मानविय जीवन र कर्तव्य


नरेन्द्र क्षेत्री,    फोन नं. ६५५०५८३१
बराहचौर पर्वत,    हाल कुवैत 

सबैभन्दा चेतनशील र विवेकशील प्राणी भनेर संसारमा चिनीएको सर्वश्रेष्ठ प्राणी मानव हो । अन्य प्राणीहरुको तुलनामा आफ्नो विवेकको प्रयोग गरी ठिक र बेठिक छुट्याउन सक्ने मानिसले आफ्नो जीवन सार्थकता प्रदान गर्न अन्य मानिससँग पनि सुमधुर सम्बन्ध गाँसेका हुन्छन् । त्यसैमा त अडेको छ हाम्रो सामाजीक जीवन र व्यावहारिक चाल-चलन । तर मानबरुपी दानब पनि यहि समाजमा विद्यमान छन् ।

 मानिस परिवर्तनशील प्राणी हो त्यसैले उसको मन र दिल सधैं एकै प्रकारको हुँदैन । कहिले यो मन हाँसो खुसी र मनोरन्जनयुक्त भइ सुख दुःखको जीजिविसा चल्छ भने कहिले यहि मन सबैभन्दा घृणित र संसारको कुनै पनि ब्यक्तिले सुन्न नचाहने घिनौना काम गरी अभिसप्त पनि हुन्छ । आज हामी २१औं शताव्दीमा प्रवेश गरिसकेका छौं । विश्वमा कल्पनाको स्वर्गको निर्माण भइसक्दा पनि यहि संसारका कतिपय मानबहरु नकारात्मक विचारको प्रधानताका कारंण अँध्यारोमा रुमल्लीरहेका छन् । जान अन्जानमा जीवनमा विविध उतार चढाब बिच मानबबाट भुल हुनु स्वभाविक हो । सर्ब गुणै सम्पन्न त यो संसारमा सायदै होलान् तर आफ्नो पहिलो भुललाई महशुष गरेर सुध्रने प्रयास गर्ने ब्यक्ति नै योग्य मानिने भएकोले हरेकले अर्काको भुललाई पक्डने खोजी होइन बरु उसको कमि कम्जोरीलाई स्नेहपुर्वक सुधार्न खोज्नु बद्धिमानी र मानवीय कर्तव्य पनि हो ।
            क्र्तब्यकै एउटा भूमिकामा एउटी नारी हुन्छिन् । संसारकै असल चिज भनेको एउटी असल नारी हुन् र संसारकै खराब पनि नारी नै । नारी त्यही एउटा फुल हो जस्ले सबैलाई सुगन्ध प्रवाह गर्दछिन् । यदि कुनै नारीले आफ्नो सहि नारीत्वलाई चिन्न सकिनन् भने त्यहाँ नारी हुनुको कुनै औचित्य रहँदैन । सासु-बुहारी नन्द-भाउजु जेठानी-देवरानी र सौता-रखैल इत्यादी नारी कै उपनाम हुन् । हाम्रो घर परिवार र सारा संसार नै यिनै नाताबिच अडेको छ । फेरी पनि किन यी नाताहरु बिच नै एकले अर्कालाई अन्याय अत्याचार र शोषंण गरीरहेका छन् । आखिर किन नारीले नै नारीलाई बुझ्न सक्दीनन् । नारीको ब्याथा नारीले नै पुर्णरुपले महशुष गर्नु पर्नेमा पनि किन फेरी एउटी नारीको अस्मितामा अर्की नारी धावा बोल्छिन् । एक नारीको घर संसार उजाड्नमा किन अर्की नारी उद्यत हुन्छिन् । अरुको घर संसार नष्ट गर्ने नारीले कस्तो जीवनको कल्पना गर्दछन् कुन्नि । कुन सन्तुष्टि र कस्तो गर्वको लागि यी सब हुन्छन् कुन्नि । कति अचम्मको छ संसार आँफुले आफ्नै खुट्टमा बन्चरो हान्ने । यो कस्तो मानविय जीवन हो अरुलाई रुवाएर आँफु खुशी हुने यो कहाँको धर्म हो आफ्नो क्षणिक खुशीको लागि अर्काका संसारै सखाप पार्ने सुच्चै नै हाम्रो क्षणिक सोचाई अनि मनोरन्जको लागि गरिने लापरवाहीले जीवनको अन्तिम श्वासमा हामीलाई नै पश्चातापले तड्पाउने छ । यो नश्वर शरीर त्याग भए आत्मालाई पिरोलीरहनेछ किनकी शरीररुपी मुढो खरानी भएपनि आत्म कहिल्यै मर्दैन जो सर्दा अजम्बरी छ । त्यसैले जीवनको अन्तिम घडिमा धिक्करीनु भन्दा अुफुले आफैलाई घृणा गर्नु भन्दा आजैबाट सत्मार्गमा लागौं । त्यही हाम्रो मानविय कर्तव्य र नारीत्वको सहि पहिचान हुनेछ । कालान्तरमा गएर पछुताउनु भनेको समयलाई विस्रनु हो र समयसँग छुट्नु भनेको अचेतन जड जस्तै हो । त्यसैले आफ्नो अमुल्य समयलाई सदुपयोग गरौ र आफ्नो परिचय आफैभित्र खोजौं । सकिन्छ भने विश्वलाई हेर नत्र देशलाई हेर त्यति पनि नभए आफ्नो जिल्ला गाउँ टोल समाजलाई हेर र त्यति पनि सक्दैनौ भने आफ्नो परिवारका समस्या समाधानमा त लागि पर । सासु पनि एक दिन बुहरी नै थिइन् । उनले बुझ्नृु पर्दछ कि उनकी छोरी पनि भोली कसैको बुहारी हुन पुग्छिन् । त्यसैले सासुले बुहारीमाथिको दमन बन्द गर्नुहोस् । आखिर छोरी र बुहारी दुबै नारी न हुन् । सबै नारीले जन्मघर छोडेर कर्म घरलाई आफ्नो संझी जीवन ब्यतित गर्नु छ भने नारी-नारी बिच के को अन्तर नन्द-भाउजु अमजु-बुहारी बिच किन भेदभाव बुहारी पनि अवस्य एकदिन सासु हुन्छिन् । त्यसैले नारी भएर नारीलाई बुझौ नारीको लागि अघि बढ्दै नारीकै हकहितमा कार्य गरौं ।
               वास्तवमा त्यस्तै पारिवारिक कारंणबाट पहिलो सम्बन्ध असफल हुन पुगि एक्लिएकाहरुका लागि पुनः अर्को सम्बन्ध आवश्यकता हो तर जोडी सलामत रहँदा रहँदै परपुरुष वा परस्त्री प्रति झुकाब राख्नेलाई मानवताको कसिमा राख्न मिल्दैन । हरेक मान्छेको जोडी त इश्वरले नै तयार पारिदिएको हुन्छ रे तर फेरी किन कसैको जोडी र नाम खोसिदिने एकैछिन भएपनि ति पिडीतहरुको बिचमा अुफुलाई राखेर त हेरौं हामी आफैं तड्पिने र अतािलंदै झस्कने छौं । हरेक समय र चिजको आ-आफ्नो दायित्व र जिम्मेवारी प्रकृतिले बाँडिदिएको छ र प्रकृतिद्धारा नै यो संसार संचालित छ । सांसारिक नियमलाई नमान्ने हो भने हाम्रो अस्तित्व रहन्न र बाँच्नुको अर्थ पनि रहन्न । आखिर धन सम्पति र ऐस आराम मात्र जीवन होइन । आवश्यकता अनुसार त्यसको उपभोग महत्वपुर्ण विषय हो । न त जन्मदा लिएर आएको थियो न त मरेर जाँदा नै लिएर जान्छ । धन पैसाले मात्रै हुने भए बिना डाक्टर नै जीउनु पर्ने । किन सम्भव भएन त त्यस्तै सुन्दरत बल र बैश त केवल २ दिनको लागि मात्र नै हो । उपरोक्त सबै विषय क्षणिक भएकोले हामीले फोस्रो आडम्बर नदेखाउँ । सकिन्छ भने सबैलाई सद्ब्यावहार गरौं सकिन्न भने कमसेकम अन्याय अत्याचार पनि नगरौं । सुच्चै अर्को जन्मको के नै भरोसा छ र फेरी जन्म लिने हो या होइन । त्यसैले म सम्पुर्ण विदेशिनु भएका दाजु-भाई तथा दिदी-बहिनीलाई यो आग्रह गर्दछु कि हामी जुन सपना बोकी बिदेशिएका थियौ त्यो सपनालाई कहिल्यै नभुलौं । आ-आफ्ना घरायसी समस्याहरुलाई सभ्य तरिकाले सम्पन्न गरौं अनि अझै पनि घर परिवार र आफ्नो दायित्व भुलेर बस्नु हुने जो कोही पनि दाजु-भाई तथा दिदी-बहिनी हुनुहुन्छ वा कोही सम्पर्क विच्छेद भएको अवस्थामा हुनुहुन्छ भने वहाँहरु सबैलाई सम्पर्कमा ल्याएर सबैलाई आफ्नो कर्तव्यको खयाल गराउनु हुन अनुरोध छ साथै सम्पुर्ण नेपालीहरुलाई कुनै न कुनै संघ सँस्था वा समुहमा आवद्ध भएर आ-आफ्नो प्रतिभा कला तथा ब्यक्तित्व विकास गरौं एवंरीतले मानविय कर्तव्यलाई निभाउदै सहयोगी भावना राख्दै अगाडि बढौं ।

धन्यवाद् !

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: