पारसका लागि क्रिकेट ज्यान हो, जीवन र मुटु हो ।


 

‘जबसम्म शारीरिक क्षमताले सकिन्छ तबसम्म नेपालका लागि क्रिकेट खेल्नेछु’, उनले जोसिलो स्वरमा भने, ‘क्रिकेटले सबैथोक दिएको छ । क्रिकेटसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहनेछु, राम्रो भएसम्म क्रिकेटमै करियर बनाउने लक्ष्य छ । अन्य केही गर्ने हो भने त्यो भविष्यै सोच्नेछु ।’ जे गरे पनि राम्रो गर्नुपर्छ भन्ने पारस परिवारको खुलापन र सपोर्टले नै आफ्नो खेलजीवन सफल भएको बताउँछन् ।

 

‘परिश्रम गर्नेलाई भगावान्ले पनि हेर्छन् ।’ भाग्यमा भरोसा गर्ने धेरैका लागि राशिफलले दैनिक कार्यको सूची निर्धारण गर्छ तर पारसको दिनचर्यामा त्यो लागू हुँदैन, किनभने उनी राशिफलमा विश्वास गर्दैनन् । उनी आफ्नो वृश्चिक राशिको राशिफल कहीँ कतै कहिल्यै हेर्दैनन् ।

क्रिकेटको अभ्यासमा दैनिक तीन घण्टा बिताउने पारस क्रिकेट अभ्यास नगरेको बेला फिटनेस ट्रेनिङमा समय खर्चन्छन् । उनी बास्केटबलका पनि राम्रा खेलाडी हुन् । कुनै बेला टाइम्स क्लबका लागि खेल्ने पारस अहिले मीनभवनको एनसीसीका लागि खेल्छन् । उनले राजधानीका ठूला बास्केटबल प्रतियोगिताको अनुभव सँगालिसकेका छन् । ‘सबै खेलमा रुचि छ’, उनले भने, ‘टेलिभजिनमा बास्केटबल, फुटबल र टेनिस पनि हेर्ने गरेको छु ।’

बीबीएस तेस्रो वर्षमा अध्ययनरत पारसका लागि क्रिकेट ज्यान हो, जीवन र मुटु हो । ‘जबसम्म शारीरिक क्षमताले सकिन्छ तबसम्म नेपालका लागि क्रिकेट खेल्नेछु’, उनले जोसिलो स्वरमा भने, ‘क्रिकेटले सबैथोक दिएको छ । क्रिकेटसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहनेछु, राम्रो भएसम्म क्रिकेटमै करियर बनाउने लक्ष्य छ । अन्य केही गर्ने हो भने त्यो भविष्यै सोच्नेछु ।’ जे गरे पनि राम्रो गर्नुपर्छ भन्ने पारस परिवारको खुलापन र सपोर्टले नै आफ्नो खेलजीवन सफल भएको बताउँछन् ।

क्रिकेट प्रेमले उनलाई कुनै बेला चुर्लुम्म डबाएको थियो । साउथ प्वाइन्ट बोर्डिङको क्रिकेट कल्चर नै उनका लागि ब्याट-बलमा अभ्यास गर्ने माध्यम बन्यो र पारसलाई अहिले त्यसैले चिनायो । टाइमको राम्रो म्यानेजमेन्ट गर्ने हो भने अध्ययनसँगै क्रिकेटलाई अघि बढाउन सकिन्छ भन्ने तथ्य उनले राम्रोसँग बुझेका छन् । आफू सानो छँदा पिताले क्रिकेट खेलेको पनि उनको स्मृतिमा ताजै छ । ‘त्यसले पनि मलाई क्रिकेटमा लाग्न सजिलो भयो’, पुख्र्यौली बूढानीलकण्ठ, टोखाका पारसले बताए । अहिले बुबा एभरेस्ट म्यानपावर ट्रेनिङ इन्स्िटच्युट सञ्चालन गर्छन् भने आमा घर व्यवहार सम्हाल्छिन् । पारसको परिवारमा एक भाइ तथा हजुरबुबा-हजुरआमा छन् ।

अक्टोबर २४ मा बर्थ डे मनाउँदै आएका पारस ६-७ वर्षपछि मात्र विवाह गर्ने सुरमा छन् । ‘अहिले नै विवाह गर्ने कुनै योजना छैन’, उनले भने । स्टार खेलाडीहरूलाई केटीहरूको प्रेम प्रस्ताव पनि थुप्रै आउँछन् । पारसलाई पनि नआएको होइन । ‘केही प्रेम प्रस्ताव आएका थिए’, लाज मान्न नचाहने उनले भने, ‘तर कुरा अघि बढेन । त्यसैले प्रस्तावमै सीमित रह्यो ।’ उनलाई अनुहार परेकी मात्र होइन, समाज अनुसार राम्रा पहिरन लगाउने, राम्रो बोलीचाली एवं व्यवहार भएकी युवती मन पर्छन् । गर्लप|mेन्ड नभए पनि उनका साथी भने प्रशस्तै छन् ।

साथीहरू उनलाई पारस वा पाने भनेर बोलाउँछन् । ‘सबै साथी आफ्नै हुन्, जे भने पनि फरक पर्दैन, खुसी नै लाग्छ’, उनले हाँस्दै भने । घरमा मम्मीले भने उनलाई माया गरेर पारूँ भनेर बोलाउने गरेकी छिन् । फुर्सदमा साथीहरूसँग घुम्न तथा टेलिभजन हेर्न रुचाउने पारसका पि्रय खेलाडी माइकल क्लार्क हुन् । उनलाई क्लार्कको शैली खुबै मनपर्छ । उनलाई मनपर्ने टिम पनि क्लार्ककै अस्ट्रेलिया हो । फुटबलमा लिभरपुलका फ्यान पारसलाई लिभरपुलका कप्तान स्टेभेन जेरार्ड पनि सानैदेखि राम्रा लाग्छन् ।

पास्ता र दाल-भात, तरकारी रुचाउने पारसलाई खाना पकाउन भने आउँदैन । ‘मम्मीले पकाउनुहुन्छ’, उनले बताए । पारस इङ्लिस चलचित्र घरमै हेर्छन् । हिन्दी चलचित्र हेर्न साथीहरूसँग हलमा जान्छन् । उनलाई अहिलेसम्म राम्रो लागेको हिन्दी चलचित्र रंग दे वसन्ती र तारे जमिन पर हो । उनी लिदन्किन पार्क, जायज र कोल्ड प्लेका गीत बढी सुन्छन् । हुन त उनलाई सबै खालका गीत मनपर्छन् । नेपथ्यका गीत र मेहनत मन पराउने पारस दीपक खरेलको ‘तिम्रो त्यो हँसिलो मुहारले’ गीतले आफ्नो मन छोएको बताउँछन् । पारस साथी, परिवार र टिममा मिलनसार, भलाद्मी र चाहेको बेला सही निर्णय गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: