सरकारका मन्त्रीले नै गृहमन्त्रीको राजिनामा माग गर्न थाले


अरु त अरु अब सरकारमै मन्त्री रहेकाहरुलेसमेत गृहमन्त्रीको राजिनामा माग गर्न थालेका छन्। आफूलाई प्रहरीले दुर्व्र्यवहार गरेको आरोप लगाउँदै भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय शाहले गृहमन्त्री भीम रावलको राजिनामा माग गरेका हुन् । यसै हप्ता एक नवविवाहित दुलहीलाई एक जना प्रहरी अधिकृतले दुर्व्यवहार गरेको बिषयमा जनकपुर क्षेत्र आन्दोलित भएको थियो । सोका विरुद्ध भएको प्रदर्शनमा प्रहरीले पत्रकारहरुमाथि समेत आक्रमण गरेको थियो । सोही घटनाका विषयमा गृहमन्त्री रावल र प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले राजिनामा दिनुपर्ने माग राज्यमन्त्री शाहको छ ।

‘जनकपुर घटनामा गृहमन्त्री र प्रहरी महानिरीक्षक दोषी छन्’ राजधानीमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री शाहले भने- ‘जनकपुरमा भएको घटनाको विरोध गर्दा प्रहरीले ममाथिसमेत बन्दुक तेर्स्यायो, मन्त्रीमाथि त यस्तो दुर्व्यव्यवहार हुन्छ भने अरु सर्व साधारणमाथि प्रहरीले कस्तो व्यवहार गर्दो होला !’जनकपुर घटनामा पत्रकारमाथिपनि प्रहरीबाट ज्यादति भएको बताउँदै सो घटनामा संलग्न दोषीहरुलाई तत्काल निलम्बन गरी छानविन प्रकि्रया शुरु गर्न राज्य मन्त्री शाहले माग गरेका छन् । घटनाबारे आफूले प्रम माधव नेपाललाई समेत जानकारी गराएको जानकारी दिँदै प्रमले दोषीमाथि कारवाही गर्ने आाश्वासन दिएपनि व्यवहार भने सो अनुरुप नभएको बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: