आज कुबेत एअरपोर्टमा नेपाली क्रीकेट टिमलाई स्वागत गरिने


 आर.बी.बुढाथोकी(कुबेत)२९/०३/२०१०

कुबेतमा आयोजना हुन लागेको एसीसी एलाइट ट्रफीमा भाग लिन आउन लागेका नेपाली क्रिकेट टिममा खेलाडीहरुलाई कुबेतमा रहेका बिभिन्न सँग सस्थाहरुले भब्य स्वगत गर्ने भएका छन। नेपाली दुताबास कुबेतका कर्मचारी सहित एनआरएन कुबेत,मरुभूमीको कोसेली समुह(nepalkuwait.com) नेपाल पत्रकार मन्च(कुबेत)माउण्ट एभरेष्ट स्पोटिङ कल्ब,नयाँ नेपाल,लगायत दर्जनौ सस्थाका पदाधीकारीहरु सहभागी हुने छन। यसै क्रममा माउण्ट एभरेष्ट स्पोटिङ कल्बले अग्रिम रुपमा सूचना जारी गरेर सबैलाई उपस्थित हुन अनुरोध गरेको छ।
‘नेपाली खेलाडिहरुलाई हौशला प्रदान गर्नका लागी यो राम्रो अबसर हो हामीले  नेपाली समाज कुवैतका अगुवाहरुका साथै अन्य समाजसेवी,बुद्दिजिवि, ब्यापारि, पत्रकार,साहित्यकार, खेलप्रेमीहरु राष्टिय खेलाडिहरुको कुवैत आउने यो घडिमा सहभागीता जनाउन अति आवश्यक रहने हुदाँ जानु पर्ने  देखिन्छ’ मरुभूमीको कोसेलीका प्रधान सम्पादक राजन रिमाल भन्नु हुन्छ। र उहाँले कुबेतको नेपाली समाजका सम्पुर्ण सरोकारवालाहरुलाई मेल पठाएर यो कुराको जानकारी गराउनु भएको हो। त्यस्तै मरुभुमीको कोसेली(nepalkuwait.com )का प्रबन्द्ध निर्देशक तथा एनआरएन कुबेतका सचिब सुजन के.सी. ले पनि फोन मार्फत सबैलाई जनकारी गराउदै उपस्थित हुन आग्रह गर्नु भएको छ।  कुवेतमा मार्च ३१ देखि अप्रिल ९ सम्म हुने एसीसी ट्रफी एलाइट २०१० क्रिकेटमा सहभागी हुने खेलाडीहरुकोको प्रदशन कस्तो रहने हो त्यो भने हेर्न बाँकी नै छ। नेपाली प्रशिक्षक रोय लुक डायसका साथमा आउन लागेका नेपाली खेलाडीहरु बिजय यात्रा तय गर्नेमा निकै उत्साहित छन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: