निखिल र सञ्चिताको विवाह


अन्ततः नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइाटेलले विवाह गरेका छन् । उनीहरूले अज्ञात स्थलमा अत्यन्तै सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । हाल उनीहरू दुवै जना मुम्बईमा छन् । निखिल-सञ्चिताको प्रेमप्र्रसंगले नेपाली चलचित्र उद्योगलाई तताए पनि उनीहरूको यो प्रेमको गन्तव्य बिन्दु विवाह हुन नसक्ने धेरैको ठम्याइ थियो । ‘उनीहरूबीच प्रेम छ भन्ने थाहा थियो’, दुवै कलाकारसँग निकट रहेका एक कलाकारले विवाह भएको थाहा भएपछि आश्चर्यचकित भएको बताउादै भने- ‘तर विवाह हुनका निम्ति केही प्राविधिक कारण बाधक देखेको थिएा ।’ उनका अनुसार प्रेमसम्बन्ध गहिरो भएपछि यस्ता बाधाहरू स्वतः हट्ने रहेछन् ।

नेपाली चलचित्र उद्योगमा राजेश हमाल र करिश्मा मानन्धरको केमेस्ट्री मिलेको भनेजस्तै निखिल र सञ्चिताको जोडी पनि मिल्दो मानिन्छ । सात वर्षअघि उनीहरूको पहिलो चिनजान भएको थियो । प्रारम्भिक सम्बन्ध कटु रहे पनि बिस्तारै सुमधुर बन्दै गएको सम्बन्ध तीन वर्षअघि गहिरो प्रेममा पुगेको थियो । एकातर्फ वैवाहिक सम्बन्ध-विच्छेद गरेर बसेकी नायिका सञ्चिता र अर्कातर्फ असहज वैवाहिक सम्बन्धबाट निकास खोजिरहेका नायक निखिलबीच सम्बन्ध गाढा हुँदै गयो ।

‘खासमा हामीले विवाह गरेको १३ महिना भैसकेको छ’, गत आइतबार मुम्बई प्रस्थान गर्ने क्रममा एयरपोर्टमा भेटिएका निखिल उप्रेतीले साप्ताहिकसँग भने- ‘यो कुरा व्यक्तिगत भएकाले हामीले सार्वजनिक गर्न चाहेनौं ।’ यस विषयमा मुम्बईमै रहेकी नायिका सञ्चिता लुइाटेलसँग पनि प्रतिक्रिया मागिएको थियो । ‘हामीले विवाह गरेको साँचो हो ।’ टेलिफोन कुराकानीमा नायिकाले भनिन्- ‘यो विषयलाई सार्वजनिक गर्दा केही अप्ठ्यारो पर्ला कि भनेर चुप लागेर बसेका थियौं, अब लेखिदिनुभए हुन्छ ।’

मुम्बईमा एक फ्लाट लिएर सँगै बसेका यी नायक-नायिकाले ५ वर्ष लामो प्रेमसम्बन्धलाई वैवाहिक रूप दिएको बताए । ‘मेरो पहिलो घरबार बिगि्रएकाले सञ्चितासँग विवाह गरेको होइन,’ कूटनीतिक शैलीमा निखिलले भने- ‘दाम्पत्य जीवनमा केही असन्तुष्टि त भैहाल्छ, सञ्चिता र म एक-अर्कालाई प्रेम गथ्र्यौं, त्यसैले पनि विवाहको बाटो रोजिएको हो ।’ नायक निखिल उप्रेतीले करिब ७ वर्षअघि कोपिला उप्रेतीसँग प्रेमविवाह गरेका थिए । कोपिला र निखिल दुवै उप्रेती नै भए पनि उनीहरूले पारिवारिक विद्रोह गर्दै विवाह गरेका थिए । निखिलको परिवारले उनको त्यो विवाहलाई हालसम्म पनि स्वीकार गर्न नसकेको निकटस्थ स्रोत बताउँछ ।

निखिल र सञ्चिताले आफूखुसी १३ महिनाअघि अर्थात् गत वर्षको फागुनमा विधिवत् विवाह गरेको बताए, तर दुवैका परिवारले आफूखुसी गरेको विवाहलाई मान्यता नदिने बताएपछि गत माघ ६ गते बुधबार श्रीपञ्चमीका दिन उनीहरूले सानो घरेलु जमघटमा फेरि टीकोटालो गरेका थिए । पारिवारिक सूत्रका अनुसार केही दिनअघि मात्र सञ्चिताको अनुपस्थितिमै दुवै परिवारका बाबुआमा -सम्धी-सम्धिनी) ले अर्को एक कार्यक्रममा भेट गरेका थिए ।

‘हामी दुवै धार्मिक प्रवृत्तिका भएकाले पनि नजिक भयौं’, नायिका सञ्चिताले भनिन्- ‘उहाँले एक दिन मलाई मन पराएको कुरा  बताउनुभयो, मलाई पनि उहाँ मन पथ्र्यो, त्यसैले सम्बन्ध सहजै अगाडि बढ्यो ।’ निखिल विवाहित भएको सञ्चितालाई थाहा थियो, यस आधारमा उनले निखिललाई घर-व्यवहार मिलाएर परिवारसँग कुराकानी गरेर मात्र विवाह गर्ने प्रस्ताव राखेकी थिइन् । त्यसअनुसार निखिलले पनि सबै कुरा मिलाएको बताएपछि अब साथै बस्ने तयारीमा उनीहरू पुगेको बताइन्छ । घर बनाए पनि विगत एक वर्षयता निखिल घर नगई दिदीको घरमा बस्थे ।

विगत चार वर्षयता निखिल र उनकी श्रीमती कोपिलाबीच निरन्तर असमझदारी बढ्नुले पनि निखिल र सञ्चिताबीचको सम्बन्ध जीवनसाथीको हदसम्मका लागि बढेको थियो ।

‘हामी राम्रा साथी बन्यौं, त्यसपछि यो सम्बन्धलाई जीवनसाथीमा परिणत गर्ने निर्णय गर्‍यौं,’ निखिलले भने- ‘सुख-दुःखका हरेक कुरा आपसमा सेयर गर्ने क्रममा एक-अर्कालाई राम्रोसँग बुझ्यौं ।’ निखिल र सञ्चिताले विवाह गरिसकेको तथा उनीहरूबाट एक सन्तान जन्मिसकेको बजार हल्ला चलेको भए पनि त्यो निराधार भएको निखिल बताउँछन् । निखिलले भने- ‘म नेपाली चलचित्र उद्योगबाट केही समयका लागि रेस्ट गर्न चाहन्छु,, अब दुईवटा भोजपुरी चलचित्र सकेर केही समय उपचार र आराममा बिताउने योजनामा छु ।’ विवाहित जीवन बिताइरहेका निखिल र वैवाहिक सम्बन्धलाई विच्छेद गरेर बसेकी नायिका सञ्चिताबीचको यो सम्बन्ध सहजै अघि बढ्न गाह्रो भएकाले पनि दुवैले विवाहको कुरा लामो समयसम्म लुकाउनुपरेको बताए । हामीले चोखो माया गरेका हौं, तर भन्न डरायौं, नायिका सञ्चिताले भनिन्- ‘अब डर छैन, शून्यबाट नै नयाँ जीवन प्रारम्भ गर्दैछौं ।’

पाँच वर्षअघि सोभित बस्नेतद्वारा निर्देशित ‘चोर-सिपाही’ को सुटिङताकादेखि नै निखिल र सञ्चिताको मित्रता घनिष्ठ बनेको थियो । चोर-सिपाहीमा दुवै जना नायक-नायिकाको भूमिकामा थिए । निखिल र सञ्चिताको जोडी जम्ने भनिए पनि यी दुईले एक-अर्काको जोडी बनेर अभिनय गरेका चलचित्रको संख्या जम्मा ६ मात्र छ । चोर-सिपाहीपछि मर्यादा, दाग, युद्ध, विजयपथ, माया त माया होमा उनीहरू दुवै एक-अर्काको जोडीका रूपमा देखिएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: