छोरी जन्मिएको २ महिनामा आमाको धुमधामका साथ बिहे


           जोगिमारा ( धादिङ ) १४ चैत्र । एउटी आमाले  छोरी जन्मिएको २ महिना पछी धुमधामका साथ विवाह गरिन भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न पनि सक्छ । धादिङको जोगिमारा गाबिसको वडा नम्बर ९ माझिमटारमा  केही दिन अघी यस्तै अनौठौ घटना भएको छ ।    बिगत २ महिना देखी मझिमटारमा अलपत्र अवस्थामा रहेकी ३० बर्षकी अन्जु खड्काले  अलपत्र अवस्थामै घरजम जोडेकी हुन । स्थानिय पौरखी महिला सहकारी सस्थाको पहलमा काठमाडौं नैकाप माईती बताउने अन्जु खड्का र जोगिमारा गाबिस वडा नम्बर ८ का ५१ बर्षका डम्मरबहादुर न्यौपाने बिच चैत ११ गते विवाह सम्पन्न भएको हो । सहकारी सस्थाको पहलमा भएको विवाहमा , स्थानिय सामाजिक कार्यकर्ता , महिलाअधिकार कर्मी , जोगीमारा प्रहरी चौकीका प्रमुखका साथै स्थानिय महिलाहरुको सहभागीता रहेको थियो । विवाह पछी अन्जुका श्रिमान डम्मरबहादुरले अन्जुकी छोरीलाई आफ्नै छोरीको रुपमा ब्यबहार गर्नुका साथै उचित शिक्षा र नागरिकता पनि बनाईदिने घोषणा गरेका थिए । अलपत्र अबस्थामा रहेकी अन्जुलाई २ महिना अघी देखी पौरखी सहकारीका अध्यक्ष चन्द्रकुमारी डल्लाकोटीले आफ्नै घरमा राखेर स्याहार गर्दै आईरहेकी थिईन ।

4 Responses

  1. this is very good for lady bec nobody accepther i am gooing to give thangs to that man.

  2. डम्मरबहादुर न्यौपाने is really great thinking prsion in this age. i wish to boath all the best and god bless them and there doughter too.
    Rajesh Rai
    morang nepal

  3. I fully agree with Rabin Bhai, Yes its deffinitely beggining of new Nepal. I congratulate डम्मरबहादुर न्यौपाने Jee, Well done you did it.

    Rajendra Tamang

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: