माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना माओवादी कै कारण ठप्प


सिताराम बराल- काठमाण्डौ

माओवादीभित्रको आन्तरिक विवाद समाप्त हुने हो भने बर्तमान सरकार ढलेर माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ । यस्तो सम्भावना देखिएपछि केही मधेशवादी दलहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रको अन्तरद्धन्द समाधान गर्न सल्लाह दिएका छन् । तर पार्टीभित्रको दुई लाइन संघर्ष र फेरि आफै प्रधानमन्त्री बन्ने लोभका कारण प्रचण्डले कुनै निर्णय गर्न सकिरहेका छैनन् ।श्रोतका अनुसार, माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने हो भने अन्य दलहरुपनि माओवादी नेतृत्वमा सरकार बनाउन सहमत बनेका छन् । तर प्रचण्डले भने पार्टीले यसअघि आफ्नै निर्णयमा सरकार बनाउने निर्णय गरेको बताउँदै तत्काल डा. भट्टराईको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको बताउने गरेका छन् । यस्तो सुझाव दिनेमा सत्तारुढ दलकै नेता तथा सभासदहरुसमेत छन् ।

संविधान सभामा दोश्रो ठूलो विपक्षी दल मधेशी जनअधिकार फोरमदेखि लिएर सत्तारुढ तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका सरकारसँग असन्तुष्ट सभासदहरुलेसमेत माओवादीका नेताहरुलाई भेटी आन्तरिक विवाद मिलाउन सुझाव दिएको श्रोतले बतायो । माओवादीभित्रको आन्तरिक विवाद मिल्ने हो भने नयाँ सरकार गठन गर्न अव कुनै कठिनाई नरहेको उनीहरुले बताउन गरेका छन् ।तर पार्टीभित्रको अर्को पक्ष डा. भट्टराईलाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको बताउँदै प्रचण्डले दुई पक्षलाई सन्तुलनमा ल्याउनपनि आफै प्रधानमन्त्री बन्नुपर्ने स्थिति रहेको जवाफ दिएको श्रोतले बतायो । माओवादीभित्र खासगरी किरण पक्षले डा. बाबुराम भट्टराई अघि बढेको देख्न चाहिरहेको छैन । दुई पक्षबीचको टकरावको फाइदा भने माओवादी अध्यक्ष प्रचण्डलाई पुगेको छ ।गत साल सरकारबाट हट्नासाथ प्रचण्डले आफू फेरि प्रधानमन्त्री नबन्ने घोषणा गरेका थिए । तर सरकारप्रति सत्तारुढ दलहरु नै असन्तुष्ट देखिदै जाँदा माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना भएमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने बहस पार्टीभित्र चल्न थाल्यो । त्यसै सिलसिलामा माओवादीले चार महिनाअघि आफ्नो नेतृत्वमा सरकार बन्ने परिस्थिति आए अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय माओवादीले गरेको थियो ।तर अन्य दलहरु फेरि प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने पक्षमा छैनन् । उनको अस्थिर बोलीका कारण अन्य दलहरुपनि उनलाई प्रधानमन्त्री बनाउन चाहँदैनन् । यसैगरी भारतपनि उनको बिपक्षमा देखिएको छ । यस्तो स्थितिमा डा. भट्टराईको नेतृत्वमा सरकार बनाउने निर्णय गरे सजिलै अरु दलहरु माओवादी नेतृत्वको सरकारको पक्षमा आउने र बर्तमान सरकार पनि गिर्ने स्थिति रहेको दावी श्रोतले गरेको छ ।डा. भट्टराईको नेतृत्वमा सरकार बनाउन माओवादी औपचारिक रुपमा सहमत हुने हो भने नेपाली कांग्रेस र एमालेका सभासदहरुपनि नयाँ सरकारको पक्षमा उभिने स्थिति रहेको बताइन्छ । ‘माओवादीले निर्णयमात्र गर्नुपर्छ यी दुई ठूला सत्तारुढ दलभित्रैबाट राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नुपर्ने माग अरु जोडदार रुपले उठ्न थाल्नेछ’ श्रोतले भन्यो- ‘यस्तो निर्णय गर्न माओवादीले जति ढिलो गर्दै जान्छ, उति नयाँ सरकार बन्ने स्थितिपनि धकेलिँदै जान्छ ।’माओवादीमा पनि डा. भट्टराईको पक्षमा माहौल नबनेको होइन । तर डा. भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आउनुको पछाडि माओवादीलाई बिभाजन गर्ने षडयन्त्र रहेको आशंका माओवादीको छ । स्वयं डा. भट्टराईपनि यो तथ्यप्रति सचेत रहेका छन् । डा. भट्टराईलाई प्रधानमन्त्री बनाएपछि पार्टीभित्रको अनुदारबादी समूहले विरोध गर्ने र पार्टी पक्ष बिपक्षमा विभाजित हुने स्थिति सिर्जना गर्न यस्तो प्रस्ताव ल्याइएको हुनसक्ने विश्लेषण माओवादीको छ ।

3 Responses

  1. प्रन्चन्द जी हजुर ले प्रधान्मन्त्री भएर के गर्नु भयो र जहिले पनि बिदेश यात्रा भन्दा अर्को त गर्नु भएन अब बाबु राम जी लाई मौका दिनु पर्छ उहा पनि हजुर ज्स्तै १३ बर्षा रन्भुमीमा लडाईं गरेका हुन सबैले मौका पौनु पर्छ सधैं हजुर मात्र हुने कोशीस न गर्नुश ल
    अब बाबु राम को पालो हो हजुर को काम र कर्त्ब्य हेर्नु सम्म हेरेउ अब को समय डा। बाबुराम को ल।

  2. yo kura thik ho . yas palta ko प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई naibanaunu parchha. kina ki prachanda ko netrutwa dekhi haliyo kam bhanda kura dherai.
    Rajesh Rai

  3. prachanda ji ramrai hunu hun6 yesai pani babu ram ra ji ra prachanda ji ek sikkako dui pata ho jasto malai lagchha 12 barsa ko sangarsa pachhi hasil gareko safalats ek kurchi ko lagi gumaunu hudaina ajai jantako man jitnu chha pahila kura nai jantako man ma basna saknu parchha sowrgiye girija ji le ta parti ko sapotama 5 choti pm bannu bhayo bhane 2 choti prachanda hunu lai kunai pani parti le thulo isu banaunu hudaina.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: