की लास की सास नेपाल जाओस (कुवेतको जेलमा दुई नेपाली )


समाचारदाता
                मादक पदार्थ सेवन गरेको अभियोगमा पक्राउ परेका खोटाङ दिक्तेलका केदार थापा र झापा गौरादह वडा नं ५ का भक्त खड्का क्रमस २५ र १७ महिना देखि कुवेतका डिर्पोटेसन जेल जीलेपमा बन्दी जीवन विताईरहेका छन । नेपाल कुवेत डट कम लगाएत कान्तिपुरले समेत यी दुई युवाहरुका विषयमा पटक पटक समाचार प्रकाशन गरे पनि सम्वन्धित निकायले कुनै सरोकार नराखेको सम्बन्धित परिवारको गुनासो छ । कैदवाट लुकाई छिपाई घर र आफन्त सँग कुराकानी गर्ने क्रममा प्रहरीले थाहा पाई केदार थापाले एक साता अघि सक्त पीटाई खाए भने खड्कालाई करेन्ट लगाएर यातना दिएको पिडितहरु बताउछन । मित्र िसंजाली राजदुतावासको कर्मचारी नहुदासम्म त यदाकदा आउने र के कसो छ सोध्ने गर्नुहुन्थ्यो तर कर्मचारी भएपछि त नाकमुख देखाउनु भएको छैन किन हो थाह भएन खड्का भन्छन । यो जेलमा विना सुनुवाई कहिले सम्म बस्न पर्ने हो थाह छैन । दुतावास सचिवलाई समेत फोन गरेर गुहार मागेको दुई साता वित्न लाग्यो तर कुनै राहत पाईएन थापा सुनाउछन । अब त हामीलाई कसैले केही सहयोग गर्छन भन्ने लाग्न छाडीसक्यो यहाँ बसिरहनु भन्दा बरु हामीलाई मार्न भनिदियोस कमसेकम लास त पठाईन्छ हाला नी दुवैको एउटै माग थियो डट कम मार्फत ।

                यसरी नै बुटवल घर बताउने पवित्रा गरुङले घर मालिकको अत्याचार सहन गर्न नसकेर गत मंगलवार घरवाट भागेकी र कसैको साहारा लिएर नेपाली दुतावासका सचिवको नं मा फोन सम्पर्क गरेकी थिईन निजका एक आफन्तले डक कमलाई वताए । विहीवार विहान उनको टेलीफोन सम्पर्कमा दुतावास सचिवले दुतावासको नं मा विहान नौ बजेपछि सम्पर्क गर्न भनेपछि उनले त्यसै गरेकी रहिछन तर सम्पर्क श्रोत भन्छ उहाँवाट राहत पुरयाउने कुनै आश्वासन पाउन त कता हो उल्टो हप्की खान परेपछि निज गरुङले दुतावास जान भन्दा पुलिस स्टेशन जान्छु भनेकी थिईन तर त्यो नै उनको अन्तिम सम्पर्क रहेको र हाल कहाँ र कुन अवस्थामा छिन भन्ने कुनै कुरा थाह पाउन नसकिएको उनले वताए । जार स्थित माया नामकी एजेन्ट माफर्त उनले कुवेतीका घरमा काम गरेकी भए पनि कुवेतीको घर छाडेर भाग्न अघि पटक पटक उनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि उनी त्यसरी भागेको पनि श्रोतको भनाई थियो ।

Advertisements

One Response

  1. धन्यवाद तोय सर समाचारको लागि यो समाचारले हामी सबैललाई दु खि बनयको छ हामीलाई यस्तो आसाथेन हाम्रो सिसुरजदुतबसबाट। तपाईंका कलमहरु चलिरौन.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: