम्म नजितेकाले जित्नुले विशेष महत्त्व राख्ने बताए । उनले कुवेतमा हुने प्रतियोगिता डिभिजन-४ को तयारी भएकामा विशेष जोड दिए ।‘प्रतियोगिताका सबै टिम राम्रा छन्,’ उनले मध्यपूर्वका टिमबारे धेरै जानकारी नहुने बताए । डायसले समूह चरणमा हङकङ र सिंगापुरले कडा चुनौती प्रस्तुत गर्न सक्ने विचार राखे । नेपालमा सम्पन्न आईसीसीस्तरको प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गरेको थियो । ‘कुवेतमा खराब प्रदर्शनको क्रमलाई रोक्नुपर्छ,’ डायसले भने, ‘यसपटक हाम्रो ब्याटिङ पनि राम्रो भइरहेको छ ।’ नेपालले कुवेतमा भएको एसीसी ट्वान्टी-ट्वान्टी र एसीसी यू-१९ क्रिकेटमा राम्रो नतिजा ल्याउन सकेको छैन । कुवेतको पिच नेपालको भन्दा फरक छ । त्यसैले नेपाली टिमले आफूलाई त्यसअनुरूप ढाल्न ‘टर्फ’ र ‘म्याट’ पिच दुवैमा अभ्यास गरिरहेको छ । समय अभावले यसपल्ट नेपाली टिम अभ्यास खेल नखेली सीधै कुवेत प्रस्थान गर्दै छ । टिममा सहभागी १४ मध्ये ११ खेलाडीसँग अघिल्लो संस्करणको पनि अनुभव छ ।

राहुल विक, विनोद भण्डारी र अनिल मण्डलले मात्र पहिलोपल्ट एसीसी एलाइट कपमा भाग लिन लागेका हुन् । एसीसी ट्रफीको यसअघिको सात संस्करणमध्ये अघिल्ला दुईमा टेस्ट मान्यता पाउनुअघि बंगलादेश च्याम्पियन बनेको थियो । बंगलादेशपछि यूएईले एसीसी ट्रफीमा प्रभुत्व जमायो । सन् २००८ को फाइनलमा हङकङले यूएईलाई हराएर उसको प्रभुत्व रोकेको थियो ।सिंगापुरमा सन् २००२ मा भएको प्रतियोगिताको फाइनलमा नेपालले यूएईको सामना गरेको थियो । त्यसमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यसबाहेक नेपाल अहिलेसम्म तीनपल्ट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सन् २००६ मा भएको पछिल्लो संस्करणमा नेपाललाई यूएईले नौ विकेटले हराएको थियो ।

प्रदशन कस्तो रहने हो त्यो भने सबैका लागि चासोको बिषय रहेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: