संविधान निर्माणका विमतिबारे प्रमुख दलबीच छलफल


 नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानपछि नयाँ संविधानबारे बढेको चिन्ताका बीच बुधबार तीन ठूला दलहरुले आपसी मतभेद सुल्झाउन छलफल शुरु गरेका छन्।

कोइरालाको निधनपछि पहिलो पल्ट संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा संविधान निर्माणका बारे छलफल भएको हो। कुनै टुंगोमा नपुगेको छलफल बिहीबार पनि जारी हुने नेम्वाङले बताए। उनले छलफल अनौपचारिक मात्र भएको उल्लेख गरे। नेम्वांगले सबै दलहरुको बीचमा उच्च स्तरको समझदारी बनाएर अगाडि बढ्दा अहिलेका चुनौतीलाई सामना गर्न सजिलो हुनेमा सहमति भएको बताए। संविधानसभाले संवैधानिक समितिमा एकीकृत मस्यौदाका लागि पठाउनु पर्ने ११ वटा मध्ये नौवटा प्रतिवेदनमा राजनीतिक दलहरुबीच विमति देखा परेपछि छलफललाई निरन्तरता दिनुपरेको नेम्वाङले जनाए। मतभेदका बुंदा पहिचान भैसकेको र त्यसमाथि छलफल शुरु भएकाले आफु आशावादी भएको नेम्वाङले बताए। नेम्वांगले कोइराला जस्तो सबैका लागि स्वीकार्य व्यक्तित्व नहुँदा केही अप्ठ्यारो परे पनि आफुलाई दलका नेताहरुमाथि विश्वास भएको बताए। उनले भने “सहमति, सहकार्य र समझदारीबाट यो रिक्ततालाई पूर्ति गर्दै अगाडी बढ्छौं भन्ने नेताहरुको प्रतिबद्बता छ र त्यो पुरा हुन्छ भन्ने मलाई विश्वास छ।” बीबीसीकी एकजना संवाददाता भन्छिन्, थुप्रै मुद्दामा आ-आफ्नो अडान नछोडेका दलहरुको विगतलाई हेर्ने हो भने छिट्टै सहमतिको बिन्दु फेला पर्ने कमै संभावना देखिन्छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: