काठमाडौं- पूर्व राजा ज्ञानेन्द्रको नाममा रहेको खातामा ठूलो परिणाममा सरकारी रकम जम्मा गरिएको फेला परेको छ । नेपाल बैंक लिमिटेडमा सरकारी कोषको रकम जम्मा गरी खोलिएको ९ वटा खाता फेला परेको हो ।जानकारी अनुसार, सो बैंकका विभिन्न खातामा पूर्व राजा ज्ञानेन्द्रका नाममा १ करोड ११ लाख रुपैयाँ रकम जम्मा रहेको देखिएको छ । हनुमानढोका दरवारबाट हुने आम्दानी पूर्व राजा ज्ञानेन्द्रका नाममा जम्मा हुने गरेको थियो ।तत्कालिन राजप्रासाद सेवाले यस’bout गोप्यता राखेपनि पूर्व राजाका नाममा खाता रहेको गाइँगुइँ चल्न थालेपछि हनुमानढोका दरवार हेरचाह अड्डाले गत फागुन दोश्रो साता सो बैंकलाई पत्र पठाई यस’boutमा जानकारी माग गरेको थियो ।
सो कार्यालयबाट औपचारिक रुपमा पत्र आएपछि बैंकले गत फागुन २३ गते एक पत्र पठाई पूर्व राजाका नाममा ९ वटा खाता रहेको बताउँदै उपरोक्त परिणाममा रकम रहेको जानकारी दिएको थियो । सो रकमलाई सरकारी राजश्वमा दाखिला गर्ने तैयारी सो कार्यालयले गरेको छ ।हनुमानढोका दरवार अवलोकन गर्न जानेहरुबाट अवलोकन शुल्क,बसन्तपुर वरवरका पसलको भाडा तथा त्यहाँ रहेका विभिन्न सामाग्रीहरु बेचविखन गरी आउने रकम पूर्व राजाका नाममा जम्मा गर्ने गरिएको थियो । ज्ञानेन्द्र राजा भएपछि श्री ५ महाराजधिराजका रुपमा उनको नाममा रकम जम्मा हुने गरेको थियो ।गणतन्त्र स्थापनासँगै नेपाल सरकारले नारायणहिटी, हनुमानढोका, गोरखा, पाटन, भक्तपुर लगायत देशका विभिन्न स्थानमा रहेका दरवारका सम्पत्ति राष्ट्रियकरण गरेको थियो । तर हनुमानढोका दरवारबाट उठ्ने सो रकम’bout सरकारलाई जानकारी थिएन । हल्लै हल्लामा बैंकलाई पत्राचार गर्दा खाता र रकम रहेको पत्ता लागेको थियो ।
Filed under: समचार |
जवाफ लेख्नुहोस्