पारस खडकाको नेतृत्वमा नेपाली क्रीकेट टिम भोली कुवेत आउँदै


सुजन के.सी.               

                 २८ मार्च कुवेत, कुवेतमा मार्च ३१ देखि अप्रिल ९ तारिकसम्म हुने एसीसी ट्रफी एलाइट २०१० क्रिकेटमा सहभागी हुने नेपाली टिम भोली मिति २९ मार्च २०१० बेलुकी ५.१५ को गल्फ एयरको फ्लाईट नम्बर GF 215 बाट कुवेत आइपुग्दै छन् । पारस खडकाको नेतृत्वमा रहेको नेपाली टिमले समूह ‘A’ चरणमा हङकङ, सिंगापुर, कुवेत र ओमानको सामना गर्नेछ । हङकङ डिफेन्डिङ च्याम्पियन हो ।समूह ‘बी’ मा यूएई, अफगानिस्तान, मलेसिया, बहराइन र भुटान छन् । भुटान एसीसी च्यालेन्ज कप विजेताका रूपमा पहिलोपल्ट यस श्रेणीमा प्रवेश गरेको हो दुई वर्षअघि मलेसियामा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई ४४ रनले पराजित गरेको थियो सेमिफाइनलमा यूएईसँग ६ विकेटले हारेपछि नेपालको फाइनल यात्रा टुङ्गिएको थियो  ।

          कुवेत आउनको  लागि काठमाण्डौंमा सम्पन्न आईसीसी वल्र्ड लिग क्रिकेट डिभिजन-५ को विजयी टिमलाई दोहोर्‍याएको छ । नेपालले त्यस लिगमा सफलता पाउँदै आफूलाई डिभिजन-४ मा उकालेको थियो र सन् २०१५ विश्वकप क्रिकेटमा प्रवेशको सम्भावना कायम राखेको छ।  डिभिजन-५ को सफलताले नेपाली टिमको खेलाडीको आत्मविश्वास बलियो भएको छ ।नेपाल  एसीसी ट्रफी अहिलेसम्म नजितेकाले जित्नुले विशेष महत्त्व राख्ने छ ।

            नेपालले कुवेतमा भएको एसीसी ट्वान्टी-ट्वान्टी र एसीसी यू-१९ क्रिकेटमा राम्रो नतिजा ल्याउन सकेको छैन । कुवेतको पिच नेपालको भन्दा फरक छ । त्यसैले नेपाली टिमले आफूलाई त्यसअनुरूप ढाल्न ‘टर्फ’ र ‘म्याट’ पिच दुवैमा अभ्यास गरिरहेको छ । समय अभावले यसपल्ट नेपाली टिम अभ्यास खेल नखेली सीधै कुवेत प्रस्थान गर्दै छ । टिममा सहभागी १४ मध्ये ११ खेलाडीसँग अघिल्लो संस्करणको पनि अनुभव छ। राहुल विक,विनोद भण्डारी र अनिल मण्डलले मात्र पहिलोपल्ट एसीसी एलाइट कपमा भाग लिन लागेका हुन् । सिंगापुरमा सन् २००२ मा भएको प्रतियोगिताको फाइनलमा नेपालले यूएईको सामना गरेको थियो । त्यसमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यसबाहेक नेपाल अहिलेसम्म तीनपल्ट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: