‘प्रहरीलाई पैसा नदिएकोले डान्स, डिस्कोमा छापा’


 मागेको रकम दिन अस्वीकार गर्दा प्रहरीले व्यवसायीलाई दुःख दिने गरेको नेपाल रात्रीकालीन उद्योग व्यवसायी संघले आरोप लगाएको छ। प्रहरी अधिकारीले प्रति रेस्टुरेन्ट दैनिक एक हजार रुपैयाँसम्म माग्ने गरेको दाबी गर्दै संघका पदाधिकारीले रकम दिन नमान्ने व्यवसायीलाई प्रहरीले विभिन्न बहानामा दुःख दिने गरेको बताए। 

हालै पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष समिर गुरुङले अवैध गतिविधि गर्ने व्यवसायीबारे प्रहरीलाई जानकारी दिँदा पनि वास्तै नगर्ने गरेको दाबी गरे। उनले भने, ‘हामीले गलत काम गर्ने व्यवसायीबारे प्रहरीलाई नियमित रूपमा जानकारी दिने गरेका छौं। तर प्रहरीले उनीहरूलाई निरुत्साहित गर्नेभन्दा आंचार संहिताभित्र बसेर काम गर्ने व्यवसायीलाई दुःख दिने गरेको छ।’

उनले वैधानिक रूपमा सञ्चालित रात्रिकालीन व्यवसायीलाई पनि प्रहरीले अनधिकृत माग गरेर दुःख दिने गरेको आरोप लगाए। उनले भने, ‘प्रहरी संगठनमा एउटा रेस्टुरेन्टबाट दैनिक एक हजार रकम माग्ने प्रहरी अधिकारीहरू पनि छन्।’

सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित प्रहरी अधिकारीलाई रात्रीकालीन व्यवसायलाई व्यवस्थित गरौं भनेर पटक-पटक प्रस्ताव राख्दा पनि वास्तै नगरेको गुरुङले दाबी गरे। उनले भने, ‘जबसम्म राज्यले रात्रीकालीन व्यवसायलाई व्यवस्थित गर्दैन तबसम्म हामी प्रहरीसँग सम्झौता गर्न बाध्य छौं।’

प्रहरी अधिकारीले राखेको अनधिकृत प्रस्ताव अस्विकार गरेका कारण अहिले विभिन्न बहानामा छापा मारेर प्रहरीले दुःख दिन थालेको उनको गुनासो थियो। सुन्धाराको एक्स बारमा प्रहरीले गरेको कारबाही सकारात्मक भएपनि प्रहरी अधिकारी समस्या समाधानमा केन्द्रित नभएको उनको दाबी थियो।

संघका प्रवक्ता सुवास लिम्बूले प्रहरीबारे सत्य बोल्दा तनाव दिएर हैरान बनाउने गरेको दाबी गरे। उनले भने, ‘प्रहरीले एक्स बारमा छापा मार्‍यो। तर, उही संरचनामा भोलिपल्टैदेखि बार सुरु भइहाल्यो।’ प्रहरीले ‘बार्गेनिङ’का लागि मात्र छापा मार्ने गरेको उनको आरोप थियो।

उनीहरूले पटकपटक प्रहरीले अनधिकृत रूपमा रकम माग्ने गरेको दाबी गरे पनि ‘कसले कति माग गरे’ भन्ने बताउन अस्वीकार गरे। लिम्बूले भने, ‘मैले पैसा बुझाउने प्रहरी अधिकारीको नाम सार्वजनिक गरे भने मेरो सुरक्षा कसले गर्छ?’

डान्स बार, रेस्टुरेन्ट र अन्य रात्रीकालीन व्यवसाय व्यवस्थित गरिनुपर्ने बताउँदै उनले भने, ‘राज्यले जस्तो नियम-कानुन बनाएपनि हामी पालन गर्न तयार छौं।’

रात्रीकालीन व्यवसायमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ५० देखि ८० हजारसम्म रोजगार रहेको संघले जनाएको छ। सरकारको असहयोगी व्यवहारका कारण रात्रीकालीन व्यवसायमा आश्रित युवतीहरू अरब, सिंगापुर अफ्रिकन राष्ट्रहरूमा पलायन हुने गरेको संघले जनाएको छ।

 
पैसा लिने प्रहरीमाथि कारबाही गर्छौ : प्रहरी
महानगरीय प्रहरी आयुक्तका प्रवक्ता माधव नेपालले व्यवसायीहरूस”ग अनधिकृत रकम माग गर्ने प्रहरी अधिकारीमाथि कारबाही गरिने बताएका छन्। उनले नागरिकस”ग कुरा गर्दै भने, ‘आरोप लगाएर मात्र भएन। कुन प्रहरी अधिकारीले कति रकम माग गरे प्रमाणसहित व्यवसायी आए हामी कारबाही गर्न तयार छौं।’
प्रहरीको आचरण सुधारका लागि आयुक्त कार्यालयले ‘अप्रेशन टाइगर’ सञ्चालन गरिरहेको उनले बताए। ‘कसैले जबर्जस्ती पैसा माग्यो भने पैसा दिने कि माथिल्लो निकायमा खबर गर्ने?’ उनले भने, ‘तल्लो निकायका कसैले बदमासी गरेका छन् भने जिल्लाको एसपी छन्, एसपीले गल्ती गर्छन् भने आयुक्त कार्यालय छ, यदी आयुक्त कार्यालयका कुनै अधिकारीले रकम माग गर्छन् भने प्रहरी प्रधान कार्यालय छ, त्यहाँ गए भइहाल्यो नि।’
गलत काम गर्ने व्यवसायीलाई कारबाही गर्न प्रहरी सक्रिय रहेको दाबी गर्दै नेपालले नेपाल रात्री उद्योग व्यवसायी संघले अहिलेसम्म औपचारिक-अनौपचारिक रूपमा गलत काम गर्ने व्यवसायीबारे प्रहरीलाई जानकारी नदिएको बताए। त्यस्ता व्यवसायीलाई कारबाही गर्ने तर व्यवसाय नै बन्द गर्ने अधिकार प्रहरीलाई नभएको उनले बताए।
रात्रीकालीन व्यवसायलाई मर्यादित र व्यवस्थित पार्न प्रहरी सक्रिय रहेको दाबी गर्दै एसएसपी नेपालले भने, ‘व्यवसाय व्यवस्थित गर्न के-के गर्न सकिन्छ व्यवसायीहरू सुझावसहित आयुक्त कार्यालयमा आए छलफलका लागि तयार छौं।’

One Response

  1. nepal ko police haru 1 bottel with chicken chilly ma bikdho reacha . this is true

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: