बिना जानकारी डाकबाहकलाई अवकाश


 
दमन राई, खोटाङ

       चैत्र-१२ बिना जानकारी जिल्ला हुलाक कार्यलय खोटाङले डाकबाहक बुद्धिप्रसाद तिम्सीनालाई अवकास दिएको छ। दिप्सुङ अतिरिक्त हुलाक कार्यलयदेखि बाकिलासम्म डाक ओसार्दै आउनु भएका डाक बाहक बुद्धी तिम्सीनालाई बिना जानकारी हुलाक कार्यलयका निमित्त प्रमुख गुणराज पाण्डेले अवकाश दिनु भएको हो ।
        गाविस सचिव कृष्ण आचार्यले दिएको बसाईसराईको सिफारिसको आधारमा डाक बाहक तिम्सीनालाई अवकाश दिएको हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले बताउनु भयो । हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले डाक बाहक तिम्सीनालाई अवकाश दिएर दिप्सुङका सरला तिम्सीनालाई नियुक्ती दिनु भएको छ । दिप्सुङका मुक्ती तिम्सीनाले सचिव आचार्यलाई बसाई सरेको सिफारिस बनाउन लगाएर ल्याएको किर्ते कागजको आधारमा हुलाक कार्यलयले आफूलाई अवकाश दिएको डाँक बाहक तिम्सीनाको आरोप छ । बुहारी सरलालाई नियुक्ती दिनकालागि मुक्तीले गाविस सचिव आचार्यबाट बुद्धिप्रसाद बसाई सरेको सिफारिस बनाएर हुलाकमा पेश गरेका थिए । १२ वर्षअघिदेखि डाक बाहककोरुपमा कार्यरत तिम्सीनालाई हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले बसाई सरेको र डाक बाहकका काममा बाधा पुगेको भन्दै अवकाश दिएको अवकाशपत्रमा उल्लेख छ । डाक बाहक तिम्सीनालाई गत फागुन १० गते अवकाश दिईएको छ । गाविस सचिव आचार्यले भने आफूले डाक बाहक तिम्सीना बसाई सरेको सिफारिस नदिएको बताउनु भयो । किर्ते कागजका आधारमा अवकाश दिइएको डाक बाहक तिम्सीनालाई पुनर्विचार गर्न सकिने हुलाकका निमित्त प्रमुख पाण्डेको भनाई छ । पीडित तिम्सीनाले फागुन २३ गते आफूलाई अन्यायकासाथ अवकाश दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भए पनि कुनै सुनुवाई हुन नसकेको उनको भनाई छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: