मसरुम किस परिकार


    जानुका भट्टराई     

          च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवो, लेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।

         लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लगाएका छन् । तीमध्ये एक हजार जाति विषालु दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । ती च्याउहरूलाई बैद्धिक युगमा सञ्जीवनी बुटी मानिन्थ्यो । यस्ता च्याउको वैज्ञानिक नाम गानो डर्मा हो । यो च्याउ रातो र कडा हुन्छ र काठमा उम्रन्छ । चीनमा यसलाई लिङ्जी भनिन्छ । यसको अर्थ ईश्वरीय जीवन शक्ति हुन्छ । जापानमा यसलाई ऋषिगानो भनिन्छ । यसले शरीरका कोष मर्नबाट बचाउने, रगत सफा गर्ने, उच्च रक्तचाप घटाउनुका साथै शरीरमा कोलेस्ट्रोल, बोसो र चिनीको मात्रा कम गराउँछ । यसैगरी यसले क्यान्सर, किडनी, ट्युमर, मधुमेह, हाडजोर्नी आदि धेरै रोगको उपचारमा सहयोग पुर्‍याउँछ । आजकल बजारमा प्रतिस्पर्धात्मक रूपमा च्याउ उत्पादन र बिक्री-वितरण भई रहेको छ तर बिक्रीका लागि ल्याइने च्याउमा अत्यधिक रूपमा विषादी प्रयोग हुने गरेको भन्ने सु्न्नमा आउने गरेकाले अग्र्यानिक च्याउ उत्पादनमा जोड दिनु अत्यावश्यक छ ।

बनाउने विधि

          मैदामा आधा चम्चा नुन र साठी ग्राम बटर राखेर बेस्सरी माडेर बुरुरु बनाउने । फ्रिजको चिसो पानी राखेर सुखा रोटीको झैँ डल्ला बनाउने । अब सफा कपडाले छोपेर फिजमा राख्ने । मसरुमलाई एकपटक उमाल्ने र पानी तर्‍याएर एउटा बाटामा राख्ने । फ्राई प्यानमा साठी ग्राम बटर तताउने । लसुन र प्याज फ्राई गर्ने । सुनौलो रङ आएपछि,च्याउ राखेर फ्राई गरिसकेपछि झिक्ने । एउटा बाटामा पाँचवटै अण्डा फुटाएर मरिचको धूलो र आधा चम्चा नून राखेर बेसरी फिट्ने । एउटा एल्मुनियमको थालभित्र तेल दली दुई चम्चा मैदा राखेर सबैतिर पुग्ने गरी हल्लाउने । मुछेको पिठोको थाल जत्रै रोटी बनाउने । विटसम्म बराबरी हुने गरी राख्ने । विटमा रोटीको बुट्टा भर्ने । फ्राई गरेर राखेको मसरुमलाई रोटीमाथि मिलाएर राख्ने । चीजलाई कोरेसोमा कोरेर भुजुरी बनाई बराबरी पारी माथिबाट छर्ने । फिटेको अण्डालाई चम्चाले चीज भिज्ने तरिकाले सबै तिर मिलाएर राख्ने । टमाटरलाई किस माथि एकदम सजाएर राख्ने । पास्ली चारैतिर छरिदिने । २००० तापमा ओभनमा २० मिनेट राखेर झिकेपछि मसरुम किस तयार हुन्छ । यसलाई छुरीले मिलाएर टुक्रा बनाई टोमाटो केचप वा चिल्लीसससँग खान सकिन्छ । अण्डा नखानेहरूको लागि मसरुम किस अण्डाको सट्टामा ५०० मि.लि. दूध राखेर पनि बनाउन सकिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: